• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझाएको छ : गृहमन्त्री थापा

  • वीरगंज संजाल
  • २६ माघ २०७७, सोमबार २३:५५
  • २२२५

    वीरगंज | गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताएका छन्।

    नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिवसीय गोष्ठी समापन समारोहमा उनले सीमालाई अझ बढी नियन्त्रित र नियमन गरिनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गरे। राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा जङ्गीअड्डा र सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा आयोजित उक्त गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका थिए।

    आन्तरिक छलफल र विज्ञबाट प्राप्त सुझावले सुरक्षासम्बन्धी नीति निर्माण र सीमा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव प्रस्तुत गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो।

    सो अवसरमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा सुरक्षालाई थप प्रभावकारी तुल्याउन विभिन्न विषयमा आधारित भई गरिएको कार्यक्रमले सीमा सुरक्षासँग सम्बन्धित सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेटेर सुझाव र निष्कर्ष प्रस्तुत भएको बताए।

    शान्ति, द्वन्द्व र असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्ष र सम्बद्ध विभिन्न निकायको भूमिकाका विषयमा केन्द्रित रही कार्यक्रममा बृहत्तर र गहन छलफल भएको बताइएको छ। पहिलोपटक आयोजना गरिएको उक्त गोष्ठीबाट प्राप्त निष्कर्ष सीमा व्यवस्थापनका लागि अत्यन्तै महत्वपूर्ण दस्तावेजका रुपमा रहनेछ।

    सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा र सरकारले उच्च प्राथमिकतामा राखेका विषयलाई चुस्त र थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, संशोधन, परिमार्जन एवं सुरक्षा व्यवस्थापनको व्यावहारिक पक्षलाई समेटेर समाधानका उपायका लागि सुझाव पेश गर्न आयोजित कार्यक्रम निकै फलदायी साबित भएको बताए।

    कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै मन्त्रालय र निकायका विशिष्ट श्रेणीका अधिकृत र उच्च सैनिक अधिकृत सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑