बीरगंज । १४ फागुन । शहरी बिकास मन्त्री तथा नेकपाका नेता प्रभु साहले मधेशी राजनीतिक दलले मधेश र मधेशी जनतामाथी नै अत्याचार गरेको आरोप लगाउनुभएको छ । आज पर्साको छिपरमाई गाउँपालिकाको शेढामा आयोजित बिशाला सभालाई सम्बोधन गर्नुहुदै मन्त्री प्रभु साहले प्रदेश नम्बर २ मा मधेशी दलको सरकार भएपनि अन्य प्रदेशको तुलनामा काम हुन नसकेको आरोप समेत लगाउनुभयो । उहाँले केन्द्रले पठाएको अरबौं बिकास निर्माणको रकम जनताको हितमा प्रयोग गर्न नसकेर फ्रिज भएको आरोप लगाउनुहुँदै केन्द्र सरकार माथि अनेक खालको आरोप लगाउँदै प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको समेत बताउनुभयो । कार्यक्रममा उहाँलृे बिभिन्न राजनीतिक दल परित्याग गरि नेकपामा प्रबेश गरेकाहरुलाई स्वागत समेत गर्नुभएको थियो ।
कार्यक्रममा संबिधानसभाका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ताले गाउँगाउँको बिकासको लागि नेकपाको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि अघि बढाइएको अवधारणाले जनतामा बिकास र परिवर्तनको रत्तसंचार प्रबेश गरेको बताउनुहुँदै प्रतिक्रियाबादीहरुले नेकपालाई कमजोर बनाउन जतिसुकै षडयन्त्र भएपनि प्रम ओलीले देश र जनताको जिम्मेवारी बोध गरेर अघि बढ्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ने्कपमाका नेता एवं अध्यक्ष प्रभु हजराले पार्टीमा प्रेबेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने धारणा राख्नुभएको थियो । कार्यक्रममा संबिधान सभाका सदस्य एवं नेकपाका नृेृता जयप्रकाश थारुले् अव निर्बाचन क्षेत्र नम्बर ४ मा बिकासको मुल फुट्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य डाक्टर बिश्वम्भर शर्मा, नेताहरु प्रद्युम्न चौहान, तेजप्रकाश निषाद, पालिकाको अध्यक्ष मनोज गुप्ता, नेता प्रहलाद गुप्ता, यसवन्त यादब, बलिराम साह , अकलेस साह लगायतले धारणा राख्नुभएको थियो ।