वीरगंज ।आँखा तुलनात्मक रूपमा हाम्रो शरीरको सबैभन्दा संवदेनशील अंगमा पर्छ । त्यसैले आँखाको उचित हेरचाहको पनि उत्तिकै जरुरी छ । आँखाको बनावटको आधारमा प्लस र माइनस पावर आवश्यक हुन्छ । यो कुरा धेरैलाई थाहा हुँदैन । कतिपय व्यक्ति थाहा पाएर पनि हेलचेक्र्याइँ गरी बसेका हुन्छन् । यसकै कारण आँखाको दृष्टि कम हुँदै गएर ज्योति गुम्ने खतरासमेत हुन्छ । त्यसकारण समय–समयमा आँखा जाँच गराएर चिकित्सकको सल्लाहअनुसार चश्मा लगाउनुपर्छ ।आँखा पाक्ने रोगलाई ‘कन्जन्टिभाइटिस’ पनि भनिन्छ । यसलाई गुलाबी आँखा पनि भन्ने गरिन्छ । कन्जिन्टिभा आँखाको सेतो भागमाथि पातलो पत्रको रुपमा रहेर बसेको हुन्छ । आँखाको सेतो भागमा समस्या भएका बेला आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने गर्दछ ।
यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । तर, यसले दीर्घकालीन असर भने गर्दैन । समयमै उपचार गरेको खण्डमा यो रोग सजिलै निको हुन्छ । धूलो, धुवाँ, प्रदूषण औषधि तथा कस्मेटिक्सको एलर्जीले पनि आँखा चिलाउने, पाक्ने, सुन्निनेलगायत समस्या हुने गर्दछ ।
वर्षातको समयमा यो समस्या अझै बढी हुन्छ । यसको उपचार समस्या र रोगको अवस्थामा निर्भर गर्छ । विशेष गरी भाइरल प्रकोप बढी भएका बेला आँखाको उपचार अवस्था हेरी गर्नुपर्ने हुन्छ । कतिपय खराब ब्याक्टेरियाका कारणले हुने आँखाको समस्या विनाऔषधि पनि यत्तिकै निको भएर जान्छ । केहीमा एन्टिबायोटिकको प्रयोगले यस्ता समस्या छिटो निको हुन्छ । बेलाबेलामा चिसोपानीको प्रयोग तथा कालो चश्माको प्रयोगले पनि यस्ता समस्याबाट थोरै मात्रामा भए पनि राहत पाउन सकिन्छ ।प्रदूषणका कारण हुने एलर्जी र चिलाउने समस्या लिएर अस्पताल आउने बिरामीको संख्या उल्लेख्य छ । त्यसबाट बच्न सनग्लास लगाउने बानी राम्रो हुन्छ । बजारमा पाइने सबै चश्मा लगाउन योग्य भने हुँदैनन् । मोबाइल धेरै समयसम्म चलाउने, कम्प्युटरमा लगातार काम गर्ने व्यक्तिलाई समेत आँखाको समस्या हुन्छ । यसले आँखा सुक्खा बनाउँछ ।
कम्प्युटरबाट आउने नदेखिने विकिरणबाट बच्नसमेत डाक्टरको सल्लाहअनुसार चश्मा लगाउनुपर्छ ।हाम्रो आँखाको लेन्स धमिलो भएर दृष्टि अस्पष्ट हुनुलाई मोतियाविन्दु भनिन्छ । उमेर जति बढ्दै गयो त्यति नै मोतियाविन्दु हुने सम्भावना हुन्छ । उमेर बढ्दै गएपछि सबैलाई हुने रोग हो मोतियाविन्दु । दुई करोडभन्दा बढी अमेरिकीलाई मोतियाविन्दु छ । धूमपान र घामले पनि मोतियाविन्दु लाग्न सघाउँछ ।यो संक्रमण परेलाको मुन्तिर सेवासियस ग्लान्डमा हुने गर्छ । यो आँखाको बाहिर र भित्र दुवै ठाउँमा हुने गर्छ । यसलाई आनो अथवा ‘अन्धो’ पनि भनिन्छ । हेर्दा सानो, रातो गिर्खाजस्तो देखिने यो संक्रमण विशेष गरी परेलाको वरिपरि हुने गर्छ ।
यो हेर्दा पिलोजस्तो देखिए पनि पिलोभन्दा केही सानो हुन्छ ।
तर, झन् बढी पीडादायक हुन्छ । यसले हाम्रो शरीरलाई ठूलो हानि नोक्सानी गर्दैन । विशेष गरी यसमा पानी र पीपको मात्रा बढी हुन्छ । यसलाई बेस्सरी निचोरेको खण्डमा यसमा भएको कीटाणु धेरै ठाउँमा सर्ने सम्भावना रहन्छ । त्यसैले यसलाई चाँडै सर्ने रोग पनि भनिन्छ ।
यसको संक्रमण हुँदा तातो बाफले सेक्नु अथवा पुदिनाको मसाज लिनु लाभदायक मानिन्छ । कुनै–कुनै अवस्थामा यसलाई निको पार्न औषधि तथा एन्टिबायोटिक प्रयोग पनि जरुरी हुन्छ । माकुलर डिजेनेरेसनमा वंशाणुगत वा वातावरणीय कारणले रेटिनाको एउटा भाग माकुला खराब हुन्छ र दृष्टि क्षमता गुम्दै जान्छ । यसको लक्षण धमिलो देखिनु हो । घामको पराबैजनी किरण र धूमपानले यो रोग बढाउँछ । करिब २० लाख अमेरिकी यो रोगबाट ग्रस्त छन् । ६५ वर्षमाथिका ककेसियनहरूको दृष्टि गुम्ने प्रमुख कारण नै माकुलर डिजेनेरेसन मानिएको छ ।
जति उमेर बढ्दै गयो आँखाका डाक्टरकहाँ नियमित आँखा परीक्षण गराउनुपर्छ । खास गरी ४० वर्ष पुग्दा र नाघेकाले बेला–बेलामा आँखाको जाँच गराए रोगको प्रारम्भिक चरणमै जानकारी पाइन्छ र उपचार एवं रोकथाम गर्न सकिन्छ । दृष्टि धमिलो वा देख्न समस्या भए डाक्टरकहाँ जँचाउन गइहाल्नुपर्छ । यसो गरे मात्र आँखा स्वस्थ र दृष्टि क्षमता कायम राख्न सकिन्छ ।यो समस्या भएका व्यक्तिको आँखा चिलाउने, जलन हुने तथा आँखा सुख्खा हुने गर्छ । विशेष गरी आँखामा धेरै जलन भएमा आँखा धमिलो हुने सम्भावना रहन्छ । क्रमिकरुपमा परेला झिम्काइराख्नाले पनि आँखालाई आराम मिल्छ । सामान्यतया यो समस्या बाह्रै महिना देखिने भए पनि वर्षातको समयमा फोहोर हातले आँखा छुँदा यसको संक्रमण अझ बढ्छ । यसबाहेक धूलो, धुवाँ, प्रदूषणले पनि आँखाको जलनलाई बढाइरहेको हुन्छ ।
आई ड्रप्सले आँखा झिम्काउन तथा आँखाको जलन कम गर्न मद्दत मिल्छ । त्यसबाहेक आँखा दुखेका बेला टीभी, कम्प्युटर, मोबाइलको प्रयोग नगर्ने तथा धेरै बेरसम्म किताब नहेर्नु पनि उपयुक्त मानिन्छ । ‘कोर्नियल अल्सर’ आँखा रोगको सबैभन्दा जटिल समस्या हो । यो हानिकारक जीवाणु तथा फंगसका कारणले हुने गर्छ । त्यसै गरी चोटपटकका कारण पनि कोर्नियल अल्सर हुने गर्छ । कन्ट्याक्ट लेन्स प्रयोग गर्नेहरुमा यसको असर बढी देखिन सक्छ । यो आँखाको नानीमा हुने गर्छ ।यसको संक्रमणले आँखामा दीर्घकालीन असर पर्ने हुँदा विशेषज्ञसितको परामर्श जरुरी हुन्छ । कतिपय अवस्थामा यसको संक्रमणले मानिसको दृष्टि नै गुम्न सक्नेसम्मको परिस्थिति सिर्जना हुन्छ । यो अल्सरकै कारण दृष्टि गुमेको खण्डमा कोर्नियल ट्रान्सप्लान्ट एकमात्र विकल्प रहन्छ ।आँखालाई सधैँ सफा राख्ने, दिनमा २–३ पटकसम्म चिसो पानीले आँखा धुने, जहिले पनि साबुन–पानीले राम्ररी हात धुने, सरसफाइमा विशेष ध्यान दिने, फोहोर हातले कहिल्यै आँखा नछुने गरेमा समस्या न्यून हुन्छ ।
आफूले प्रयोग गर्ने रुमाल, महिलाले प्रयोग गर्ने आइलाइनर, मस्करालगायतका सामान सकभर अरुलाई प्रयोग गर्न दिनुहुँदैन । किनकि यस्ता सामानको प्रयोगले आँखाको संक्रमण चाँडोभन्दा चाँडो सर्ने गर्छ ।आँखाको जलन, आँखा रातो हुने, चिलाउने तथा आँखा पोल्ने समस्या वर्षातमा बढी देखिने गर्छ । धेरै बेरसम्म पढ्ने, कम्प्युटर हेर्ने अथवा टिभीको प्रयोगले पनि आँखाका समस्या निम्त्याउने हुँदा मानिसहरु ‘आई ड्रप’ प्रयोग बढी गर्छन् । तर यदि तपाईंमा यस्तो समस्या देखिएको छ भने कहिल्यै आफूखुशी औषधिको प्रयोग नगर्नुहोस्, बरु चिकित्सकको सल्लाह लिनुहोस् ।
सकेसम्म ‘आई ड्रप्स’ को प्रयोग कम गर्नुस् । किनभने यसमा स्टेरोइड हुन्छ र यसको हानिकारक रसायनले आँखामा झन् ठूलो समस्या पैदा गर्न सक्छ । हावा, हुरी आउँदा चश्माको प्रयोग गर्नुस् । आँखाको मेकअप र स्वीमिङबाट टाढै बसौं । बाहिरबाट आउँदा सदैव हात धुने बानी गरौं ।