• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वोच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७७, शुक्रबार ०४:२३
  • ५५५३

    बिरगंज | पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताए ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा बिहीबार आयोजना गरेको महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले यस्तो बताएका हुन् ।

    ‘संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ । अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन’, उनले भने, ‘म संविधानलाई बचाउने अदालतलाई धन्यवाद तथा फैसलाको लागि सम्मान गर्न चाहन्छु ।’

    डा. यादवले अदालतको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई खुसी दिएको बताउँदै उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, सङ्घीयतामा विश्वास गर्ने, समावेशितामा विश्वास गर्ने खुसी भएका छन् ।’

    उनले संविधान जारी गर्दाको समयको स्मरण गर्दै भने, ‘मैले संविधान जारी गर्दा देशका सबै नागरिक खुसी होउन् भन्ने चाहेको थिएँ तर त्यतिबेला मधेसवादी दल छाडेर तत्कालीन नेकपा (एमाले), कांग्रेस, माओवादी सबै गरी ९० प्रतिशतको सहभागिता थियो र त्यसैलाई शिरोधार्य गर्दै अगाडि बढ्दै संविधान जारी गरेँ ।’

    त्यसबेला मधेसी दलले संविधानप्रति आपति जनाए पनि यही संविधानअनुसार भएको निर्वाचनमा मधेसी दललेसमेत सहभागिता जनाएर भाग लिएपछि आफूले ठिकै गरेको अनुभूति भएको डा. यादवले बताए । उनले भने, मधेसी दल पनि सरकारमा गयो । चुनाव भयो र अगाडि बढिरहेको छ ।’

    पूर्वराष्ट्रपति डा. यादवले भारतमा संविधान घोषणा हुन लाग्दा भीमराव अम्बेडकरले संविधान राम्रो र खराब नहुने तथा अगुवा ठिक रहे संविधान राम्रै बाटोबाट जाने भनी दिएको अभिव्यक्तिको स्मरण गर्दै भारतको संविधान १२२ पटक संशोधन भएको र अमेरिकामा २२ पटक संशोधन भइसकेको उदाहरणसमेत दिए ।

    पूर्वराष्ट्रपति डा. यादवले राजनीति दल विधि र प्रक्रियाअनुसार नलेको हुँदा चिरा परेकाले मुलुकमा समस्या आएको बताए । उनले आर्थिक अनुशासन कुनै पनि दलमा नभएको बताउँदै विधानअनुसार पार्टी नचले, नेता, कार्यकर्ताको आचरण ठिक नभए लोकतन्त्र खतरामा पर्ने बताए । डा. यादवले भने, ‘अहिले सबै पार्टीको यही हालत छ । लोकतन्त्रका बारेमा पढ्नुस् । बुझ्नुस् र आफूलाई लोकतान्त्रिक आचरणमा ढाल्नुस् ।’

    डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासनसमेत नभएको आरोप लगाए । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑