वीरगंज । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान अन्तर्गत वडा जागरण कमिटिहरु गठन गर्ने काय सुरु गरेको छ ।
युवा जागरण अभियान अन्तर्गत शनिवार वीरगंज महानगरपालिका वडा नं. १६ नगवा स्थित नागा भवानी मठमा बसेको बैठकले १५ सदस्यीय वडा जागरण कमिटी गठन भएको छ ।
स्थानिय युवा राजेन्द्र कुमार चौरसियाको संयोजकत्वमा जागरण कमिटी गठन भएको हो । जस्को सह–संयोजकमा विशाल मेहता र अशोक बैठा, सदस्यहरुमा सुमन राउत कुर्मी, कुनाल मेहता, हृदेश गोढ, हिरालाल महतो, रंजिव चौरसिया, कुनाल गुप्ता, कृष्ण पटेल, जितेन्द्र कुशवाहा, अनिल यादव, आनन्द साह गोढ, प्रेम मेहता, सुमन कुशवाहा, उमेश कुशवाहा र ओम दुबे चयन भएका हुन् ।
स्थानिय युवा राजेन्द्र चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीले समाजमा रहेका कुरिति, बिसंगती लाई हटाउन युवाहरुको महत्वपूर्ण भुमिका हुने भएकोले यस कार्यमा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
कुलतमा लागेका, बेरोजगार युवाहरुलाई रोजगारको लागि यस संस्थाले पहल गर्ने बताउदै अध्यक्ष कुर्मीले युवाहरुमा कुनै किसिमको समस्या भए सबैले एकजुट भएर सामना गर्न आफु पनि तयार रहेको बताउनु भयो । साथै सो अवसरमा अध्यक्ष कुर्मीले नागा भवानी मठमा शौचाल्य निर्माणको लागि ३ बोरा सिमेन्ट दिने घोषणा समेत गनु भएको थियो ।
सो अवसरमा युवा जनशक्ति समाज नेपालका सचिव जायेद हुसैन, युवा जागरण अभियानका सह–संयोजक संगित पाण्डे, अभियानका सल्लाहकार बिरेन्द्र ठाकुर, अभियानका सदस्यहरु सुबास गुप्ता, नन्दलाल ठाकुर, करण पटेल, विक्रम पटेल लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गर्नु भएको थियो ।