• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लोक सेवाले माग्यो २१७ पदका लागि ५ सय कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

  • वीरगंज संजाल
  • २८ माघ २०७७, बुधबार १८:०३
  • ३७३३

    वीरगंज। लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि २१७ पदमा करिब ५ सय कर्मचारी मागेको छ।

    बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको हाे ।

    लोकसेवा आयोग अन्तर्गत सुर्खेत, बुटवल, पोखरा, काठमाडौं, जलेश्वर र धनकुटा कार्यालयका तर्फबाट उम्मेदवारका लागि विज्ञापन प्रकाशन गरिएको छ ।

    तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिनुपर्नेछ । आयोगकाे सूचनामा सब इञ्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुला गरिएकाे छ ।

    लिखित, प्रयोगात्मक र अन्तर्वार्ता गरी तीन किसिमबाट परीक्षा हुनेछ । सूचनाबारे विस्तृत विवरण बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

    यसैबीच आयोगकाे वेबसाइटबाट दस्तुर बुझाउन एवं आवेदन दिन सकिने व्यवस्था ल्याइएकाे छ । आयोगको अनलाइन दरखास्त प्रणालीबाट फर्म सबमिट गरेपछि payment ट्याबकाे view applied advertisement मा क्लिक गरी आफूले एप्लाइ गरेको लिस्टमा रहेको “तिर्नुहोस्” लिंकमा क्लिक गर्नुहाेस् ।

    त्यसपछि देखिने शर्त मञ्जुर गर्ने Check Box मा टिक लगाउनुहाेस् । त्यसपछि देखिने राष्ट्रिय वाणिज्य बैंक/ग्लोबल आई.एम.ई. बैंक/एन.आइ.सी. एशिया बैंक/कुमारी बैंक मध्ये आफूलाई पायक पर्ने कुनै एक बैंकमा क्लिक गर्नुपर्नेछ ।

    सो पश्चात् अनलाइन वा बैंक भौचरमध्ये आफूले भुक्तानी गर्ने कुनै एक विधि छनौट गरिसकेपछि तल दिइएका विकल्पहरुबाट दरखास्त दस्तुर बुझाउन सकिनेछ ।

    अनलाइन माध्यमबाट दरखास्त पेश गर्नुभएकाे छ भने तपाईंले प्राप्त गरेको Master ID र कारोबार संकेत नम्बर उल्लेख भएको भौचर सहित ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समयभित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) तोकिएको परीक्षा दस्तुर/दोब्बर दस्तुर अनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ ।

    अनलाइनबाट अपलाेड गर्दा उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा पीडिएफ फर्म्याटमा अपलोड गर्नुपर्नेछ ।

    सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी जेपीजी फर्म्याटमा अपलोड गर्नुपर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्ने सूचनामा उल्लेख छ ।

    दरखास्त दिने अन्तिम मिति आउँदो फागुन १८ सम्म र दोब्बर दस्तुर बुझाएर फागुन २५ गतेसम्म दरखास्त बुझाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑