• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टुंगिएन नामकरण र राजधानी

  • वीरगंज संजाल
  • २२ माघ २०७७, बिहीबार १५:४०
  • २८०५

    जनकपुरधाम | प्रदेश २ मा माघ २१ गते प्रदेशसभा गठनको तेस्रो वार्षिकोत्सव मनाउने तयारी भइरहेको छ। तर, तीन वर्षको अवधि पार गर्न गइरहेको प्रदेशसभाबाट न प्रदेशको नामकरण हुन सक्यो न त राजधानीकै टुंगो लाग्न सकेको छ।

    हालसम्म प्रदेशसभाबाट ४२ वटा विधेयक पारित भएर कानुन बनिसकेका छन् भने ११ वटा विधेयक पाइपलाइनमा रहेका प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताए। तर, सबैभन्दा महŒवपूर्ण प्रदेशको नाम र राजधानी दलहरूको आ–आफ्नै अडानका कारण टुंगिन सकेको छैन।

    नाम र राजधानीको विषयमा टुंगो लगाउन प्रदेश २ सरकारले सुरुवातमा डा. हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोगसमेत गठन गर्‍यो। आयोगले प्रदेश २ का आठै जिल्लामा कार्यक्रम गरी जनस्तरबाट सुझाव संकलन गरेर सरकारलाई २०७३ वैशाख १९ गते प्रतिवेदन बुझाएको थियो।

    प्रतिवेदनअनुसार प्रदेशको नाम मधेस प्रदेश राख्न ७० प्रतिशत जनताले सुझाव दिएका र स्थायी राजधानी जनकपुरलाई नै कायम गर्न ८० प्रतिशत जनताबाट समर्थन आएको उल्लेख छ। दलहरूको आ–आफ्नै अडानका कारण नाम र राजधानीका विषयमा सदनमा गत चैत ५ गते मतदान हुँदा पनि सबै प्रस्ताव अस्वीकृत भए। प्रदेशसभाबाट दुई तिहाइ बहुमतका आधारमा नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ। १०७ सदस्य रहेको प्रदेशसभामा नामकरण र राजधानी प्रस्ताव टुंग्याउन ७२ मत चाहिन्छ।

    पछिल्लो पटक भएको मतदानमा सत्तापक्ष मधेसवादी दलहरूबाट ‘मधेस प्रदेश’ नाम प्रस्तावित गरिएको थियो भने कांग्रेस सांसद राजेश्वरप्रसाद साहको ‘मध्य मधेस प्रदेश’, नेपाली कांग्रेसको ‘मिथिला भोजपुरा प्रदेश’ र नेकपाको ‘जानकी प्रदेश’ बहुमतले अस्वीकृत भयो।

    मधेसवादी दलले प्रदेशको नाम ‘मधेस प्रदेश’ राखिए मात्रै राजधानी जनकपुर दिने अडान राखेपछि कुरा मिल्न सकेन। ‘प्रदेश सरकार एकपल्ट फेरि पनि नाम र राजधानीको टुंगो लगाउन प्रयासरत छ’, सत्तापक्षका सांसद रामआशिष यादवले भने, ‘नेकपासँग कुरो नमिले पनि नेपाली कांगे्रसलाई सहमतिमा ल्याउने हाम्रो प्रयास हुनेछ।’ सांसद यादवले यो संसद् सुरु हुनेबित्तिकै सर्वप्रथम नाम र राजधानीकै विषयले सदनमा प्राथमिकता पाउने बताए।

    प्रदेशसभाको हाल चौथो अधिवेशन अन्त्य भएको छ भने पाँचौं अधिवेशन प्रदेश सरकारले आह्वान नगरेको हुनाले बैठक बस्न सकेको छैन। सरकारले वैशाख ३ भित्रै अधिवेशन आह्वान गर्नुपर्ने सचिव यादवले जानकारी गराएका छन्।यता यस वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै वार्षिकोत्सव सामान्य रूपमा मनाउन लागिएको सभामुख सरोजकुमार यादवले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑