• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चियानास्ता पसल खोलेको भन्दै खन्याइयो तातो तेल : आमा-छोरी घाइते

  • वीरगंज संजाल
  • २२ माघ २०७७, बिहीबार १५:४२
  • ३५०९

    विराटनगर | नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा प्रदेश १ को राजधानी विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याइएको छ। दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर दुई महिला घाइते भएका छन्। घाइतेहरु एउटै परिवारका आमाछोरी हुन्। हड्तालका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्।

    उमालेर सिङ्गडा (समोसा) पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका छन्। पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो।

    उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन्। विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए। कुटपिटबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

    पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वमा लाट्ठीसहित आन्दोलनकारीको समूह पसलमा पुगेर घटना गराएको प्रत्यक्षदर्शीले बताए। यस सम्बन्धी घटनाको भिडियो पनि सुरक्षित छ। त्यो समूहले पसलमासमेत तोडफोड गरिदिएको छ।

    ‘हामीलाई पनि खाजा खान पसल चाहिने भएकाले चियानास्ता बेच्ने ठाउँ बन्द गर्न हुँदैन भन्दै सुरुमा एउटा समूह आएर गयो’, प्रमोदले भने, ‘त्यसको केही बेर पछि हुलहुज्जत र होहल्ला गर्दै लाट्ठीसहित आएको आक्रोसित समूहले उम्लिइरहेको तातो तेल श्रीमती र छोरीको शरीरबाट खन्याइदिएर पसलमा तोडफोड गर्दै मलाई पनि आक्रमण गर्‍यो।’

    तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन्। पसलमा बनिसकेका खानेकुरा फ्यालिदिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँक्ने र कुच्याउने काम गरिदिएको एक प्रत्यक्षदर्शीले बताए। त्यस्तै नास्ता बनाउन तयारी अवस्थामा राखिका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ।

    भीड थप अराजक बन्दै गएपछि सहनी परिवारका सदस्यले पनि डाडु र पन्यूले तोडफोड र आक्रमणमा उत्रिएकालाई प्रहार गरेका थिए। घटनामा संलग्नलाई कारबाहीको माग गर्दै पसल सञ्चालक सहनी प्रहरी कार्यालयमा पुगेका छन्। ‘कोही कसैलाई पनि असर नपुर्याइकन चिया बेचेर बसेको म माथि आन्दोलनका नाममा किन यति ठूलो अत्याचार गरिएको हो ?’, प्रमोदले प्रश्न गर्दै भने, ‘घटनामा संलग्नलाई जसरी भए पनि कारबाही हुनु पर्छ।’ सर्वसाधारणले निर्वाध रुपमा आफ्नो काम पनि गरेर खान पाउने अवस्था नबन्नु दुःखद् भएको उनको गुनासो छ।

    सर्वसाधारणमाथि तातो तेल खन्याएर उण्डदता प्रस्तुत गरेको भीडको नेतृत्व गरेका पूर्व मन्त्री मण्डलले भने यस विषयमा आफूले केही नबोल्ने बताए। तर भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउने काम गर्दै आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास भने गरेका थिए। उनको प्रयास सफल भने हुन सकेन। आफूहरुको शान्तिपूर्ण आन्दोलनमा कुनै तत्वले घुसपैठ गरेको हुनसक्ने मण्डलको आशय थियो।

    घटनाका विषयमा चाल पाएको प्रहरीले त्यसमा संलग्नलाई कारबाही अघि बढाउनका लागि घटनास्थल परपर रहेका सिसी टिभीको फुटेज अध्ययन गर्न थालेको छ। घटनाका सम्बन्धमा केही सर्वसाधारणले खिचिको भिडियोमार्फत पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    News

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑