• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चीनमा एक डाक्टरको कुरा नसुन्दा सारा संसारले कसरी कोरोना कहर भोग्‍नुपर्‍यो?

  • वीरगंज संजाल
  • २५ माघ २०७७, आईतवार १५:०८
  • ४४४१

    चीइना। यो दुनियाँलाई सर्वप्रथम कोरोना भाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सक डा. ली वेनलियाङको मृत्यु भएको वर्ष दिन भएको छ। यी डाक्टरको संसारमा एक हिरोको जस्तै चर्चा भयो। हुन त यिनको मृत्यु कोरोना भाइरसकै कारण भयो।

     

    चिनियाँ सरकारी मिडियामा यिनको स्वास्थ्यका बारेमा विरोधाभासपूर्ण खबर आइरह्यो। तर, वुहान अस्पताल जहाँ डा. वेनलियाङ काम गर्थे त्यहीँ उनको उपचार पनि भयो। त्यस अस्पतालले गत महिनामात्रै यिनको मृत्यु भइसकेको पुष्टि गर्‍यो।

     

    ३४ वर्षीय यी डाक्टरले डिसेम्बर २०१९ को अन्तिमतिर आफ्ना सहकर्मीहरूलाई कोरोना फैलिरहेको विषयमा सूचना दिएका थिए। सूचना दिएको तीन दिनपछि प्रहरीहरू उनको घर पुगे र यस्ता कुरा बन्द गर्न भने।

     

    त्यसको केही दिनपछि डा. वेनलियाङ काममा फर्किए। उनी एकजना विरामीबाट संक्रमित भएको मानिन्छ। कोरोना भाइरससँग संघर्ष गर्दै उनी तीन सातासम्म एक अस्पतालमा बसे, त्यसपछि उनको मृत्यु भयो।

     

    डा. वेनलियाङले गत वर्ष जनवरीमा अस्पतालको बेडबाट चिनियाँ सोसल मिडिया साइट विवोमा आफ्नो कथा पोस्ट गरेका थिए। उनले त्यहाँ लेखेका थिए, ‘‘सबैमा नमस्कार, म डा. वेनलियाङ, एक अप्थोलमोलोजिस्ट हुँ र वुहान सेन्ट्रल हस्पिटलमा काम गर्छु।’’

     

    डा. वेनलियाङले गत वर्ष जनवरीमा अस्पतालको बेडबाट चिनियाँ सोसल मिडिया साइट विवोमा आफ्नो कथा पोस्ट गरेका थिए। उनले त्यहाँ लेखेका थिए, ‘‘सबैमा नमस्कार, म डा. वेनलियाङ, एक अप्थोलमोलोजिस्ट हुँ र वुहान सेन्ट्रल हस्पिटलमा काम गर्छु।’’

     

    गत वर्ष चिनियाँ सोसल मिडिया साइट विवोमा डा. वेनलियाङले गरेकाे पोस्ट। 

    उनले बताएको कथाबाट के थाहा हुन्छ भने, वुहानका सरकारी निकायले कोरोना भाइरस संक्रमण फैलन थालेको सुरुआती दिनमा गैरजिम्मेवार ढंगमा काम गरेका थिए। डिसेम्बरमा डा. वेनलियाङ त्यस्तो ठाउँमा काम गरिरहेका थिए, जहाँबाट संक्रमणको घटना फैलन थाल्यो। त्यो कोरोनाको केन्द्रमा थियो। डिसेम्बर महिनामा उनले भाइरस संक्रमणको सातवटा घटना देखे, जुन उनलाई सार्सजस्तो लागेको थियो।

     

    सार्स त्यो भाइरस हो, जसले २००३ मा विश्व महामारीको रूप लिएको थियो र संसारलाई त्रस्त पारेको थियो। कोरोना फैलन थालेको विषयमा वुहानको हुआनन सि फुड मार्केट जोडिएको थियो र डा. वेनलियाङ काम गर्ने अस्पतालमा संक्रमितहरू क्‍वारेन्टिनमा थिए।

     

    डिसेसम्बर ३० मा उनले एक च्याट ग्रुपमा आफ्ना साथी डाक्टरहरूलाई एउटा सन्देश पठाए। त्यसमा उनले संक्रमण फैलने चेतावनी दिँदै त्यसबाट बच्‍नका निम्ति प्रोटेक्टिभ क्लोदिङ लगाउने सल्लाह दिए।

     

    त्यो बेला उनलाई थाहा थिएन, नयाँ रोग सामुन्‍नेमा आएको छ। त्यो कोरोना भाइरस हो, जसले संसारलाई दुःख दिनेछ भन्‍ने पनि थाहा थिएन।

     

    चार दिनपछि उनलाई पब्लिक सेक्युरिटी ब्युरोमा बोलाइयो र एक पत्रमा हस्ताक्षर गर्न भनियो। पत्रका उनलाई ‘गलत सूचना’ दिएको आरोप लगाइएको थियो र त्यसले सामाजिक सुरक्षा नराम्ररी भंग भएको पनि उल्लेख थियो। लेखिएको थियो- ‘हामी तपाईंलाई चेतावनी दिन्छौं कि, यदि तपाईं यसरी नै जिद्दी गरिरहनु हुन्छ र गैरकानुनी गतिविधि जारी राख्नुहुन्छ भने कानुनी कारबाही चलाइने छ। बुझ्नुभयो नि?’

     

    त्यसको मुन्तिर डा. वेनलियाङको हस्ताक्षरमा लेखिएको थियो- ‘हो, मैले बुझेको छु।’ डा. वेनलियाङ ती आठ जनामध्येका एक थिए, जसमाथि प्रहरीले ‘अफवाह फैलाएको’ भन्दै जाँच गरिरहेको थियो।

     

    जनवरी महिनाको आरम्भवमा वुहानका अधिकारीहरूले जो मानिस जनावरसँग सम्पर्कमा छन् तिनलाई मात्र भाइरस लाग्‍ने बताएका थिए। अधिकारीहरूले मानिसबाट मानिसमा संक्रमण नहुने दाबी गरेका थिए।

     

    डा. वेनलियाङले विवो पोस्टमा जनवरी १० मा उनलाई खोकी लाग्‍न थालेको उल्लेख गरेका थिए। त्यसपछि उनलाई ज्वरो आयो र दुई दिनपछि त अस्पताल भर्ना हुनुपर्‍यो। उनका बाबुआमा पनि विरामी भए र अस्पताल लगियो। त्यसको १० दिनपछि अर्थात् जनवरी २० मा त चीनले कोरोना संक्रमणका कारण ‘आपत्काल’ घोषणा गरिहाल्यो। र, त्यसको दुई महिनापछि विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दियो।

     

    यही वाक्यबाट थाहा हुन्छ, त्यो बुझाइ कति गलत थियो। सोही कारण डाक्टरहरूलाई संक्रमणबाट जोगिन कुनै निर्देशन दिइएन।

     

    प्रहरीसँगको कुराकानीको एक सातामै डा. वेनलियाङ ग्लुकोमा भएकी एक महिलाको उपचार गरिरहेका थिए। उनलाई थाहा थिएन, ती महिला कोरोनाको सिकार भइसकेकी थिइन् भन्‍ने।

     

    डा. वेनलियाङले विवो पोस्टमा जनवरी १० मा उनलाई खोकी लाग्‍न थालेको उल्लेख गरेका थिए। त्यसपछि उनलाई ज्वरो आयो र दुई दिनपछि त अस्पताल भर्ना हुनुपर्‍यो। उनका बाबुआमा पनि विरामी भए र अस्पताल लगियो।

     

    त्यसको १० दिनपछि अर्थात् जनवरी २० मा त चीनले कोरोना संक्रमणका कारण ‘आपत्काल’ घोषणा गरिहाल्यो। र, त्यसको दुई महिनापछि विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दियो।

     

    भाइरसको कयौं पटक जाँच गर्दा पनि डा. वेनलियाङको रिपाेर्ट नेगेटिभ आएको थियो। जनवरी ३० मा उनले पुनः अर्को पोस्ट गरे। जसमा न्युक्लेइक एसिड परीक्षण पोजिटिभ आएको उल्लेख गरेका थिए। उक्त पोस्टसँगै उनले एक कुकुरको इमोजीमा आँखा बन्द भएको र जिब्रो बाहिर निस्केको राखेका थिए। उक्त पोस्टमा हजारौं कमेन्ट आएको थियो। मानिसहरूले डा. वेनलियाङ देशलाई आवश्यक चिकित्सक भएको बताएका थिए।

     

    दुर्भाग्य, फेब्रुअरी ७, २०२० का दिन डा. वेनलियाङको मृत्यु भयो। सोसल साइटहरूमा उनको मृत्युको सूचना देख्दासाथ मानिसहरू दुःखी हुनुका साथै आक्रोशित पनि भएका थिए।

     

    चीन सरकारले हजारौं मानिसको कमेन्टमा सेन्सरसमेत गर्‍यो। तर, पछि डा. वेनलियाङको मृत्युमा दुःखी हुनु जरुरी रहेको उसले बुझ्यो। एक वर्षपछि डा. वेनलियाङको मूल पोस्टमा १० लाखभन्दा बढी कमेन्ट आयो। मानिसहरू उनका बारेमा जानकारी लिन उत्सुक भए र सोसल मिडिया अकाउन्ट खोज्‍न थाले।

     

    डा. वेनलियाङ एक बच्चाका पिता थिए र अर्को बच्चा हुनेवाला थियो। उनीसँग मानिसहरू मौसम, खानपान र जिन्दगीलगायत अनेक जानकारी लिन चाहन्थे।

     

    डा. वेनलियाङको मृत्युको एक वर्षपछि चीनले जसरी कोरोना भाइरस नियन्त्रणमा सफलता पाएको छ, त्यसैगरी ती डाक्टरको अकाउन्टमा आशावादी कमेन्ट पनि आउन थालेको छ। वुहानमा जिन्दगी सामान्य हुँदै गएको देखिएको छ। तर, कोरोना भाइरसले संसारलाई परिवर्तन पनि गर्दै लगेको छ।

     

    (बीबीसी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑