• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २: कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले पाएनन् तलब

  • वीरगंज संजाल
  • ८ फाल्गुन २०७७, शनिबार ०१:००
  • ५०१३

    काठमाडौं । कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन् । प्रदेश २ का आठवटै जिल्लामा कोरोना महामारीको समयमा विज्ञापन गरी २०७७ असार मसान्तसम्मको नियुक्ति दिइ खटाइएका स्वास्थ्यकर्मीलाई आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णयसहित प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्र पठाएको थियो । तर थपिएको अवधिको तलब तथा भत्ता आफूहरुले अझैसम्म नपाएको पीडित कर्मचारीको गुनासो छ ।

    आफ्नो तलबभत्ता भुक्तानीका लागि उनीहरुले सामाजिक विकास मन्त्री, राज्यमन्त्रीसहित मुख्यमन्त्री लालबाबु राउतलाई समेत भेटेर आग्रह गरे पनि अझैसम्म भुक्तानी पाउन नसकेको पीडित कर्मचारीमध्येकै एक डा. पप्पुकुमार यादवले रातोपाटीलाई बताए ।

    प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ती स्वास्थ्यकर्मीको थपिएको चार महिनाको अवधिका सम्बन्धमा दरबन्दी प्रक्रिया नमिलेका कारण तलब भत्ता रोकिएको हो । नियमानुसार प्रदेश मन्त्रिपरिषदको बैठकले दरबन्दी सिर्जना गर्नुपर्ने भए पनि पूर्व निर्धारित दरबन्दीअनुसारको करार अवधि समाप्त भइसकेपछि थप गरिएको समयावधिका लागि मन्त्रिपरिषद बैठकले दरबन्दी अनुमोदन गरेको छैन ।

    सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्त्रीस्तरीय निर्णय गर्दै करार अवधि थप गरेको तर मन्त्रिपरिषद बैठकमा लगेर उक्त निर्णय अनुमोदन नगराएका कारण तलब भत्ता भुक्तानीका लागि कानुनी अड्चन देखिएको आर्थिक मामला तथा योजना मन्त्रालय स्रोतले जनायो ।

    ‘प्रदेश सरकारले जसरी दरबन्दी सिर्जना गर्नुपर्ने हो, त्यो प्रक्रियाअनुसार दरबन्दी सिर्जना नगरी काममा लगाइएका कारण समस्या देखिएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘कानुनी रुपमा दरबन्दी सिर्जना नभएको अवस्थामा हामीले तलब भत्ता दिन सक्ने अवस्था रहँदैन ।’

    सामाजिक विकास मन्त्रालयका उपसचिव एवं प्रवक्ता ठूलोबाबु दाहाल भने छानविन समितिले प्रतिवेदन बुझाएपछि सोही आधारमा प्रक्रिया अघि बढाइने बताउँछन् । स्वास्थ्य निर्देशकको नेतृत्वमा तीन सदस्यीय समितिले दरबन्दीबारे छानविन गरेको र हालै प्रतिवेदन तयार पारेको भन्ने जानकारी आफूले पाएको उल्लेख गर्दै उनले सोही प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कारवाही अघि बढाउने जानकारी दिए ।

    स्वास्थ्यकर्मीहरुको रोकिएको तलब भत्ता भुक्तानीको प्रक्रिया अघि बढाउनका लागि तीन महिनादेखि आफूहरुले विभिन्न निकायमा धाउनु परेको तर अहिलेसम्म पनि भुक्तानीबारे टुङ्गो नलागेको गुनासो गरेका छन् । ‘हामीले दसैं, तिहार, छठजस्ता मुख्य चाडपर्वमा समेत तलब पाएनौं,’ पीडित स्वास्थ्यकर्मीमध्येका एक डा. पप्पुकुमार यादवले भने, ‘चार महिने करार थप भएको अवधि पूरा भएको तीन महिना बितिसक्दा पनि भुक्तानीबारे अझै टुङ्गो नलाग्दा हामी मर्कामा परेका छौं ।’

    आफूहरुले माघ २७ गते सामाजिक विकास मन्त्रालयका सचिवलाई सम्बोधन गरी तलब भुक्तानीका लागि लिखित आग्रह गरेको र सोको बोधार्थ प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत पठाइएको उनले बताए । तर अहिलेसम्म पनि कतैबाट भुक्तानीका लागि पहल नहुँदा आफूहरु संघर्षमा उत्रने मनस्थितिमा पुगेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑