• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रक्सौल रेल्वे लाइनको बस्तीमा पार्किङ गरेर नेपाल आउने ट्यांकरबाट पेट्रोल चोरी हुन थाल्यो

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०७७, आईतवार २३:२१
  • ४७९७

    रक्सौल | नेपाल आयल निगमको ट्यांकरबाट भारतीय भूमिमा पेट्रोल चोरी हुने गरेको पाइएको छ। भारतको बरौनीबाट पेट्रोलियम लोड गरेर ल्याउने नेपाली ट्यांकरका चालक, सहचालक र तस्करको मिलोमतोमा पेट्रोल चोरी हुने गरेको हो।सीमापारि रक्सौल रेल्वे लाइन छेउछाउका बस्तीमा ट्यांकर पार्किङ गरेर पेट्रोल चोर्ने गरिएको प्रत्यक्षदर्शीले बताए।सीमावर्ती क्षेत्रको नेपाली इलाकामा भने विगतदेखि नै पेट्रोलियम चोरी हुँदै आएको छ।

    अहिले नेपालमा भन्दा भारतीय बजारमा पेट्रोलको मूल्य सस्तो छ। नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ ५० पैसा छ भने भारतमा १८७ नेपाली रुपैयाँ पर्छ। डिजेलको मूल्य नेपालमा प्रतिलिटर ९५ रुपैयाँ ५० पैसा छ भने भारतमा १२७ नेपाली रुपैयाँ पर्छ। नेपालमा भन्दा भारतमा पेट्रोल प्रतिलिटर झन्डै ३५ रुपैयाँ र डिजेल झन्डै ४१ रुपैयाँ महँगो छ।त्यसैले पनि भारतीय भूमिमा पेट्रोल चोरीको क्रम बढेको हो। डिजेल भने मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ।

    विगतमा वीरगन्जका पेट्रोलियम व्यवसायीले रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पेट्रोलियम पदार्थ लोड गरी भन्सार प्रक्रिया पूरा गरी सीधै आफ्नो पम्पमा ट्यांकर ल्याउँथे। जनवरी १६ देखि त्यहाँबाट लोड गर्ने कार्य बन्द गरी बरौनीबाट सीधै पेट्रोलियम पदार्थ आउने गरेको छ। ती ट्यांकर निगमको प्रादेशिक कार्यालय अमलेखगन्ज जानुपर्छ।तर ती ट्यांकर सरासर नेपाल प्रवेश नगरी सीमावर्ती सहरका बस्तीतिर छिर्ने गरेका छन्। एक प्रत्यक्षदर्शीले भने, ‘निगमका ट्यांकर रक्सौलस्थित रेल्वे लाइन छेउछाउका बस्तीमा लगेर रोकिन्छ। त्यहींबाट पेट्रोल निकालेर बिक्रीवितरण हुन्छ।’

    नेपाल सरकारबाट मान्यता प्राप्त प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) कागज लिएर पुगेका ट्यांकरले मात्रै बरौनीमा पेट्रोल लोड गर्न पाउँछन्। सीमावर्ती क्षेत्रमा सञ्चालित पेट्रोल पम्पबाट तस्करहरूले जर्किनमा पेट्रोलियम पदार्थ किनेर भारतमा तस्करी गर्ने प्रवृत्ति पुरानै हो। कतिपयले भारतीय नम्बरको मोटरसाइकलमा फुल ट्यांकी हालेर भारतमा लगेर बेच्ने गरेको पेट्रोल पम्पका कर्मचारी बताउँछन्। सीमावर्ती क्षेत्रका नेपाली बजारका पेट्रोल पम्पमा जर्किन बोकेर पेट्रोलियम पदार्थ किन्न आउने भारतीय पनि प्रशस्त भेटिन्छन् ।निगमको वीरगन्जस्थित शाखा कार्यालयका प्रमुख मनोजकुमार ढकाल पेट्रोलिम पदार्थ किन्ने र आयात गर्ने सबै कार्य प्रादेशिक कार्यालयले हेर्ने भएकाले चोरीका सम्बन्धमा केही बताउन नसक्ने बताउँछन्।

    उनी भन्छन्, ‘बरौनीबाट लोड भएर आएका ट्यांकरबाट भारतीय सीमावर्ती सहरमा चोरी भइरहेको विषयमा उपल्लो स्तरका कर्मचारीको पहलमा न्यूनीकरण गर्नुपर्छ।’
    निगम प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख भरतप्रसाद रेग्मी विगत तीन महिनायता पेट्रोल चोरीको घटना न्यूनीकरण भएको दाबी गर्छन्। तीन महिनायता नेपाली ट्यांकरबाट पेट्रोलियम पदार्थ चोरी नभएको उनको भनाइ छ। केही दिनअघि भारतीय सीमावर्ती सहरमा ट्यांकरबाट पेट्रोल चोरी भइरहेको घटनाबारे जानकारी आउनेबित्तिकै निगमले एक दर्जनभन्दा बढी ट्यांकरका चालकलाई कारबाही गरेको थियो।

    रेग्मीले भने, ‘उनीहरूलाई एक वर्षसम्म निगमभित्र प्रवेश गर्न नदिने लगायतका कारबाही गरेपछि तेल चोरीका घटनामा कमी आएको छ।’नेपालबाट भारततर्फ भइरहेको पेट्रोलियम तस्करी नियन्त्रणमा कडाइ गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी बताउँछन्। एसएसबी ४७ बटालियन कमान्डेन्ट प्रियव्रत शर्माले पेट्रोल तस्करी रोक्न निगरानी बढाएको बताए। उनले भने, ‘जर्किनमा पेट्रोलियम पदार्थ बोकेर सीमामा ओहोरदोहोर गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौं।’
    पर्सा र बारामा गरी ११४ वटा पेट्रोलपम्प छन्। सीमावर्ती क्षेत्रको वीरगन्ज महानगरपालिका क्षेत्रमा २० देखि २५ वटा पेट्रोल पम्प सञ्चालनमा रहेको निगमको तथ्यांक छ। नेपाल समयका लागी जियालाल साहले लेखेको समाचार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑