बारा | बाराको हरिहरपुर गाउमा ७ फिटको मुर्ती फेला परेको छ । शनिबार दिउसो ५ बजे सिम्रौनगढ नगपालिका वार्ड नम्बर ४ हरिहरपुर स्थित किशुन्द्र महतोको खेत खन्ने क्रममा उक्त मुर्ती फेला परेको हो ।
पोखरी खन्ने क्रममा लगभग १०फिट गहिरो जमिनबाट ७फिट लामो र ४ फिट चौडाइ भएको भगवान बिष्णको मुर्ती फेलापरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले बताउनु भयो ।