• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शान्ति सेनामा नेपालबाट प्रतिवर्ष १० हजार पठाउने तयारी 

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७७, आईतवार ०७:४१
  • ३७६९

    वीरगन्ज । नेपाली सेनाले संयुक्त राष्ट्रसंघअन्तर्गतको शान्ति स्थापनार्थ मिसनमा एक वर्षमा १० हजार सैनिक पठाउन सक्ने गरी आन्तरिक तयारी गरेको छ । यसका लागि सेनाले राष्ट्रसंघसँग सम्झौता गरिसकेको छ । सेनाका अनुसार सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा सेना खटाउने विश्वका विभिन्न मुलुकमध्ये नेपाल पहिलो नम्बरमा आउनेछ । अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सैनिक खटिँदै आएका छन् । 

    सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले शान्ति मिसनमा एकैपटक १० हजार सुरक्षाकर्मी खटाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको जानकारी दिए । ‘अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सुरक्षाकर्मी खटिएका छन् । मिसनमा योगदान गर्ने मुलुकमध्ये अहिले नेपाल चौथो स्थानमा छ । अब यो संख्या १० हजारसम्म बढाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको छ । यसका लागि युएनसँग सम्झौतासमेत भइसकेको छ । यदि यो सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा योगदान गर्ने मुलुकमध्ये नेपालको स्थान पहिलो नम्बरमा आउँछ,’ उनले भने ।

    चार चरण पूरा गर्नुपर्ने

    राष्ट्रसंघसँगको सम्झौताअनुसार नेपाली सेनाले चार चरण पूरा गर्नुपर्नेछ । जसअन्तर्गत असिस्टेन्ट एडभाइजरी भिजिट (एएभी), मेमोरेन्डम अफ अन्डरस्ट्याडिङ (एमओयू), ¥यापिड डेभलपमेन्ट लेभल (आरडिएल) लगायत पर्दछन् । सेनाले पहिलो चरणका लागि एक हजार पाँच सय ३० सैनिकलाई तयार गर्दै छ । तयार गरिएकामध्ये इन्फेन्ट्री बटालियन आठ सय ५०, फोर्स प्रोटेक्सन कम्पनी एक सय ६०, मिलिटरी पुलिस कम्पनी एक सय २०, क्विक रेस्पोन्स फोर्स कम्पनी दुई सय ५० र स्पेसल फोर्स कम्पनी १५० सैनिक छन् । 

    जसमध्ये क्विक रेस्पोन्स फोर्स कम्पनीका दुई सय ५० सैनिकले लेभल फोर पास गरिसकेका छन् । उनीहरू अबको दुई महिनाभित्र शान्ति मिसनमा जानेछन् । त्यस्तै, इन्फेन्ट्री बटालियन, फोर्स प्रोटेक्सन कम्पनी र मिलिट्री प्रोटेक्सन कम्पनीका सैनिकले भने लेभल थ्री पास गरेका छन् । बाँकी सैनिकलाई पनि सोही तवरले तयार गर्दै लैजाने सेनाको योजना रहेको सैनिक प्रवक्ता सहायक रथी पौडेलले बताए । ‘सम्झौताअनुसार हामीले अहिले चार युनिटका एक हजार पाँच सय ३० सैनिकलाई तयार गरिरहेका छौँ । त्यसमध्ये तीन युनिटले लेबल थ्री र एकले लेभल फोर पास गरिसकेका छन्,’ उनले भने, ‘लेभल फोर पास गर्ने अबको केही महिनाभित्रै मिसनमा जानेछन् । यो सबिकको सैनिक संख्यामा हुने थप सैनिक संख्या हो । अन्य टोलीलाई पनि तयारी अवस्था राखेका छौँ ।’

    उच्च सैनिक अधिकृतका लागि सुरक्षित कोटा खारेज

    शान्ति मिसनलाई सेनामा विशेष अवसरका रूप लिइन्छ । मिसनमा छनोट गर्दा विगतमा रथीका लागि तीन, उपरथीका लागि दुई र सहायक रथीका लागि एउटा विशेष कोटा सुरक्षित गरिएका हुन्थे । त्यस्तै, अवकाशप्राप्ततर्फ प्रधानसेनापतिका लागि दुई, रथी, उपरथी र सहायक रथीका एक÷एक कोटा सुरक्षित राखिएका हुन्थे । जसका कारण उनीहरूका आसपासका सैनिक आवश्यकताभन्दा धेरै र अन्यभन्दा चाँडो शान्ति मिसनमा जान्थे । तर, शान्ति सेना छनोट कार्यविधि २०७२ आएपछि सुरक्षित गरिएका सम्पूर्ण कोटा प्रणाली खारेज गरिएको छ । जसले गर्दा शान्ति सेनामा जाने साधरण सेवातर्फको सिट संख्या बढेको हो । 

    सेनाको तथ्यांकअनुसार कोटा खारेज भएयता साधारणतर्फका तीन सय ९५ सैनिक शान्ति मिसनमा जाने मौका पाएका छन् । त्यसबाहेक सेनामा विशेष फौज, इन्जिनियर, मेडिकल र सिग्नलतर्फ सुरक्षित गरिएका कोटा पनि खारेज गरिएका छन् । जसको प्रत्यक्ष लाभ साधारणतर्फका सैनिकलाई पुगेको छ । सैनिक प्रवक्ता पौडेलले कोटा प्रणाली खारेजीपछि साधारणतर्फका पैदल फौजको शान्ति मिसनमा जाने पालो चाँडो आएको बताए । ‘सेनामा पैदल फौजको संख्या धेरै छ । कोटा प्रणाली हुँदा उनीहरूको पालो १४ वर्षसम्म पनि आउँदैनथ्यो । विशेष फौजअन्तर्गतका सैनिक सेवा सुरु गरेको ६ वर्षमै शान्ति मिसन जाने सक्ने व्यवस्था हुँदा मिसनको सन्तुलन नै बिग्रन सक्ने देखियो,’ उनले भने, ‘त्यसैले यस्तो व्यवस्था संशोधन गरी सबै खालका कोटा खारेजी गरिएका छन् । यसको प्रत्यक्ष लाभ पैदल फौजले लिने मौका पाए । यो निर्णयले नेपाली सेनामा उत्साह ल्याएको छ ।’

    साढे १३ हजार सैनिक शान्ति मिसन जान बाँकी

    सेवा सुरु गरेको ११ वर्षपछि पैदल सैनिक शान्ति मिसनमा जान सक्ने व्यवस्था छ । नेपाली सेनाको तथ्यांकअनुसार गत असार अन्तिमसम्म सेवा सुरु गरेको १५ वर्षपछि पनि मिसनमा जान नपाएका पैदल सैनिक एक हजार नौ सय ४९ छन् । त्यस्तै, १४ वर्ष सेवा अवधि पुगेका ६ हजार सात सय ३०, १३ वर्ष पुगेका एक हजार सात सय ७९, १२ वर्ष पुगेका एक हजार चार सय २ र ११ वर्ष पुगेका एक हजार ६ सय ३७ गरी कुल १३ हजार चार सय ९७ शान्ति सेना जान योग्यता पुगेका, तर जान नपाएका पैदल सैनिक छन् । जबकि सेनामा तल्लो तहका सैनिकका लागि अवकाश अवधि १६ वर्ष तोकिएको छ । 

    प्राविधिकतर्फ भने सेवा सुरु गरेको नौ वर्षपछि नै शान्ति मिसन जान सक्ने प्रावधान छ । प्राविधिक सेवातर्फका सैनिक पैदल सैनिकको तुलनामा चाँडो मिसन जाने अवसर पाउँछन् । यद्यपि यसतर्फ १४ वर्ष पुगेका २३, १३ वर्ष पुगेका १९, १२ वर्ष पुगेका ३१ र ११ वर्ष पुगेका ३९ गरी कुल एक सय १२ जना शान्ति मिसनमा जान योग्यता पुगेका, तर जान नपाएका प्राविधिक सैनिक छन् । 

    र्याङ्किङका आधारमा शान्ति मिशनमा सेना पठाउने विश्वका १० मुलुक

    शान्ति स्थपनार्थ द्धन्दग्रस्ता मुलुकमा सुरक्षाकर्मी पठाउने सुचिका आधामा नेपाल चौथो स्थानमा छ । पहिले स्थनमा बंगलादेश छ । दोस्रो र तेस्रोमा इथोपिया र रुवाण्डा छ । छिमेकी मुलुक भारत नेपाल भन्दा पछि पाचौं स्थानमा छ भने पाकिस्थान छैठौं स्थानमा छ । त्यस्तै छिमेकी मुलुक चीन भने नवौं स्थानमा छ ।

    १. बंगलादेश २. इथोपिया ३. रुवण्डा  ४. नेपाल ५. भारत ६. पाकिस्तान ७. इजिप्ट ८. इण्डोनेसिया ९. चीन १०. घाना

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑