• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रतिनिधिसभा पुन:स्थापना – के भन्छन् निवेदक ?

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७७, बिहीबार ०७:२९
  • २०२९

    बिरगंज | गत ५ पुसमा जब प्रधानमन्त्री केपी ओली संसद् विघटनको सिफारिस लिएर राष्ट्रपतिसमक्ष पुगे, धेरैले यो सदर हुने अनुमान लगाइसकेका थिए । राष्ट्रपतिको क्रियाकलाप र व्यवहारबाट यस्तो अनुभूति गर्नेमध्येका एक थिए अधिवक्ता कञ्चनकृष्ण न्यौपाने ।

    ‘उहाँले गर्नुभएको संवैधानिक नियुक्तिविरुद्ध हामी रिट लिएर सर्वोच्च अदालत पुगेका थियौँ । तर, पछि त्यो अध्यादेश फिर्ता लिने कुरा सञ्चारमाध्यममा आएपछि हामीले त्यो दर्ता गरेनौँ,’ न्यौपानेले भने, ‘तर, फिर्ता नलिएपछि संविधानले नदिए पनि विघटन सिफारिस गर्नुहुन्छ र राष्ट्रपतिले पनि सदर गरिदिनुहुन्छ भन्ने शंका लागेको थियो ।’ र, भयो पनि त्यस्तै । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिस सदर गरिदिइन् ।

    संवैधानिक इजलासमा विघटनका पक्षमा कानुन व्यवसायीले बहस गर्न थालेपछि आफूलाई संसद् पुनस्र्थापना हुन्छ भन्नेमा पूर्ण विश्वास लागेको अधिवक्ता न्यौपाने बताउँछन् । असंवैधानिक भएकाले सरकारी पक्षसँग बलिया तर्क थिएनन् । संवैधानिक आधार नै नहुँदा विपक्षीको तर्क फितलो थियो । ‘उहाँहरू निवेदकले उठाएका दुई धाराको व्याख्या गर्न नसकी जब अन्य धारामा जान थाल्नुभयो अनि सरकारी पक्ष कमजोर छ भन्ने भयो,’ उनले भने ।

    लाइसेन्सप्राप्त अधिवक्ता नभए पनि निवेदक समृत खरेल कानुनका विद्यार्थी भएकाले यस विषयमा उनको सुरुदेखि नै चासो रह्यो । सर्वोच्चले गरेको फैसलाबाट पनि उनी सन्तुष्ट छन् । खरेलले भने, ‘यो फैसलाको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो शासन व्यवस्था कस्तो हो भन्दा हामीले जवाफ पाएका छौँ । सुधारिएको संसदीय व्यवस्था भनेर भनिने गरिए पनि यो संविधानमा थिएन । यही शब्द प्रयोग नगरे पनि धारा ७४ (नेपालको शासकीय स्वरूप) को व्याख्या यही रूपमा सर्वोच्चले गरेको छ ।’

    सर्वोच्चको फैसलाबाट आफू सन्तुष्ट भए पनि पूर्णपाठको प्रतीक्षा रहेको अधिवक्ता सन्तोष भण्डारी बताउँछन् । ‘विघटन प्रधानमन्त्रीको स्वविवेकीय अधिकार होइन भन्ने स्थापित भएको छ । अझै केही विषय स्पष्ट हुन जरुरी छ । सम्भवतः पूर्णपाठमा विस्तृत आउला,’ उनले भने । भण्डारीको कुरामा सही थप्छन् निवेदक खरेल । ‘१८ पुसमा जसरी पनि प्रतिनिधिसभा अधिवेशन आह्वान हुनुपर्ने थियो । तर, पुस ५ मै विघटन भएकाले त्यो समयलाई शून्य प्रभावी मानेर १३ दिनभित्र आह्वान गर्न भनिएको हुन सक्छ । तर, यस विषयमा पूर्णपाठमै आउला,’ उनले भने ।

    सर्वोच्चले शासन प्रणालीबारे गरेको व्याख्याबाट सन्तुष्ट भएको र न्याय पाएको अनुभूति भएको निवेदकमध्येकी एक अमिता गौतम पौडेल बताउँछिन् । ‘फैसलाबाटै १३ दिनभित्र अधिवेशन आह्वान गर्नू भन्ने परमादेश भएको छ, त्यो ऐतिहासिक हो र स्वागतयोग्य छ,’ उनले भनिन्, ‘यसबाट संविधान ट्र्याकमा फर्किएको छ र न्यायालयप्रति सर्वसाधारणको विश्वास बढेको र सर्वोच्चको पनि गरिमा बढेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑