• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा शहीदहरुको सम्झनामा निर्मित शहीद स्मारकको अनावरण फागुन ८ गते हुँदै

  • वीरगंज संजाल
  • ५ फाल्गुन २०७७, बुधबार ००:३३
  • २३६५

    वीरगञ्ज । जनता समाजवादी पार्टीले फागुन ८ गते एक औपचारिक कार्यक्रम विच वीरगञ्जमा निर्मित शहीद स्मारकको अनावरण गर्ने भएको छ ।

    वीरगञ्ज महानगरपालिकाको मूख्य चोक घण्टाघर नजिकै निर्मित मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुको योगदानलाई कदर गर्दै उनीहरुको सम्झनामा निर्मित शहीद स्मारकको अनावरण फागुन ८ गते शनिबारका दिन गर्ने जसपा क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुको बैठकले निर्णय गरेको हो ।

    पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको संयुक्त लगानीमा स्मारकको निर्माण गरिएको छ ।

    विक्रम सम्वत् २०७२ मा भएको तेस्रो मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका ८ जना शहीदहरुको सम्झनामा स्मारक र शालिक निर्माण गर्न ४८ लाख रुपैयाँ खर्च गरिएको छ ।

    स्मारक निर्माणका लागि सांसद् यादवले आफ्नो संसदीय विकास कोषबाट २८ लाख रुपैयाँ र नगरप्रमुख सरावगीले महानगरबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको संसदीय प्रतिनिधि घनश्याम यादवले जानकारी दिए ।

    स्मारकको सांसद् यादव र नगरप्रमुख सरावगीले संयुक्त रुपमा अनावरण गर्ने प्रतिनिधि यादवले बताए ।

    संविधान घोषणा विरुद्ध विक्रम सम्वत् २०७२ मा भएको तेस्रो मधेस जन आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सोहन साह कलवार, दिलिप चौरसिया, दिनानाथ साह गोढ, धर्मराज सिंह राजपुत, जय प्रकाश साह, सत्रुधन पटेल र आशिष रामको स्मारकमा शालिक निर्माण गरिएको छ । उनीहरुमध्ये आशिष राम भारतीय नागरिक हुन् । वीरगञ्जबाट सिमावर्ती भारतीय शहर रक्सौल जाने क्रममा उनको शंकराचार्य द्वार नजिकै प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

    बैठकले अनावरण कार्यक्रमका लागि प्रदेशसभा सदस्य जनत अन्सारीको संयोजकत्वमा ५१ सदस्यीय मुल तयारी समिति गठन गरेको छ । त्यसैगरी समाजवादी विद्यार्थी युनियनका पर्सा जिल्ला अध्यक्ष एजाजबाबु रांकीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

    बैठकलाई सम्बोधन गर्दै सांसद् यादवले वीर शहीदहरुको रगतले प्राप्त भएको आन्दोलनका उपलब्धी अहिले धरापमा परेको बताउँदै दु:ख व्यक्त गरेका थिए ।

    देशको विषम राजनितिक अवस्था देखेर शहीदहरुको सपनाले सार्थकता पाउँनेमा आशंका व्यक्त गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका यादवले शहीदका परिवार तथा आन्दोलनका घाइतेहरुको व्यवस्थापन गर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाएका थिए ।

    बैठकमा प्रदेशसभा सदस्य करिमा बेगम, जसपा पर्साका उपाध्यक्ष बासुदेव यादव, पर्सा क्षेत्र नम्बर १ भित्र पर्ने १९ वटा वडाका इकाई अध्यक्ष, क्षेत्र नम्बर १ का जिल्ला सदस्य, विगतमा निर्वाचन लडेका अगुवा कार्यकर्ता लगायतको उपस्थिती रहेको सचिब अहमदले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑