• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घरेलु हिंसाकाे शिकार भएकी महिलालाई प्रहरीले दियाे थप पीडा

  • वीरगंज संजाल
  • २५ माघ २०७७, आईतवार १३:१०
  • ३१२९

    जनकपुरधाम । भनिन्छ पति पत्नि सुख दु:खको साथी हुन्छ तर विवाहको तीन वर्ष नबित्दै एक महिला विस्थापित भएकी छन्। सासु–ससुराको हिंसा सहँदै आएकी महोत्तरीकाे बलवा नगरपालिका वडा नं. ६ बनौटाकी २५ वर्षीया अनिता देवी साह पति महिला लिएर भागेपछि दुई वर्षीय छोरासहित न्यायको लागि भौतारिँदै छिन् ।

    सर्लाहीको चक्रघटना गाउँपालिकाकाे पररिया निवासी विष्णुदेव साहले २०७४ साल फागुन २५ गतेका दिन छोरी अनिताको झण्डै २५ लाख रुपैयाँ खर्च गरेर विवाह गरेका थिए । उनले दाइजोमा नगद साढे १२ लाख रुपैयाँ दिएका थिए भने ५ लाख बराबरको गरगहना, ३ लाख २० हजारको मोटरसाइकलसहित भोजभतेर गरेर २५ लाख खर्च गरि महोत्तरीका मनिष साहसँग छोरीको विवाह गरेका थिए ।

    शान्त स्वभाव रहेकी अनिताले बुवा–आमाले बिहेको लागि केटा चयन गरेपछि उनीहरुकै चयनको आधारमा विवाह गरेकी थिइन् ।

    ‘म कक्षा १० पास गरेर ११ मा पुगेकी थिएँ’, अनिताले भनिन् ‘नातामा दाइ पर्ने मेरो गाउँमा आउँदा उनीसँगै उनका साथी आएका थिए । उनले मलाई मन पराएको कुरा भनेपछि विवाहकाे कुरा अगाडि बढ्याे।’

    बुवा आमाको निर्णयको विपरीत नजाने अनिताले परिवारकै निर्णय अनुसार बिहे पनि गरिन् । विवाहको केहि दिनसम्म सबैकुरा ठिकठाक बित्यो तर केहि दिन पछि सासु, ससुरा र नन्दले विभिन्न बहानामा पीडा दिन थालेको अनिता बताउँछिन् ।

    अनिता भन्छिन्, ‘सुरुमा थप दाइजो मागेर ल्याउन भनी यातना दिँदै आएका थिए अहिले पति पनि तिमी भन्दा सुन्दर केटीसँग दोश्रो विवाह गरिसकेको छु । तिमी यहाँबाट गईहाल भन्दै कुटपिट गर्छन् ।’

    अनिताका सासु र ससुराले केही दिन पहिला मात्र मुखमा कपडा कोँचेर शरीरको विभिन्न भागमा निलडाम हुने गरि कुटेकाे अनिताले बताइन् ।

    उनले भनिन्, ‘लकडाउन सुरु हुँदाकाे समय सासु र ससुराले खुट्टामा काँटी घोपेका थिए । काँटी घोपेपछि घरबाट छिमेकमा जाँदा कसैले सहयोग गरेनन् एकजनाले सहयोग गरे पनि ससुरामा थाहा पाए र मलाई त्यहाँबाट कुट्दै लगे।’

    अत्याचार सहन नसकेपछि आफू प्रहरीमा गएकाे तर प्रहरीले जनता समाजवादी पार्टीका प्रदेश सांसदद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा घटना मिलापत्र गरेकाे उनले बताइन्।

    आगामी दिनमा यातना नदिने सहमति भएपछि अनिता घर गइन्। तर उनीमाथि ज्यादती राेकिएन। अब उनले घर छाड्ने निर्णय लिइन्।

    पछिल्लोपटक तातो छोल्लीले कुटेपछि प्रहरीमा जाँदा पुनः मिलापत्र गराएको र नयाँ ठाउँमा बस्न भनेपछि दुई वर्षीय छोरा र पतिसहित जनकपुरधाम बस्न आएको अनिताले बताइन्।

    ‘जनकपुरधाम आउँदा हामी ६ दिन सम्म सँगै बस्याैँ । उहाँ बिहान गएर राति मात्रै आउनुहुन्थ्याे । तर साताैँ दिन त उहाँ आफ्नाे सामान लगेर हामीलाई अलपत्र पारेर हिँड्नुभाे’, उनले भनिन्।

    केही दिन भोकै बसेकी अनिताको बारेमा उनको घरबेटीले बुवालाई फोन गरेर भनेपछि मात्र बुवा विष्णुदेव साहले थाहा पाए।

    सासु, ससुरा र श्रीमानबाट नै पीडित भएकी अनिता अहिले पनि आफ्नो घरमै बस्न चाहन्छिन् । उनले श्रीमान अन्य महिलासँग भागेको भन्दै भनिन्, ‘म उहाँ भागेको महिलासँग पनि बस्न तयार छु। तर याे अवस्थामा म उहाँलाई छाडेर कहाँ जान्छु बच्चा लिएर ?’

    अहिले अनिता ओरेक नेपालको सेफ हाउसमा बसेकी छन् । यता अनिताका बुवा विष्णुदेव साहले मनिषले अनितालाई जनकपुरधामको भ्रमरपुरा चौक नजिक एक डेरामा राखेर सम्पूर्ण गरगहना र मोबाइल समेत लिएर फरार भएको बताउँछन् ।

    छोरी अनितालाई लिएर पुनः बनौटा र जिल्ला प्रहरी कार्यालयमा पुग्दा प्रहरीले पनि चासो नलिएको साहले बताए । उनले मनिषको आफन्त प्रदेश सांसद रहेकोले प्रहरी पनि सहयोग नगरेको आरोप लगाए ।

    यता इलाका प्रहरी कार्यालय बनौटाका प्रमुख प्रहरी सहायक निरीक्षक (सई) रविन्द्र सिंहले आफूहरुले पटक पटक सहमति गराउने प्रयास गरे पनि सहमती नभएको बताए । उनले साउन महिनामा एसपीकै उपस्थितिमा अबदेखि यातना नदिने भनी लिखित सहमति भए पनि त्यो सहमति कार्यान्वयन हुन नसकेको बताए ।

    उनले पारिवारिक विवाद सहमतिबाटै निकास खोजौँ भनी सासु ससुराबाट टाढा बसेपछि विवाद अन्त्य हाेला भनेर श्रीमान श्रीमती दुवैलाई जनकपुरधाम गएर बस्न पठाएको बताए ।

    ‘तर केही दिन पछि नै त्यहाँबाट केटा फरार भयो’, उनले भने ।

    घटनापछि अनिताका बुवाले प्रहरीमा दिएकाे उजुरीका आधारमा फरार रहेका मनिषकाे खोजी भइरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑