संघीय संसद प्रदीप यादवले शिलान्यास गरेका हुन्। सो अवसरमा उनले पहिलो चरणमा २८ जना अतिविपन्न दलितको पक्की घर बन्ने बताए । शहरी विकास तथा भवन कार्यालय वीरगंजका प्रमुख राजेन्द्र प्रसादले प्रदेश सरकारको दलित बस्तीमा जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माण गर्न लागेको र सोही क्रममा शिलान्यास भएको बताए ।
प्रदेश सरकारल जनता आवास कार्यक्रम अन्तर्गत प्रतिघरका लागि तीन लाख पचास हजारको दरले बजेट छुट्याएको छ। गपहिलो चरणमा २८जनाको घर निर्माण गर्ने लक्ष्य लिएको प्रदेश सभा सदस्य जनत अन्सारीले जानकारी गराउनु भयो ।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जनत अंसारी, पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तब्रेज अहमद लगायतको उपस्थिति रहेको थियो।