बीरगंज।फागुन ६। पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ स्तित रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय कट्टीबलुवाका एक शिक्षकले बिद्यार्थीहरुलाई प्रयोग गरी सरवस्ती पुजाको समानसँगै भारतबाट नेपालमा प्रतिबन्धित औषधी खरिद गरी नेपाल भित्रयाएका हुन् ।
विद्यालयमा आयोजना गरिएको सरवस्ती पुजा कार्यक्रमका लागि भारतको सीमावर्ती बजार सिकटाबाट बिद्यार्थीहरुलाई प्रयोग गरी शिक्षकले नै प्रतिबन्धित औषधी दालको बोरामा राखेर नेपाल ल्याएको रहस्य खुलेको छ ।
विद्यालयको केही बिद्यार्थीहरु र शिक्षकहरु पुजा को समाग्री किन मेल गर्न गएको बेला त्यस मध्येका एक जना मँकेशवर चौरिसया नामको शिक्षक नेपालमा प्रतिबन्ध रहेको औषधी किनेर दालको बोरा भित्र औषधी खरिद गरी लुकाएका थिए । उक्त बोरा विद्यार्थी हरुले साइकलमा बोकेर सीमा पार गरेका थिए।
बिद्यालयमा पुगे पछि पुजाको समाग्री मध्येको दालको बोरा शिक्षकले आफ्नो घरमा लान खोजेका थिए ।त्यस पछि बिद्यार्थी र शिक्षकहरुले बोरा कहा लाग्दै हुनुहुन्छ।हामी यो बोरा लाग्न दिँदैन भन्दै बिरोध गरेका थिए त्यस पछि उनले सो बोरा स्कुलमै छोडेका थिए । छोडे पछि बोरा खोलेर हेर्दा बोरा भित्र नेपालमा प्रतिबन्धित रहेको औषधीको शिशि भेटिएको थियो भेटे पछि विद्यालयमा हुहल्ला झडप हुने स्थिति सृजना भएको थियो भने स्थानियहरुले बताएका थिए ।
दोषी शिक्षकको कारवाही माङ गर्दै बोलेका विद्यार्थी हरुलाई सम्झाई बुझाई स्थानियहरुले गाउँमै बसेर यो समस्या समाधान गरेका छन् । स्थानिय अगुवाहरुको रोहवरोहमा सम्पन्न भएको पञ्चायतीमा स्थानिय प्रहरी चौकी बिरन्चीबार्वाका प्रहरि र सस्त्र प्रहरी बेस कैम्प कटिबलुवाको प्रतिनिधि समेत रहेको स्थानियहरुको भनाई छ ।
शिक्षक दोषी रहेको प्रमाणहरु स्पष्ट हुँदा हुदै पनि स्थानिय कट्टीबलुवाका प्रहरी चौकीका प्रहरीहरु र सस्त्र प्रहरी बेस कैम्प कटिबलुवाको प्रतिनिधिकै रोहबरोहमा घटना मिलाएको विद्यार्थी र अभिभावक हरुको आरोप रहेको छ।