• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चोरी गर्न गएका थिए, भाग्नेक्रममा करेन्ट लागेर ज्यान गयो

  • वीरगंज संजाल
  • २६ माघ २०७७, सोमबार १८:१८
  • ३०१३

    रौतहट | रौतहटमा गत बिहीबार पौने ७ बजे वृन्दावन गाउँपालिका-९ भुसहास्थित गहुँ खेतमा एक पुरूष मृत भेटिए। खबर पाएपछि प्रहरीको टोलीले राति घटनास्थललाई सुरक्षित राखेको थियो।

    शुक्रबार तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटियो। मृतकको पेटको बायाँ कोखदेखि दायाँ छातीको मुनिसम्म कालो डाम देखिएको थियो।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठका अनुसार उनको शरीरमा करेन्टले पोलाइ डढेकोजस्तो देखिएको थियो।

    प्रहरीले मृतक रौतहट गजुरा नगरपालिका-७ प्रतापपुर पल्टुवा बस्ने २४ वर्षीय रितु महरा भएको पत्ता लगायो।

    डिएसपी श्रेष्ठका अनुसार मृतक रितु महरा बुधबार राति ११ बजे चोरी गर्न वृन्दावन नगरपालिका-९ भुसहा पुगेका थिए। सो स्थानका ५५ वर्षीय महम्मद आलमको घरमा रितु चोरी गर्न पुगे।

    महम्मद आलमले आफ्नो घरमा चोर पसेको थाहा पाएपछि उनले होहल्ला गरेका थिए। त्यो सुनेर रितु घरबाट भागे।

    भाग्नेक्रममा रितुको मफलर उनकै घरमा छुट्यो। महम्मदले सो मफलर फेला पारी आफैंले राखे।

    त्यस्तै, महम्मदले रितुलाई लखेट्दै गर्दा लमाहाको नदी तरेर उनी फरार भए।

    घर फर्किएर महम्मदले गाउँलेलाई सो मफलर देखाउँदा चोरी गर्न आउने व्यक्ति रितु महरा भएको पत्ता लगाए।

    महम्मदले महराकै घरमा गएर पनि उनकी श्रीमती धुवपतिया देवी रामलाई सोध्दा सो मफलर उनैको भएको पुष्टि समेत गराएको डिएसपी श्रेष्ठले बताए।

    चोरी गर्न गई असफल भएका रितु महराको भाग्नेक्रममा करेन्ट लागेर मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको उनले बताए।

    भुसहा बस्ने ६६ वर्षीय मसकुर आलमले जंगली जनावरबाट आफ्नो खेती बचाउन खेत वरिपरि आल्मुनियमको तारमा करेन्ट प्रवाह गरिराखेका थिए।

    भाग्नेक्रममा सोही तारमा अल्झिएर करेन्टले लाग्दा महराले ज्यान गुमाएको प्रहरीले जनाएको छ।

    घटना लुकाउन खोज्दा पक्राउ परे मसकुर आलम

    आलमले बुधबार राति ९ बजे सधैंझैं खेतमा करेन्ट जोडेर घर फर्किएका थिए। भोलिपल्ट दिउँसो ४ बजे खेत जाँदा आफ्नो खेतमा महरालाई मृत फेला पारेका थिए।

    लडेको देखेपछि करेन्ट स्विच अफ गरी आलमले आफ्ना भतिज ३८ वर्षीय शेख सजाउँललाई बोलाएर शव घटनास्थल भन्दा एक सय मिटर टाढा लगेर राखेका थिए।

    ‘त्यसपछि उनीहरू दुबै जना मिलेर आफ्नो खेतमा लगाएको तारबारहरू हटाउन थालेका थिए,’डिएसपी श्रेष्ठले भने।

    त्यसक्रममा महम्मद आलमका ३० वर्षीय छोरा शेख माझीले पनि घटनाबारे थाहा पाएपछि सहयोग गरेका थिए।

    उनीहरू मिलेर तारबार हटाइ लुकाएको भन्ने आलमले पनि प्रहरीसमक्ष स्वीकारिसकेका छन्। उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

    उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको अनुमति पनि पाएको छ।

    त्यस्तै, प्रहरीका अनुसार मृतक रितु महरा पहिले पनि आपराधिक क्रियाकलापमा पक्राउ परिसकेका व्यक्ति थिए।

    उनी २०७४ साल वैशाख १ गते मोबाइल चोरीको मुद्दामा, २०७५ असार १ गते सार्वजनिक अपराधको मुद्दा, फागुन १६ गते चोरी डाँका मुद्दामा र २०७७ साउन ११ गते अभद्र व्यवहारको मुद्दामा पक्राउ परेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑