• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मास्क लगाउनेको संख्या घट्दै, विज्ञ भन्छन् : कोरोनाको जोखिम टरेको छैन

  • वीरगंज संजाल
  • २३ माघ २०७७, शुक्रबार ०९:२५
  • ४२२९

    वीरगंज  | कोरोना भाइरसको सङ्क्रमणसँगै बढेको मास्कको प्रयोग एकाएक घटेको छ । पहिले मास्क नलगाएको मानिस बिरलै देखिने सहर/बजारहरुमा अहिले भने मास्क लगाएका मानिस थोरै मात्र देखिन थालेका छन् । पसलमा पनि पहिलेजस्तो मास्कको कारोबार हुँदैन । मास्क उद्योगको उत्पादन पनि घटेको छ ।

    काठमाण्डौको गोकर्णेश्वर नगरपालिका, सुन्दरीजलमा रमन कायस्थको सर्जिकल मास्क उद्योग सञ्चालनमा छ । उहाँको उद्योगले दैनिक दैनिक १५ देखि २० हजार थान मास्क उत्पादन गर्छ । उद्योग सञ्चालनमा आएको २ वर्ष भयो ।  उहाँको सामान्य खालको मेसिन छ । कायस्थको उद्योगमा उत्पादन हुने मास्कको बजार मूल्य ५ देखि १० रुपैयाँ पर्छ ।

    बढ्दो प्रदूषणका कारण मानिसहरुले मास्क लगाउने र व्यापार फस्टाउने आशाले उहाँले मास्क उद्योग सञ्चालन गर्नुभएको हो  । व्यापार ठिकै हुँदै थियो । कोरोनाका कारण धेरैजसो व्यापार, व्यवसाय ठप्प भएको बेला पनि उहाँको व्यापार फस्टायो ।

    मास्कको उत्पादनमा उहाँले भविष्य राम्रै देख्न थालिसक्नुभएको थियो । तर पछिल्लो समय मास्कको प्रयोगमा कमी आउन थालेकोले उहाँलाई चिन्ताले पिरोल्न थालेको छ । कोरोनाको खोप भित्रिएसँगै मुखबाट मास्क बाहिरिन थालेको छ । मास्कको व्यापारमा कमी हुनुका अरु थुप्रै कारण औंल्याउनुहुन्छ  कायस्थ ।

    उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय चीनलगायतका देशबाट मास्क भित्रने क्रम बढ्दो छ । विदेशी मास्कको आयातलाई रोक्न नसके स्वदेशी उद्योग धरासायी बन्न सक्छ ।’ सरकारले प्रोत्साहन गर्न नसक्दा स्वदेशी उद्योगको उत्पादन लागत बढी पर्दा महँगो हुन जाने उहाँको भनाइ छ । मास्कका लागि आवश्यक कच्चा पदार्थ आयातमा छुट दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

    त्यसो भए आयातितभन्दा स्वदेशी मास्क सस्तो पर्ने उहाँले बताउनुभयो । चीनबाट आयातित मास्क १५ प्रतिशतमा भन्सारबाट छुट्छ । कच्चा पदार्थमा भने ३५ प्रतिशत भन्सार महसुल लाग्छ । चीनले एकैदिन करोडौं मास्क उत्पादन गरेर विश्व बजारमा पुर्याउछ । चीनलगायतका देशबाट मास्क आयात हुँदा स्वदेशी मास्कको व्यापारमा कमी आएको हो ।  अहिले मास्कको व्यापारमा ६० देखि ७० प्रतिशतले कमी आएको उहाँ बताउनुहुन्छ ।

    विदेशी मास्कको बढ्दो प्रयोगले स्वदेशी मास्क उद्योगहरु धराशायी हुने खतरा बढेको छ । उहाँ भन्नुहुन्छ ‘हिजोआज मानिसहरुले पनि कोरोना सङ्क्रमितको संख्या कम भएसँगै  मास्कको कम मात्रै प्रयोग गर्न थालेका छन् ।’ अनि स्वदेशी सामान जति नै राम्रो भए पनि विदेशी नै राम्रो हो भन्ने मानसिकताका कारण पनि मास्कको व्यापार घटेको हुन सक्ने उहाँको बुझाइ छ  ।

    हामी अझै पनि महामारीको जोखिममा नै छौँ । नयाँ  दोस्रो वेब आउन सक्ने चेतावनी विज्ञहरुले पनि दिँदै आएका छन् । ‘यस्तो अवस्थामा पनि मानिसहरुले मास्कको प्रयोग गर्न छोड्नु त अचम्मै भयो नि होइन र ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।

    ‘मास्क लगाउन नबिर्सौं, बानी पारौं’

    मास्कको प्रयोग कम हुँदै गएकोमा विज्ञहरु पनि चिन्तित छन् । नेपाल स्वास्थ्य परिषद्का कार्यकारी प्रमुख प्रदीप ज्ञवाली  आफूले पनि पछिल्लो समयमा मास्क नलगाइ हिँड्ने मान्छे भेट्ने गरेको बताउनुहुन्छ । अझै पनि हामी महामारीको जोखिममा भएको कुरा बिर्सिएकामा उहाँ दुःख पोख्नुहुन्छ ।

    काठमाण्डौ उपत्यका बाहिरका मानिसले एकदमै कम मात्र मास्क लगाउने गरेका छन् । उपत्यका भित्रैकाले पनि मास्कको प्रयोग कम गर्न थालेका छन् । सरकार, विज्ञ र मिडियाले पटक–पटक मास्क लगाउन भनिरहेका छन् ।

    मास्कको प्रयोगले कोरोनाबाट जोगिन मात्र  नभएर अरु विभिन्न रोगबाट बच्न सकिन्छ भनेर मास्कको महत्त्व मानिसहरुले बुझ्न नसकेकोमा उहाँलाई दिक्क लाग्छ ।  कोरोनाको खोप लगाएपछि पनि मास्क लगाउनुपर्छ ।

    कोरोनाको समयमा मात्रै होइन जतिखेर पनि मास्कको प्रयोग गर्न उहाँको सुझाव छ ।

    ‘मास्क लगाउन बानी पारौँ’ 

    मास्क लगाउने बानी आफैँ पार्नुपर्छ । बानी पार्नका लागि मास्कको महत्त्व बुझ्नुपर्छ । बोल्न गाह्रो भयो, सास फेर्न गाह्रो भयो भनेर मास्क लगाउन छोड्नु हुँदैन ।  गाह्रो भए पनि लगाउने गरेमा बिस्तारै बानी पर्दै जान्छ।  नेपालमा कोरोनाविरुद्धको खोप भित्रिएसँगै मानिसको मुखबाट मास्क बाहिरिन थालेकाले मास्कको प्रयोगमा बानी पार्दै लैजान र यसको प्रयोग गर्न नछोड्न उहाँको सुझाव छ ।

    दैनिक जीवनका लागि भाइरसबाट बच्न मास्क र स्यानिटाइजर निकै आवश्यक भएको बताउँदै उहाँले हात धुने बानीले झाडापखालादेखि टाइफाइड, कमलपित्तजस्ता सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्ने बताउनुभयो ।

    सरुवा रोगसँगै धुवाँ धुलोबाट बच्न समेत मास्क लगाउन विज्ञहरुले सुझाव दिंदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑