बिरगंज । विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख १६ हजार नौ सय २७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा नौ हजार दुई सय १२ जनाको मृत्यु भएको छ।
यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ३९ लाख ५९ हजार सात सय ३२ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २५ लाख २७ हजार नौ सय ५२ जनाको मृत्यु भइसकेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ७३ हजार छ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार आठ सय ९३ जनाको मृत्यु भएको छ।
बेलायतमा थप आठ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण तीन सय ४५ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १६ हजार ५६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक सय नौ जना संक्रमितको मृत्यु भएको छ।
ब्राजिलमा थप ६३ हजार नौ सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय २७ जनाको मृत्यु भएको तथ्यांक छ।
रूसमा पछिल्लो २४ घण्टामा ११ हजार ८६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय २८ जनाको मृत्यु भएको छ।
यस्तै, फ्रान्समा २५ हजार दुई सय सात, दक्षिण अफ्रिकामा एक हजार छ सय ५४, कोलम्बियामा तीन हजार पाँच सय ६७, मेक्सिकोमा आठ हजार चार सय ६२, इरानमा आठ हजार एक सय तीन, जर्मनीमा नौ हजार छ सय ५९, इटलीमा २० हजार चार सय ९९, स्पेनमा आठ हजार तीन सय ४१, टर्कीमा नौ हजार दुई सय पाँच तथा अर्जेन्टिनामा पाँच हजार ८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।