• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महेन्द्र र ज्ञानेन्द्रकै शैलीमा मधेसमा शक्ति जुटाउन खोज्दै ओली

  • वीरगंज संजाल
  • २६ माघ २०७७, सोमबार ०८:२४
  • ३६४५

    वीरगन्ज । ‘२०१७ सालमा जननिर्वाचित सरकार भंग गरेका महेन्द्रले मधेसमै शक्ति आर्जन गर्न खोजे। शक्ति हातमा लिएपछि ज्ञानेन्द्रले पनि मधेसमै आफ्नो शक्ति देखाउन खोजे। अहिले ओली आफू कमजोर रहेको मधेसमा महेन्द्र र ज्ञानेन्द्रले जस्तै शक्ति जुटाउने कोसिस गरेका छन्।’
    प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली मधेसमा आफ्नो शक्ति बढाउने प्रयासमा लागेका छन्।

    ओलीले प्रचण्ड–नेपाल समूहका मात्र होइन, जनता समाजवादी पार्टीका कार्यकर्तालाई समेत आफ्नो पार्टीमा तान्ने प्रयास गरिरहेका छन्। ओलीले लामो समयदेखि सकेसम्म अन्य पार्टी फुटाउने प्रयास गर्दै आएका छन्।

    खासगरी ओलीले दुई कारणले मधेसमा शक्तिविस्तारको प्रयास गरेको मधेस मामिला विज्ञ चन्द्रकिशोर बताउँछन्।

    ‘ओलीको दिमागमा दुई वटा कुरा छ– एउटा कोर मधेसमा उहाँको उपस्थिति भएन, त्यही भएर उहाँ जुनसुकै पार्टीबाट भएपनि व्यक्ति तान्ने प्रयासमा हुनुहुन्छ। त्यसका लागि उहाँले राज्य स्रोतको प्रयोग गर्नुभएकै छ,’ उनले भने, ‘दोस्रो भोलि शक्ति प्रदर्शन गर्ने र चुनाव हुँदा बढी मत आउने ठाउँ पनि मधेस नै हो।’

    तर, ओलीले देखाएको यो मधेसमोह ज्ञानेन्द्रपथ भएको उनको तर्क छ।

    ‘नेपालको राजनीतिमा शक्ति प्रदर्शनको थलो मधेस देखिने गरेको छ। २०१७ सालमा जननिर्वाचित सरकार भंग गरेका महेन्द्रले मधेसमै शक्ति आर्जन गर्न खोजे। शक्ति हातमा लिएपछि ज्ञानेन्द्रले पनि मधेसमै आफ्नो शक्ति देखाउन खोजे, सम्मान खाए, यहाँका मठमन्दिर चाहर्दै हिँडे,’ चन्द्रकिशोरले नेपालखबरसँग भने, ‘अहिले ओली त्यही बाटोमा छन्। खासमा उनले आफू कमजोर रहेको मधेसमा महेन्द्र र ज्ञानेन्द्रले जस्तै शक्ति जुटाउने कोसिस गरेका छन्।’

    उनका अनुसार ज्ञानेन्द्रले २०६२ मा गराएको स्थानीय तह (नगर) निर्वाचनमा समेत मधेसकै जिल्लामा बढी मत खसेको थियो।

    पछिल्लो समय पहाडबाट तराई बसाइँ सर्ने संख्या बढेसँगै नेपालको कूल जनसंख्याको आधाभन्दा बढी तराई/मधेसकै जिल्लामा छ। जसले निर्वाचन हुँदा समग्र परिणाममा ठूलो महत्व राख्छ। त्यसैले मधेसमा रहेको जनसंख्यालाई ओलीले उपयोग गर्न खोजिरहेको प्राध्यापक सुरेन्द्र लाभ बताउँछन्।

    ‘त्यहाँका असन्तुष्ट पक्षलाई आफूतिर तानेर होस् वा त्यहाँका जनतालाई आश्वासन दिएर किन नहोस्, सत्ताधारीले तराईमै भूमिका बढाइरहेका छन्,’ प्राध्यापक लाभले भने, ‘राजनीति तरल भएको मौकामा तराईमा उपस्थिति बढाइरहेका छन्।’

    तर, दुई चार जना मानिसलाई प्रवेश गराउँदैमा र भीड देखाउँदैमा सत्ताधारी दल मधेसमा लोकप्रिय बन्न नसक्ने चन्द्रकिशोरको ठम्याइ छ।

    मधेसी समुदायको समर्थन कुनै एक पार्टीप्रति स्थिर देखिँदैन। राजा ज्ञानेन्द्रले गराएको निर्वाचनमा बढी सहभागिता देखाएका मधेसवासीले संघीयता र गणतन्त्रका लागि भएका आन्दोलनमा पनि उत्तिकै सक्रियता देखाए। उनीहरुले आफ्नो अधिकारका लागि मधेस आन्दोलन गरे।

    किन भएन आन्दोलन?
    संसद् विघटनविरुद्ध काठमाडौं र पोखरामा नागरिक आन्दोलन चलिरहेको छ। तराईमा अहिलेसम्म यस्तो दृश्य देखिएको छैन।

    मधेसी समुदायमा आन्दोलन कि चुनाव भन्ने विषयमा विभाजित धारणा रहेको प्राध्यापक सुरेन्द्र लाभ बताउँछन्।

    ‘राजनीतिक पार्टी जस्तै अहिले मधेसी समुदाय पनि आन्दोलन कि चुनाव भन्ने मिश्रित धारणाले विभाजित जस्तो देखिएको छ,’ प्राध्यापक लाभले थपे, ‘मधेसले प्रतिगमन विरुद्धको आन्दोलनका लागि स्वतन्त्र नागरिक आवाज बुलन्द पार्न स्पष्ट रोडम्याप खोजेको देखिन्छ।’

    जे भए पनि मधेस संघीयता र गणतन्त्रविरुद्ध उभिने अवस्थामा नरहेको चन्द्रकिशोरले विश्लेषण गरे।

    ‘मधेस आजपनि लोकतन्त्र र गणतन्त्रको पक्षमा छ र भोलि पनि डेमोक्रेसी तलमाथि प¥यो भन्ने लाग्यो भने ठूलो आन्दोलन लिएर मधेस नै अगाडि आउँछ,’ उनले भने, ‘जसरी २०६२/०६३ मा जनआन्दोलन हुँदा स्वतःस्फूर्त मानिसहरु आएका थिए।’

    ओली मात्र होइन, प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, कांग्रेस र जसपाको ध्यान पनि अहिले तराईमा केन्द्रित भएको छ। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले ओली कदमविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन गर्न लागेको बताए।

    ‘हामी वैकल्पिक शक्ति निर्माण गर्न अघि बढिरहेका छौँ,’ महतोले नेपालखबरसँग भने, ‘त्यसका लागि मधेस मुक्ति आन्दोलनको तयारीमा छ। मधेसी, थारु, आदिवासी जनजाति, मुस्लिम, दलित सबै मिलेर अब औपनिवेशिक चिन्तन, नश्लवादी सोच र तानाशाही प्रवृत्तिका विरुद्ध लड्छौँ।’

    जसपालाई फुटाउने प्रयासमा ओली लागेपनि त्यो सफल नहुने महतो दाबी गर्छन्।

    ‘ओलीको विरुद्धमा जसपा खडा भएपछि यसलाई फुटाउने र कमजोर बनाउने प्रयत्न भएकै छ। ओलीले आफ्नो तर्फका मानिस रोक्न त्यस्तो गरेका हुन्, तर त्यो सफल हुँदैन,’ उनी भन्छन्, ‘लोकतन्त्रमा पार्टी फेरबदल मानिसले गर्छ। म दमक जाँदा प्रधानमन्त्रीको क्षेत्रबाट थुप्रै मानिस हाम्रो पार्टीमा प्रवेश गरे, हाम्रो केही उहाँकोमा जान्छन्। मिसनसँग नजोडिएका मानिस स्वार्थका लागि सरकारी पार्टीमा जान्छन्। उनीहरु जाँदैमा मिसन रोकिँदैन।’

    मधेसमा नेकपाका मुख्य नेताहरू प्रचण्ड–नेपाल पक्षमा उभिएका देखिन्छन्। त्यसैले ओलीलाई यहाँ नेताकै पनि अभाव छ। तैपनि मधेसमा प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा किन आन्दोलन भइरहेको छैन त?

    मधेसमा कस्तो समीकरण बन्छ भन्नेबारे अझै अन्यौल रहेको प्राध्यापक लाभको भनाइ छ।

    ‘परिस्थिति अझै स्पष्ट भएको छैन, तराईले यो पटक काठमाडौंको माहौल कुरेको जस्तो देखिन्छ। अथवा, मनोवैज्ञानिक रुपमा प्रष्ट भएर ठोस खाकाको पर्खाइमा छ,’ उनी भन्छन्, ‘उठ्न त प्रतिगमनविरुद्धको आन्दोलन ढिलोचाँडो उठ्छ, मधेस चुप बस्दैन।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑