बिरगंज | मंगलबार दिउँसो बालुवाटारमा छुट्टै चहलपहल थियो । मंगलबार विहानबाट नै बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन व्यस्त थिए । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले यसअघि पनि विशेष कार्यक्रम गर्दै आइरहेका थिए ।
मंगलबार पनि उनले त्यसैलाई निरन्तरता दिइरहे । प्रधानमन्त्री ओलीले मंगलबार बर्थ डे मनाइरहँदा यता सर्वोच्चमा प्रतिनिधिसभा विघटनको विषयमा फैसला आउँदै थियो । फैसला सुनाएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्चबाट बाहिरिँदा पनि प्रधानमन्त्री ओली बर्थ डे सेलिब्रेसनमा नै थिए ।
यो सेलिब्रेसनमा सहभागी भएका एक नेताले फरकधारलाई जानकारी दिएअनुसार सर्वोच्चको निर्णय आउँदा पनि प्रधानमन्त्री ओलीले सेलिब्रेसन रोकेका थिएनन् । पूर्वनिर्धारित कार्यक्रम सकिए पछि मात्र उनी आफूनिकट नेताहरुसँको छलफलमा जुटेका हुन् ।