• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वोच्चको फैसलापछि नेकपाका दुवै पक्ष सक्रिय

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७७, बिहीबार ०६:४४
  • ३१०५

    बिरगंज | सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष सक्रिय भएका छन्। अदालतको फैसलाको प्रतीक्षामा पछिल्ला केही दिनयता निष्क्रिय रहेका नेकपाका दुवै पक्ष बुधबार व्यस्त रहे।

    अदालतको फैसलापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्ड र नेपालले त्यसलाई विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह अदालतको निर्णयबाट असन्तुष्ट भएपनि स्वीकार गरेर अघि बढ्ने निर्णय गर्दै थप रणनीति बनाउन सक्रिय भएको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि सत्ताको मियोमा घुम्न नेकपाका दुवै पक्षसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससमेत सक्रिय हुन थालेको छ।

    अदालतको फैसला आउने दिनसम्म क्रमिक रुपमा प्रचण्ड–माधव पक्षले विरोध सभा गर्ने तयारी गरेका थिए। मंगलबार अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएपछि सबै विरोध सभा खुसियाली सभामा परिणत भएका छन्। ओली पक्षका चुनावी अभियानसम्बन्धी राखिएका सबै आमसभा रद्द भएका छन्।

    प्रतिनिधि सभा पुनर्स्थापनापछि बुधबार दुवै पक्षले आ–आफ्नो स्थायी कमिटी बैठक बोलाएर छलफल गरे। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएर नेताहरुको धारणा बुझ्ने र आफ्नो योजना सुनाउने काम गरेका छन्। आफ्नो पक्षको रणनीति कसरी बनाएर जाने भन्ने विषयमा बिहीबार पनि स्थायी कमिटी बैठक चल्ने स्थायी कमिटी सदस्य मणि थापाले बताए। बैठकमा ओलीले बोल्नेभन्दा पनि आफ्नो पक्षका नेताहरुको रिर्पोटिङ लिईरहेका छन्।

    ‘राजीनामा माग्दैमा हुन्छ र, अब संसदमा अविश्वास प्रस्ताव फेस गर्नुहुन्छ’, ओलीपक्षीय नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने, ‘यदी अविश्वास प्रस्ताव फेस गरेर जाने अवस्था नभए अन्य राजनीतिक स्टेप चाल्ने हुन सक्छ।’बिहीबारको स्थायी कमिटी बैठकपछि ओलीले आफ्नो स्टेप चाल्न सक्ने नेताहरूले बताएका छन्। ओलीले बुधबारको स्थायी कमिटी बैठकमा आफूले यत्तिकै राजीनामा नदिने संकेत दिइसकेका छन्। संसदमा अविश्वास प्रस्ताव फेस गरेर जाने वा अन्य विकल्पमा जान सकिन्छ भन्ने विषयमा ओली अझै निष्कर्षमा पुगिसकेका छैनन्।

    ‘राजीनामा माग्दैमा हुन्छ र, अब संसदमा अविश्वास प्रस्ताव फेस गर्नुहुन्छ’, ओलीपक्षीय नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने, ‘यदी अविश्वास प्रस्ताव फेस गरेर जाने अवस्था नभए अन्य राजनीतिक स्टेप चाल्ने हुन सक्छ।’

    बैठकमा नेताहरुले कांग्रेस, जनता समाजवादी पार्टी लगायत पार्टीहरुसंग समझदारी गरेर यही सरकारलाई टिकाउनुपर्ने सुझाव दिएका छन्। त्यसो हुन नसकेमा प्रतिपक्षी दलको रुपमा बस्दा राम्रो हुने सुझाव ओलीले पाएका छन्। यी सबै विकल्प बन्द भए ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन सक्ने प्रचण्ड–माधव पक्षको आशंका छ। तर, अदालतले संसद अधिवेशन बोलाउने समयसीमा नै तोकेकाले अध्यादेश ल्याउन सहज छैन। अदालतको फैसलाले ओली पक्षलाई निराश बनाएकाले थप कडा कदम चाल्ने वा नचाल्ने अन्योल झन् बढेको छ।

    सत्ता साझेदारीबारे प्रचण्ड, माधव र देउवा सकारात्मक

    प्रचण्ड र नेपाल माधव बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्ने गरी त्यहाँ पुगेका थिए। त्यसको अघिल्लो दिन मंगलबार बेलुकी नै प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बुधबार बिहान उनीहरु हतारहतार काठमाडौ फर्किए। चितवनबाट काठमाडौ फर्किएलगतै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए, उनीहरु। तीन नेतावीच भएको छलफलमा सत्ता साझेदारीका लागि सकारात्मक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

    ‘तीन नेताबीचको छलफलमा उहाँहरु सत्ता साझेदारीका लागि निष्कर्षमा पुगिसक्नु भएको छैन’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘छलफललाई निरन्तरता दिदै साझेदारी गरेर जाने विषयमा सकारात्मक निष्कर्षमा पुग्नु भएको छ।’तीन नेताबीच छलफल भए लगतै पेरिसडाँडामा यो पक्षको स्थायी कमिटी बैठकमा त्यस विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। संविधानको कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिहरु मिलेर जाने विषयमा सकारात्मक छलफल भएको उनले बताए।

    प्रचण्डको भनाई उद्धृत गर्दै सांसद मेटमणि चौधरीले भने, ‘सर्वोच्च अदालतको फैसलपछि हामीले ठूलो ग्राउन्ड पाएका छौँ र यसैगरी निर्वाचन आयोगबाट पनि हाम्रो पक्षमा नै फैसला आउँछ भन्नेमा विश्वस्त छौँ।’ ‘अब प्रतिनिधि सभा पुनःस्थापित भइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे देशलाई राजनीतिक स्थिरताकै दिशातिर अगाडि बढाउन हामी मिलेर जानुपर्छ’, श्रेष्ठले भने, ‘लोकतन्त्रवादी सबै शक्तिहरु, संविधानको रक्षाका प्रश्नमा एकताबद्ध भएका सबै शक्तिहरु फेरि पनि मिलेर जानुपर्छ भन्नेबारेमा सामान्य छलफल भयो।’

    बैठकले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई तत्काल असफल पारिए पनि यस प्रकारका गतिविधिविरुद्ध सचेत भइरहनुपर्ने आवश्यकतामा जोड दिएको जाकारी पनि उनले दिए। आफूहरुले प्रधानमन्त्री ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो भनिसकेको उल्लेख गर्दै उनले भने, ‘अहिलेसम्म उहाँले राजीनामा दिनुभएको छैन। तैपनि अब अदालतको फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यहाँबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्छ।’

    प्रचण्ड–माधव पक्षका सांसदलाई काठमाडौं नछोड्न निर्देशन

    प्रचण्ड–माधव पक्षको बुधबार बेलुका बसेको संसदीय दलको बैठकमा सांसदहरुलाई काठमाडौ नछोड्न निर्देशन दिइएको छ। राजनीतिक रुपमा जुनसुकै निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उपत्यका बाहिर नजान निर्देशन दिएको सांसद रामकुमारी झाँक्रीले बताइन्। उपत्यका बाहिर भएका आफ्नो पक्षका सांसदलाई समेत काठमाडौं आइपुग्न भनिएको छ।

    प्रचण्ड–नेपाल पक्ष ओलीतिर लागेका सांसदलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेको छ। ‘सर्वाेच्चको फैसलापछि केपी ओलीतिर लागेका माननीयज्यूहरूलाई कन्भिन्स गर्ने, एकताको पक्षमा ल्याउने काम गर्नु पर्दछ। उहाँहरूलाई चिमोटेर टाढा पठाउने होइन, पार्टी र घटनाक्रमलाई बुझाउने साथै एकताको लागि पहल गर्नुपर्दछ। हामीले बृहत् कम्युनिस्ट आन्दोलन बनाउने हो’, प्रचण्डको भनाई उद्धृत गर्दै सांसद मेटमणि चौधरीले भने, ‘सर्वोच्च अदालतको फैसलपछि हामीले ठुलो ग्राउन्ड पाएका छौ र यसैगरी निर्वाचन आयोगबाट पनि हाम्रो पक्षमा नै फैसला आउँछ भन्नेमा विश्वस्त छौँ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट
  • मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    News

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    News

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑