• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘प्रधानमन्त्रीलाई विघटनको अधिकार छ, आफ्नो अधिकार प्रयोग गर्दा दुराशय देखिँदैन’

  • वीरगंज संजाल
  • २५ माघ २०७७, आईतवार १४:२३
  • ३७२५

    वीरगन्ज । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा आइतबार पनि सुनुवाइ जारी रहेको हो ।

    आइतबार सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता दशरथ पंगेनी, अधिवक्ता श्यामकुमार भट्टराई र उद्धव प्रसाद पुडासैनीले बहस सकेका छन् ।
    बहसका क्रममा उपन्यायाधिवक्ता पंगेनीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै संसद् मरिसकेको भन्दै प्रमलाई विघटनको अधिकार पनि भएको जिकिर गरे । उनले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्दा दुराशय नदेखिने पनि जिकिर गरे ।

    यस्तै अधिवक्ता पुडासैनीले संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था रहेको भन्दै नेतृत्वको हस्तान्तरण नहुँदासम्म अर्को प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहेको जिकिर गरे । सो क्रममा न्यायाधीश सिन्हाले ‘नेपालको जस्तै प्रकृतिको अवस्था अरु देशमा छ कि छैन’ भनि प्रश्न गरेका थिए । जबाफमा पुडासैनीले ‘छैन’ भनि जबाफ दिएका थिए ।
    यसअघि प्रधानन्यायाधीश राणाले पनि अधिवक्ता संजीवराज रेग्मीलाई यही प्रश्न सोधेका थिए । उनले पनि अरु देशमा यस्तो नरहेको बताएका थिए ।

    बहसका क्रममा पुडासैनीले २०४७ सालको संविधान कार्यान्वयको सन्दर्भमा पटक संसद विघटन भएको स्मरण गराउँदै अरु देशमा चाहिँ यसरी विघटन नभएको बताएका थिए ।
    उनको जिकिर अनुसार ‘अविश्वास’ को प्रस्ताव आउने, सरकार ढल्ने र विघटन गर्ने जस्ता व्यवस्था हाम्रो संविधानमा छ ।’ संसदीय दलको नेताबाट नहटाइएको अवस्थामा सोही दलबाट अर्को प्रधानमनत्रीको कल्पना नभएको भन्दै सोही कुरा दलको विधानमा पनि रहेको उनको भनाइ थियो ।

    पुडासैनीले यस्तो बताएपछि प्रधानन्यायाधीश राणाले धारा ७६ (७) को पनि ब्याख्या गर्नुपर्ने छ र ? भनि प्रश्न गरेका थिए । ‘राज्य कहिल्यैपनि प्रधानमन्त्रीबिहीन हुँदैन, नयाँ नआउँदासम्म पुरानै पीएम हुन्छ । पीएमले विघटन गर्छ, त्यत्ति होइन ?’ राणाले पुडासैनीलाई बहसका क्रममा सोधे । पुडासैनीले यसमा सहमति जनाउँदै प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको पुनः जिकिर गरे ।

    चुनावको माहोलबारे चासो
    इजलासमा प्रधानन्यायाधीश राणाले चुनावको वातावरण भए–नभएकोबारे पनि प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा उनले इजलासमा यसबारे प्रश्न गरेका हुन् ।
    अधिवक्ता श्यामकुमार भट्टराईले राजनीतिक शक्तिको असफलता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने निर्णय गरेको बताए ।

    उनले मुद्दाको फैसला कसैले अनुमान गरेको भन्दा फरक हुनुपर्ने बताए । बौद्धिक रुपमा आदर गर्न सकिने, सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने र व्यवहारिक खालको फैसला हुनुपर्ने उनको भनाइ थियो । उनले प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न भएको जिकिर गर्दै सबै कुरा जनताले फैसला गर्ने भनेपछि प्रधानन्यायाधीश राणाले चुनावको वातावरण भए नभएकोबारे प्रश्न गरेका थिए ।

    राणाले प्रतिनिधिसभा विघटनविरुद्ध सडक प्रदर्शन भइरहेको प्रति संकेत गर्दै अहिले ‘चुनावको सम्भावना छ ?’ भन्ने प्रश्न गरे । राणाले प्रश्न गरे, ‘ फ्लोरमा वातावरण हुनुपर्यो नि होइन ? अहिले जुन वातावरण छ, त्यो (चुनाव) सम्भावना छ ?’

    जबाफमा भट्टराईले जनताले फैसला गर्ने हो कि श्रीमान भन्दै चुनावको पक्षमा माहोल रहेको तर्क गरेका थिए । आजको बहसमा सरकारी वकिलहरुलाई १५ मिनेटको मात्रै समय दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑