वीरगंज | कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०÷३० हजार टन युरिया र डीएपी मल भित्र्याएको छ । वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले जानकारी दिए ।
हाल मलको अन्तिम लट भित्रिने क्रममा छ ।
स्वीस सिंगापुर कम्पनीले ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीले ३० हजार टन डीएपी मल नेपाल ल्याएको खबर कान्तिपुरले छापेको छ ।