वीरगञ्ज । मेडिकल जर्नल ल्यासेन्टले मंगलवार आफ्नो रिपोर्टमा रुसको कोरोना भ्याक्सिन स्पूटनिक भी तेश्रो चरणको ट्रायलमा ९१.६ प्रतिशत सफल भएको बताएको छ । फेज तीनको नतिजाको रिपोर्टमा यो बताइएको हो ।
यो ट्रायलमा १९ हजार ८६६ भ्यालेन्टियर सामेल थिए ।
यसमा १४ हजार ९६४ लाई भ्याक्सिन र ४ हजार ९०२ लाई प्लासबो दिइएको थियो ।
दुवै डोज २१ दिनको फरकमा दिइएको थियो ।