आज:
  • होमपेज / Breaking News

    वीरगञ्जमा चन्दा आतंक, उद्योगी व्यवसायी हैरान

  • वीरगंज संजाल
  • ३० माघ २०७७, शुक्रबार २१:३६
  • ६०८९

    वीरगञ्ज । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् ।सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी व्यवसायीसँग चन्दा उठाउन थालेपछि उद्योगी व्यवसायी सकसमा परेका छन् । संघीय राजधानी काठमाडौंमा प्रतिस्पर्धात्मक शैलीमा भएका प्रदर्शनमा जिल्लाजिल्लाबाट सहभागी पुर्‍याउने नाममा चन्दा उठाइएको हो ।

    प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन भएयता राजनीतिक अन्योल बढेर गएको छ । सत्तासीन नेकपाकै प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । ओली समूह समर्थकले प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेका छन् ।मुख्य औद्योगिक प्रतिष्ठानहरू रहेको वीरगञ्ज–पथलैया कोरिडोरका उद्योग र प्रतिष्ठानका कार्यालयहरूमा सत्तासीन राजनीतिक दलका समूहले प्रतिस्पर्धात्मक रूपमा चन्दा उठाइरहेको एक उद्योगीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–माधव दुवै समूहले उद्यमी व्यवसायीसँग चन्दा मागेका छन् ।

    दुवै नेकपाका स्थानीय नेताहरूले आन्दोलनमा सहभागिता जुटाउने नाममा व्यवसायीलाई सहयोगका लागि दबाब दिएका छन् । प्रचण्ड–माधव समूह र ओली समूहले संघीय राजधानीमा गरेको प्रदर्शनमा सहभागिता जुटाउन भन्दै ती समूहका नेताहरूले चन्दा उठाएका हुन् ।

    ओली समूहको पर्सा जिल्ला समितिले पत्र काटेरै चन्दा मागेको भेटिएको छ । बलियो बहुमतको सरकार बनेपछि औद्योगिक र व्यावसायिक वातावरण बन्ने अपेक्षा पालेर बसेको निजीक्षेत्र यतिखेर अस्थिरता र चन्दाको शिकार भएको एक उद्यमीले गुनासो गरे ।

    राजनीतिक स्थायित्वको आशमा बसेको निजीक्षेत्र यतिबेला चरम अन्योलमा परेको छ । ‘एकथरी सरकारको समर्थनमा मानिस उतार्न सहयोग चाहियो भन्दै आउँछन्, अर्काथरी विरोधमा प्रदर्शन गर्नुपर्ने भयो भन्छन्,’ वीरगञ्जका एक औद्योगिक घरानाका सञ्चालकले भने, ‘सत्ता र सडक दुवैतिरको तानातानले व्यवसायी मारमा परेका छौं ।’

    राजनीतिक दलले गर्ने सडक प्रदर्शन र बन्दहडतालमा व्यवसाय गर्न नपाएर मार सहने व्यापारी नै यस्ता आन्दोलनमा आर्थिक सहयोग दिन बाध्य भएको वीरगञ्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । ‘आर्थिक गतिविधि नै अवरुद्ध हुने गरी देशलाई अस्थिरतातिर लैजाने गतिविधिलाई निजीक्षेत्रले कहिल्यै पनि स्वीकार गर्दैन । तर, त्यस्तै प्रयोजनका लागि चन्दा पनि दिनुपरेको छ,’ उनले गुनासो गरे । मुलुकमा बलियो बहुमतसहितको सरकार बनेपछि उद्योग व्यापारमैत्री वातावरणको अपेक्षा पालेर बसेको निजीक्षेत्र पछिल्ला राजनीतिक गतिविधिले निराश बन्न पुगेको संघका ती पदाधिकारीले बताए ।

    राजनीतिक दलका नेता कार्यकर्ता भने राजनीतिक गतिविधिका लागि सहयोग लिनु सामान्य भएको बताउँछन् । ‘विगतका अनेक आन्दोलन र संघर्षलाई पनि व्यापारीले सघाएकै हुन् । अहिले चन्दा मागिनुलाई अन्यथा भन्न मिल्दैन,’ नेकपा ओली समूहका एक जिल्ला नेताले भने ।

    अहिले मुख्य रूपमा सत्तासीन दलकै दुई समूहले शक्ति प्रदर्शनका लागि प्रतिस्पर्धा गरिरहेका छन् । विपक्षी दलसमेत सशक्त रूपमा सडकमा उत्रिएमा चन्दाको दबाब अझ बढ्ने आशंका व्यवसायीहरूमा छ । ‘सडकमा उत्रिनेहरू जति बढी भए खर्च उठाउने पनि त्यत्ति नै बढ्ने हुन्,’ उद्योगीको चिन्ता छ । अभियान दैनिकबाट साभा ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑