• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकामा ९५ नयाँ अर्बपति बन्दा चीनमा ३१८ थपिए, कुन देशमा कति अर्बपति?

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७७, मंगलवार १६:४२
  • ३१८१

    धेरै अर्बपति भएको देशमा चीनले अमेरिकालाई पछि पारेको छ। ‘हुरुन ग्लोबल रिच लिस्ट २०२१’ अनुसार डलर अर्बपतिको संख्या अमेरिकाभन्दा चीनमा धेरै भएको हो।

    रिपोर्टअनुसार गत वर्ष चीनमा १ हजार ५८ डलर अर्बपति रहेकामा अमेरिकामा केवल ६ सय ९६ जना मात्रै यस्ता अर्बपति छन्।

    सोही वर्ष विश्वभर ६ सय १० जना नयाँ अर्बपति थपिएका थिए। तीमध्ये ३ सय १८ जना पनि चीनकै रहेको रिपोर्टले देखाएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। विश्वका नयाँमध्ये अमेरिकाका ९५ जना रहेको गत जनवरी १५ को मूल्यांकनले देखाएको हुरुनले जनाएको छ।

    कोरोना महामारीका बाबजुद चीनमा एकैवर्ष ३ सय १८ जना नयाँ अर्बपतिको उदय भएको हो। सेयरबजारमा हरियाली छाउनु, कम्पनीहरुको सूचीकरण बढ्नु र कोरोनाबाट उम्किनसक्नुलाई यसको कारण मानिएको हुरुन रिपोर्टका प्रमुख तथा अनुसन्धान प्रमुख रुपर्ट हुगेवर्फले बताए।

    दशकौँपछिको सार्वजनिक स्वास्थ्य संकटले अर्थतन्त्रमा गम्भीर प्रभाव पार्दा धनीहरु अझै धनी भएका छन्। केही उच्च धनीहरुको ०.०१ प्रतिशत सम्पत्ति ३२ प्रतिशतले बढेर १ सय ४७ खर्ब डलर पुगेको रिपोर्टले देखाएको छ।

    उनीहरुको वरीयता समेत बढेको छ भने ६८ देशमा २ हजार ४ सय २ कम्पनीमा ३ हजार २ सय २८ डलर अर्बपति पुगेको रिपोर्टले देखाएको छ।

    चीनमा ठूला अर्बपतिको मुख्य ध्यान खिच्ने १० मुख्य सहरमध्ये चीनमै ६ वटा छन्। त्यसमा पनि चिनियाँ राजधानी सहर बेइजिङ लगातार छैठौँ वर्ष १ सय ४५ अत्यधिक धनीको गृहसहर बनेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको सांघाईमै १ सय १३ अर्ब पति छन् भने अमेरिकी सहर न्युयोर्कमा १ सय १२ जना, चीनको शेन्जेनमा १ सय ५ जना र हङकङमा ८२ अर्बपति छन्।

    elon musk main pic22

    रिपोर्ट तयार हुने बेला टेस्लाका मालिक एलन मस्क विश्वकै धनी सय अर्ब बढी सम्पत्ति भएका अर्बपति बनेका थिए। सन् २०२० मा टेस्लाको सेयर ६ सय २२ प्रतिशतले बढेको थियो। त्योसँगै मस्क १ खर्ब ९७ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अनुमान गरिएको थियो। जुन अमेजनका संस्थापक जेफ बेजोसको १ खर्ब ८९ अर्ब डलरभन्दा धेरै थियो।

    अर्बपति क्लबका नयाँ अतिथि नोङ्फु स्प्रिङका प्रमख तथा संस्थापक झोंग शान्सानसँग नै ८५ अर्ब डलर सम्पत्ति रहेको छ। उनी सर्वाधिक धनीको सातौँ नम्बरमा छन्। उनको कम्पनीले हङकङको सेयरबजारमा आईपीओ जारी गरेको थियो। त्योसँगै कम्पनीको पुँजी ८७ अर्ब डलर पुगेको थियो।

    हांगझोउको प्रान्तीय राजधानी झेजियाङका झोंग एसियाकै ठूला नयाँ अर्बपति हुन्। उनले ८३ अर्ब डलर सम्पत्तिका मालिक भारतीय धनी मुकेश अम्बानीलाई उछिनेका थिए।

    त्यस्तै पोनीका रुपमा चिनिने मा हुआतेङ विश्वकै १४औँ नम्बरका ठूला अर्बपति हुन्। टेन्सेन्ट होल्डिङका प्रमुख कार्यकारी उनी एकैपटक आठ नम्बर फट्किएका थिए। उनको सम्पत्ति ७० प्रतिशतले बढेर ७४ अर्ब अमेरिकी डलर पुगेको थियो।

    विश्वमा धनीहरु बढ्नुमा विश्व पुँजीबजारको हात छ। उक्त वर्ष चर्चित नास्डाक ४४ प्रतिशतले र शेन्जेन स्टक ३५ प्रतिशतले उकालो लागेको थियो।

    रिपोर्टअनुसार भारत र जापानको सेयरबजार पनि २० प्रतिशतले बढेको थियो। चिनियाँ युआनविरुद्ध अमेरिकी डलर ७ प्रतिशतले अवमूल्यन हुँदा युरोविरुद्ध डलर ९ प्रतिशतले कमजोर भएको थियो।

    हङकङका केवल तीन अर्बपतिले चीनमा ठूला ५० अर्बपति सूचीमा स्थान पाएका छन्। हेन्डरसन ल्यान्ड डेभलपमेन्टका ली शाउ की, चेउङ कंग ग्रुपका लि का शिङ र न्यु वर्ल्ड डेभलपमेन्टका हेनरी चेनलाई नयाँ अर्बपतिले पछि पारिदिएको रिपोर्टले देखाएको छ।

    jeff bezos bloomberg 1200

    त्यस्तै गत वर्ष द्रुतगतिमा उठेका उद्योगहरुमा विद्युतीय सवारीसाधन, विद्युतीय कारोबारसम्बन्धी ब्लकचेन र बायोटेक्नोलजी छन्। विद्युतीय सवारीसाधनसँग सम्बन्धित अर्बपतिको सम्पत्ति तीन गुणा बढेको छ। यसमध्ये पनि छिटो सम्पत्ति आर्जन गर्नेमा ईभी उत्पादक लियोका लि बिन रहेका छन्। उनले एकैपटक १० अर्बको फड्को मारेका छन्।

    इकमर्स प्लेटफर्म पिनडुओडुओका संस्थापक कोलिन हुआङ झेंग पनि २० ठूला धनीमा परेका छन्। उनको अनुमानित सम्पत्ति २ सय ८६ प्रतिशतले बढेर ६९ अर्ब डलर पुगेको हुरुनले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑