• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रसुवागढी नाका पूर्ण क्षमतामा खुलाउने भन्दा पनि राजदूत यान्छी ढाकछोपकै व्यस्त

  • वीरगंज संजाल
  • ५ फाल्गुन २०७७, बुधबार ०२:०१
  • २४४१

    काठमाडौं। लामो समयदेखि चीनको रसुवागढी नाकाहुँदै नेपाल आयात तथा निर्यातमा व्यवधान खडा भइरहे पनि त्यसलाई खुलाउन पहल गर्नुभन्दा पनि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी ढाकछोपमा लागेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन्।

    चीनबाट सामान आयात तथा निर्यात गर्ने व्यावसायीको सामान चीनले लामो समयदेखि रोकेर राख्दै सिमित सामन मात्रै छोड्दै आएको छ । यो प्रक्रिया लकडाउनको बेलादेखि जारी छ । लकडाउनकै बेला केहि समय सीमा नाका बन्द गरिएका कारण आयात निर्यात ठप्प थियो। तर अत्यावश्यक सामग्री ल्याउन सीमा नाका खोलिएपछि नाकामा पनि केहि सहज भएको थियो । तर यो प्रक्रिया लामो समय चल्न पाएन। व्यवसायीहरुले ल्याएका कतिपय चाँडै सड्ने कुहिने सामान बाटैमै पनि कुडिएर फाल्नु परेको थियो। दशैंको बेलामा केहि किलोमिटरको यात्राको लागि कन्टेनरलाई लाखौं रुपैयाँ भाडा समेत लिइएको थियो। यि सबै हुँदा चुपचाप रहेको चीनले हालै आफ्नो धारणा सार्वजनिक गरेको छ।

    चिनियाँ राजदूत होउ यान्छीले नाकावन्दीको शैलीमा केहि सामान मात्र छोडेर अरुलाई रोकिन वाध्य पारेको कुरामा आपत्ती जनाइन्।उनले चीन सरकारले नेपाद आउने सामानमा कुनै अवरोध नगरेको जिकिर गरिन् । उनले नाकाबन्दी शब्दप्रति नै गम्भीर असहमति व्यक्त गर्दै यस्तो प्रचारबाजीमा केही शक्ति लागेको आरोप लगाइन् ।

    ‘केही शक्तिले समय समयमा तथाकथित चिनियाँ नाकाबन्दीको कुरालाई चर्चामा ल्याउने गरेका छन्,’ एक दैनिक पत्रिकासँगको अन्तरवार्ताका क्रममा उनले भनेकी छन्, ‘मैले यहाँ जोड दिएर भन्न चाहेको कुरा के हो भने चीनले नेपाललाई नाकाबन्दी गर्ने कुरा इतिहासमा कहिल्यै भएको थिएन, अहिले पनि छैन र भविष्यमा पनि हुनेछैन ।’

    नाकाबन्दी गरेको तथ्य गलत सावित गर्न उनले केही तथ्यांक समेत प्रस्तुत गरेकी छन् । यान्छीका अनुसार, सन् २०२० मा मात्र केरुङ र खासा नाकाबाट चीनले ३६ अर्ब नेपाली रुपैयाँ बराबर निर्यात गरेको छ । राजदूत यान्छीको यो प्रतिक्रिया त्यतिखेर आएको थियो जतिखेर व्यवसायीहरुको कुरामा थप बल पुग्न गरि रसुवाका निवर्तमान सांसद मोहन आचार्यले रसुवागढी नाका पूर्ण क्षमतामा चलाउन माग गरेर विज्ञप्ती निकालेका थिए ।

    ‘रसुवागढी नाका लामो समयदेखि पूर्ण संञ्चालनमा नआउँदा ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा पुगेका छन्,’ नेपाली कांग्रेसका नेता एवं रसुवा जिल्लाबाट तत्कालीन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केही दिनअघि सीमा नाकामा अवरोध रहेको बारेमा ध्यानाकर्षण जनाउँदै विज्ञप्ती निकालेका थिए ।

    लामो समयदेखि चीनले रसुवागढी नाकामा अवरोध गरेपछि आचार्यजस्तै गुनासो गर्ने व्यापारीको संख्या ठूलै छ । व्यापारीहरू चीनले अघोषित नाकाबन्दी नै लगाएको गुनासो गर्छन् । व्यापारीहरूका अनुसार १ वर्षदेखि नाका पूर्ण सञ्चालनमा नआउँदा चीनतर्फका १ हजार भन्दा बढी कन्टेनरका सामग्री बिग्रने अवस्थामा पुगेका छन् । यसबारे पटक पटक चिनियाँ पक्षलाई अवगत गराए पनि अघोषित नाकाबन्दी यथावत् राखिएको व्यापारीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑