वीरगञ्ज । प्रचण्ड-माधव समूहको नेकपाले घोषणा गरेको नेपाल बन्दलाई सफल गराउन निस्केका कार्यकर्ताहरु वीरगञ्जबाट पक्राउ परेका छन् ।
वीरगञ्जमा बन्दलाई अवज्ञा गर्दै आफ्नो पसल र व्यवसाय सञ्चालन गरेर बसेकाहरुसँग जबर्जस्ति गर्न खोजेपछि प्रहरीले उनीहरुलाई घण्टाघरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रचण्ड-माधव समूहका अरविन्द सिंह, रहबर अन्सारी, प्रभाकर गुप्तालगायत रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।