वीरगंज | पर्सामा डेंगु तथा अन्य किटजन्य रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिने भएको छ । वीरगंज महानगरपालिका लगायत १४ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय पर्सामा आइतबार बसेको स्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य निरीक्षक, पालिकाका स्वास्थ्य संयोजक, रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुरक्षा निकायका प्रतिनिधि समेतको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपालमा पहिलोपटक सन २००४ मा विदेशी नागरिकमा डेंगु देखा परेको थियो ।पछिल्लो तथ्याङ्क हेर्दा प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ मा यसको प्रकोप बढी देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा देशभर १ हजार ५ सय ३७ वटा केस भेटिँदा यी प्रदेशहरुमा क्रमशः ५ सय ६३, ५ सय ५९, ३ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको छ ।