बिरगंज । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि वि. सं. २०७८ मा जम्मा ३१ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। जेठ महिनामा ७, ८, १०, १५, २०, २१, २२ गरी सात गते विवाहको लग्न छ । असारमा सबैभन्दा बढी अर्थात् सातवटा नौ वटा लग्न निस्किएको समितिले जनाएको छ । असारमा ४, ५, ६, ७, १०, १२, १७, १८, ३१ गते विवाहको लग्न रहेको छ ।
यस्तै मंसिरमा ५, १२, १३, १४, १९, २५, २६, २७ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा पनि उल्लेख छ। यस्तै माघमा ७, ११, १३, गरी तिन दिन विवाहको लग्न रहेको पञ्चाङ्गले जनाएको छ ।
व्रतबन्धका चार मुहूर्त
यसैगरी वि. सं. २०७८ मा व्रतबन्धको मुहूर्त पनि एघार वटा मात्र छ। जेठ ९, असार ६, ७ र २७ गते व्रतवन्घको लग्न जुरेको छ । माघमा दुई दिन २० र २८ गते लग्न रहेको छ यस्तै फागुनमा ६ गते एक दिन लग्न रहेको छ भने चैतमा २०, २३, २८, र ३० गते गरी व्रतबन्धका साइत चार वटा छन् ।