बीरगञ्ज । बीरगञ्जबाट लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित एकजना पक्राउ परेका छन् । प्रहरीले बीरगञ्ज वडा नं. ३२ चोर्नी बस्ने २३ वर्षीय हरेन्द्र मण्डललाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ अटोमा आउदैं गरेका मण्डलले बोकेको झोला चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो बीरगञ्ज १६ रजतजयन्त्री चोकबाट उनी लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनले बोकेको प्लास्टिकको झोलाभित्र नाइट्राभेट ट्याब्लेट १ हजार ४ सय ४० पिस र सेमफेक्स ट्याब्लेट ९६ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरले जानकारी दिए ।
मण्डललाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए ।