बिरगंज । संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई भारतको राज्यसभा सांसद एवं सत्तारुढ भारतीय जनता पार्टीका नेता सुव्रण्यम स्वामीले स्वागतयोग्य भनेका छन् ।
ट्वीट गर्दै उनले अदालतको फैसलापछि अब नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अढि बढ्ने उल्लेख गरे ।
भारतको पूर्व केन्द्रिय मन्त्री समेत रहेका स्वामीले नेपालका लोकतान्त्रिक नेताहरु आफूसँग सम्पर्कमा रहेको र लोकतन्त्रको पुनस्र्थापना हुने विश्वासमा आफू पहिले पनि रहेको लेखेका छन् ।