वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ को अध्यक्षमा गणेश लाठ चयन भएका छन् ।वीरगञ्जका वरिष्ठ उद्योगी लाठ बुधबार जनकपुरधामस्थित जनकपुर उद्योग वाणिज्य संघको हलमा सम्पन्न महासंघको दोस्रो साधारणसभा र अधिवेशनमा सर्वसम्मतबाट अध्यक्ष पदमा चयन भएका हुन् ।
गणेश ट्रेडिङ्ग कन्सर्न वीरगञ्जको सञ्चालक लाठ विरुद्ध कसैले उम्मेदवारी दर्ता नगरेपछि उनि सर्व सहमतिबाट अध्यक्षमा चयन भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।
प्रदेश नम्बर २ का निवर्तमान अध्यक्ष हिरा साहको सभापतित्वमा सम्पन्न साधारणसभा र अधिवेशनमा महासंघका कार्यकारणी सदस्य सुवोध गुप्ता, गोपाल केडिया र विजय साहलगायतको सहभागिता रहेको थियो ।अध्यक्ष पदमा निर्वाचित लाठ लेखकपनि हुन् । उनका पुस्तक अनुराधा भवन र अघटित प्रकाशन भइसकेका छन् ।