वीरगंज |धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।
ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि घुस मागेको उजुरीको आधारमा अख्तियार टोलीले उनलाई ९५ हजार घुससहित पक्राउ गरेको हो ।
कार्कीलाई घुस रकमसहित गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित निजको डेराबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।