बिरगंज।पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं.२ बस्ने अन्दाजी वर्ष ६० को रमाकान्त साह तेली, अन्दाजी वर्षकी ५५ की मदन देवी तेलीन अन्दाजी वर्ष २० को मोहन साहलाई रड, फर्सा, बन्चरो, लाठी , फाटा र घरमा भएको धारिलो हतियार समेतले कुटपिट गरी ज्यान मार्ने गरी नै कुटपिट गरी घम्भिर घाईते बनाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई फरार रहेका मध्ये २ जाना पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पकहा मैनपुर गाउँपालिका वडा नं – २ मधुबनी बस्ने वर्ष २२ को गनेश साह र अन्दाजी वर्ष ३५ को संजय साह तेलीलाई ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७७।१०।२७ गते आफ्नै गाँउ टोलमा लुकीछिपी बस्दै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको थियो।
पक्राउ परेका उनलाई हिजो सम्मानित जिल्ला अदालत पर्सामा उपस्थित गराई सम्मानित अदालतको आदेशले थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहारी कार्यालय पर्सा ल्याइएको छ।उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरले बताएका हुन्।