वीरगंज। म्यानमारमा सोमबार पुरै देशका कामदारहरु आन्दोलनमा उत्रिएका छन् । म्यान्मारमा भएको चुनावमा जित प्राप्त गरेकी आङ सान सूकीको रिहाई र देशमा लोकतन्त्र बहाली गर्न माग गर्दै तेश्रो दिन मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । सोमवार विरोध-प्रदर्शनमा भाग लिने हजारौं याङ्गुन र माडले शहरमा जम्म भएका थिए ।
अर्को तर्फ प्रदर्शनलाई मध्यनजर गर्दै म्यान्मारको राजधानी नेपीडवमा प्रशासनले पानिको फोहोरा फ्याक्ने गाडीलाई तैनाथ गरेको छ ।
एक दशक भन्दा धेरै समयपछि म्यानमारमा यति ठुलो संख्यामा विरोध प्रदर्शन भएको हो । केहि दिन पहिला म्यान्मारमा सेनाले सत्ता परिवर्तन गरको थियो । सेनाले ‘कू’ को प्रमुख कारण चुनावमा धाँधली भएको बताएको छ तर यसको कुनै प्रमाण नभएको आङ सान सूकीको पार्टीले जनाएको छ ।
यस संगै सेनाले म्यान्मारमा एक वर्षको लागि संकटकालको घोषणा गरेको छ भने सेनाले सत्ता कमाण्डर-इन-चीफ मिन आङ ह्लाइंगलाई सुम्पिएको छ । आङ सान सूकी र उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी ) का वरिष्ठ नेताहरु सहित राष्ट्रपति वीन मिन लाई उनको घरमा नजरबन्द गरीएको छ ।
सोमबार बिहान हजारौं मानिसले नेपीडावमा भेला भएका थिए भने अन्य शहरमा पनि मानिसहरु भव्यरुपमा सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरुमा शिक्षक, वकिल, बैंक अधिकारी र सरकारी कर्मचारी सहभागी भएका छन् ।
याङ्गुनको करीब एक हजार शिक्षकहरुको एक समूहले प्यागोडा तर्फ मार्च गरेका थिए । विरोध-प्रदर्शनमा सहभागी हुनको लागि मानिसहरुले काममा नजानको लागि सामाजिक संजालबाट अपिल गरिरहेका छन् ।
नेपीडावमा प्रहरीले प्रदर्शनकारीहरु माथि पानीको फोहोरा प्रयोग गरेका थिए भने केहि मानिस घाइते पनि भएका छन् । इन्टरनेटमा जारी गरेको एक भिडियोमा मानिसहरु अश्रु ग्यासको कारण भागिरहेका छन् र आफ्नो आँखा मिच्दै थिए ।
जसमा एक-अर्कालाई सहयोग गरिरहेको देखिन्छन् तर हिंसाको भने कुनै खबर बाहिर आएको छैन । अन्य भिडियोहरुमा ठुलो संख्यामा मानिसहरु हातमा पम्पलेट लिएर नारा लगाईरहेको देखिएका थिए ।
पछिल्लो हप्ता सेनाले सत्ताको नियन्त्रण आफ्नो हातमा लिएको थियो । विपक्ष-सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप लगाएको छ ।
सेनाले विपक्षको पुन निर्वाचनको मागको समर्थन गरेको थियो त्यस्तै चुनाव आयोगले यस दावीलाई प्रमाणित गर्ने कुनै प्रमाण नभएको बताएको छ । म्यान्मारमा बिजयी सरकारको संसदको नयाँ सत्र शुरु हुने समयमा सेनाले सत्ता परिवर्तन गरेको थियो ।
सेनाले महत्वपूर्ण मन्त्रालयमा मन्त्रीहरुलाई हटाएको छ । सेनाले अर्थ, स्वास्थ्य, गृह र विदेश सहित सबै महत्वपूर्ण मन्त्रालयमा मन्त्रीहरुलाई हटाएर आफ्नो मानिसलाई नियुक्त गरेको छ ।
साथै फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्तो सामाजिक संजाल प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर शनिबार र आइतबार देशव्यापी रुपमा भएको विरोध प्रदर्शनलाई रोक्न सेना असफल भएको छ ।
म्यान्मारमा सन् २००७ मा भएको स्याफ्रन रिभोलुशन पछि भएको यो पहिलो व्यापक विरोध प्रदर्शन हो । त्यस समयमा हजारौं वौद्द भिक्षु सैनिक शासनको विरुद्दमा सडकमा उत्रिएका थिए ।