• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रचण्ड-माधव समूहलाई जसपाले भन्यो : ‘तपाईंहरूको पार्टी कुन हो ?’

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७७, शुक्रबार ०७:१४
  • ४२६५

    काठमाडौं | नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध साझा अविश्वास प्रस्ताव दर्ता गर्नेदेखि नयाँ सत्ता समीकरणका विषयमा सहकार्यको प्रस्ताव अन्य शक्तिसँग अघि सारेको छ। उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले यही प्रस्ताव लिएर बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेताहरूसँग छलफल गरेका छन्। तर, नेकपाको विवाद पहिले टुंगिनुपर्नेमा जसपा देखिएको छ।

    जसपा वरिष्ठ नेता राजेन्द्र महतोले दाहाल–नेपाल पक्षको पार्टी कुन हो ? त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको जानकारी दिए। ‘उहाँहरू (दाहाल–नेपाल) कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरू राख्नुभयो’, नेता महतोले भने, ‘तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो। त्यो के हो ? त्यो प्रस्ट पार्नुस् पहिले भनेर हामीले जिज्ञासा राख्यौं।’

    दाहाल–नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ कोटेश्वर पेरिसडाँडा पुगेका थिए। श्रेष्ठले बुधबार पनि दाहाल र नेपालसँग छलफल गरेका थिए। झन्डै डेढ घण्टा छलफल चलेको थियो।

    पुस ५ मा आफू पक्षका सांसदको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता गरे पनि अहिले कांग्रेस, जसपा र आफूहरूबीच सहमति भए अर्काे प्रस्ताव ल्याउने पक्षमा दाहाल–नेपाल देखिएका छन्। ‘त्यस बेला त्यस्तै परिस्थिति थियो। त्यही परिस्थितिसँग जुध्न एक खाले अविश्वास प्रस्ताव दर्ता गर्ने काम भयो’, दाहाल–नेपालले भने, ‘अहिले परिस्थिति अर्काे छ, कांग्रेस, तपार्इंहरू (जसपा) र हामी मिलेर साझा अविश्वास प्रस्ताव दर्ता गरौं। सत्ता समीकरण निर्माण गरौं। मिलेरै अगाडि बढौं।’

    प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्न एक चौथाइ सांसद आवश्यक पर्छ। प्रधानमन्त्रीको नामसमेत उल्लेख गरेर प्रस्ताव दर्ता गराउनुपर्ने हुन्छ। दाहाल–नेपाल पक्षले पुस ५ मा दर्ता गराएको अविश्वास प्रस्तावमा वैकल्पिक प्रधानमन्त्रीमा दाहालको नाम समावेश गरेको थियो। तर, त्यो नाममा पनि लचिलो हुने गरी छलफल गरौं भन्ने प्रस्ताव दाहाल–नेपाल पक्षले गरेको छ। ‘कांग्रेस, तपाईंहरू (जसपा) र हामी पहिले बसौं। प्रधानमन्त्रीका लागि जसको नाममा सहमति बन्छ, उसैको नाम समावेश गरौं र साझा अविश्वास प्रस्ताव दर्ता गराएर जाऔं,’ दाहाल–नेपालले प्रस्ताव राखे।

    जसपाका नेताहरूले तर यो छलफललाई प्रारम्भिक भन्दै मोडालिटीका विषयमा प्रश्न गरेका थिए। ‘सहकार्यको प्रस्ताव आएको छ, यसको मोडालिटी प्रस्ट हुनुपर्छ। संविधान संशोधनका विषयमा हाम्रा मुद्दाहरू छन्। संविधानमा धेरै खाले त्रुटि छन्। रेशम चौधरी, आन्दोलनका क्रममा उहाँमाथि झुटा आरोप लगाएको छ। शपथ गराउने अनि संसद्मा हाजिर हुन नदिने काम भएको छ’, नेता श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सहकार्य गर्न खुला हृदय हुनुपर्‍यो। समीकरण प्राकृतिक हुनुपर्छ। असैद्धान्तिक र अप्राकृतिक गठबन्धन गर्‍यो भने आज फेरि सत्ताका लागि गठबन्धन हुन्छ। फेरि त्यो टुट्छ। त्यसैले हाम्रो जोड कुनै पनि गठबन्धन गर्दा प्राकृतिक हुनुपर्छ भन्ने छ। प्रारम्भिक वार्ता भएको हो। कार्यकारिणी समितिको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ।’

    श्रेष्ठले दाहाल–नेपालले प्रधानमन्त्रीविरुद्ध संयुक्त रूपमा अविश्वास प्रस्ताव राखौं भन्ने प्रस्ताव गरेको खुलाए। दाहाल–नेपालको प्रस्ताव उद्धृत गर्दै श्रेष्ठले भने, ‘संयुक्त रूपमा अविश्वासको प्रस्ताव राखौं। संवैधानिक व्यवस्थाअनुसार सहमतिको आधारमा नयाँ प्रधानमन्त्री चयन गरौं। सरकारमा पनि मिलेरै जाऔं। दुई वर्षभित्र देशका सबै समस्या हल गरेर जाऔं भन्ने प्रस्ताव राख्नुभयो।’

    अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेलगत्तै दाहाल र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए। दुवै जनाले बुधबार बूढानीलकण्ठ पुगेर देउवासँग सहकार्यको प्रस्ताव दोहोर्‍याएका थिए। तर, कांग्रेस र जसपा नेकपा विवादको अन्तिम टुंगो कसरी लाग्छ भन्नेमा पर्ख र हेरको नीतिमा जान खोजेको देखिन्छ। कानुनी रूपमा विभाजन भइनसक्दा कतै आगामी दिनमा नेकपा एकै हुन्छ कि भनेर आशंकाको दृष्टिले हेरिरहेका छन्।
    छिमेकीको चासो

    प्रतिनिधिसभा विघटनको निर्णय बदर भएको अवस्थामा दुई छिमेकी भारत र चीनले चासो देखाएका छन्। भारतीय राजदूत विनयमोहन क्वात्राले बिहीबार कांग्रेस सभापति देउवासँग भेट गरी पछिल्लो परिस्थितिबारे छलफल गरेका हुन्। यस्तै, चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री रामबहादुर थापासँग भेट गरी विभाजित नेकपाको एकता सम्भावनाबारे चासो राखेकी हुन्।

    गौतमले भेटे दाहाल
    पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले बिहीबार बिहान दाहाललाई उनकै निवास खुमलटारमा भेट गरेका छन्। गौतमले प्रधानमन्त्री ओलीलाई सम्मानजनक रूपमा बहिर्गमन गर्ने, विकल्पमा नेकपाकै तर्फबाट प्रधानमन्त्री बनाउने, पार्टी एकता बचाउने काममा लाग्नुपर्ने प्रस्ताव दाहालसँग गरेका थिए। दाहालले आफू पार्टी एकताकै पक्षमा भए पनि अब ओलीसँग मिलेर जान नसकिने बताएका थिए। ‘तपाईं लाग्दै गर्नुस्, ओलीजीलाई राजीनामामा सहमत गराउनुस्। त्यसपछि अन्य विषयमा छलफल हुँदै जान्छ’, गौतमलाई दाहालले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑