• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र

  • वीरगंज संजाल
  • १९ माघ २०७७, सोमबार १०:१८
  • ४८४१

    जनकपुर । गत असोज २ गते जनकपुरमा नयाँ रेल आइपुगेको विषयले देशमा एकखालको चर्चा बटुल्यो । नेपाली मिडियामा रेलका तस्बिर छापिए, कयौं स्थानीयवासीले रेलका सामु सेल्फी लिए । साढे चार महिनाअघि जनकपुर हुँदै कुर्थासम्म पुगेको रेलको ‘ग्राउन्ड जिरो’ रिपोर्टका लागि रातोपाटीकर्मी सीमावर्ती क्षेत्र इनर्वासम्म पुग्दा ती दुवै रेललाई पहेँलो रङको त्रिपाल ओढाएर राखेको पाइयो । भारतको जयनगरबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुर हुँदै कुर्थासम्म सञ्चालनका लागि ल्याइएका दुईवटा रेल साढे चार महिनादेखि त्रिपालभित्र सीमित भएका हुन् । ती रेलको घुम्टो कहिले खुल्ने हो र कहिलेदेखि नियमित सेवामा सञ्चालन हुने हो भन्नेबारे कसैले प्रस्ट जानकारी दिन सकेको छैन ।

    बहुप्रतीक्षित रेल सञ्चालन सुरु गर्ने विभिन्न मिति अड्कलवाजी भइरहेको छ । तर रेल सञ्चालन हुनका लागि देखिनुपर्ने सकारात्मक संकेत अझै देखा परेको छैन |नेपाल–भारत सीमा क्षेत्र इनर्वास्थित रेल्वे स्टेशनमा दुईवटै रेललाई एकअर्कासँग जोडेर साढे चार महिनादेखि त्रिपालले छोपेर राखिएको छ– मानौं, ती रेल पुराना भएर थन्क्याएका हुन् । विल्कुलै नयाँ रेल भएकाले यतिबेला पूर्ण क्षमताका साथ सेवा दिनुपर्ने अवस्थामा पनि सरकारी लापरवाहीका कारण ती रेल थन्किएर बसेका हुन् ।

    सो रेलको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोलीले पहरा दिइरहे पनि ठाउँठाउँमा रेलको लिक कस्नका लागि प्रयोग भएको ‘नटबोल्ट’ समेत चोरी हुन थालेको छ ।सुनसान रहेको रेल्वे स्टेशनमा सशस्त्र, भारतीय ठेकेदार पक्षका कर्मचारी र केही स्थानीयवासीको सामान्य चहलपहल देखिन्छ । नेपाल रेल्वे विभागले माघमा रेल चलाउने भन्दै आए पनि इनर्वामा खासै कुनै किसिमको तयारी वा सुरसार देखिँदैन ।

    भारतबाट गत असोज २ गते नेपाल भित्र्याइएका ती रेललाई संघीय सरकारले जनकपुरसम्म ल्याएर प्रचारवाजी गराए पनि यो साढे चारमहिनाको अवधिमा ती रेल सञ्चालनका लागि पटक्कै पहल नगरेको स्थानीयवासीको गुनासो छ । लामो समय एकै स्थानमा यसरी रेल थन्क्याएर राख्दा मुसाले तार तथा सिट काट्ने जोखिम बढ्ने रेलको रेखदेखमा खटिएका भारतीय पक्षका कर्मचारीले बताए । ‘रेललाई त्रिपाल ओढाएर राखिएको छ,’ एक कर्मचारीले भने, ‘सधैँभरी त्रिपाल हटाउने र ओढाउने गर्न सम्भव छैन ।’

    रेल राख्नका लागि इनर्वाको तुलनामा जनकपुर सुविधासम्पन्न र सुरक्षित स्थान भए पनि भारतले नेपाललाई हस्तान्तरण गरि नसकेका कारण भारतीय पक्षले ती रेललाई आफ्नै स्वामित्वमा राख्न सहज हुने स्थान सीमावर्ती क्षेत्र इनर्वामा लगेर थन्क्याएको हो ।सो रेलको सुरक्षाका लागि इनर्वामा अस्थायी बेस क्याम्प खडा गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । त्यसका लागि ३० जना सशस्त्र प्रहरी तैनाथ छन् ।

    सशस्त्र प्रहरी नायव निरीक्षक दिपेन्द्र खड्काले रेल सुरक्षासहित सीमा क्षेत्रको सुरक्षा दिनु पनि आफूहरुको जिम्मेवारी रहेको बताए । उनले सो क्षेत्रमा सीमा सुरक्षाका लागिसमेत निरन्तर खटिन स्थायी पोष्ट निर्माणको तयारी भइरहेको र त्यसका लागि जग्गासमेत खोजी भइरहेको बताए ।सरकारी अधिकारीहरुले रेल यही माघ मसान्तभित्र सञ्चालनमा ल्याईछाड्ने दावी गरेका छन् । तर इनर्वामा त्यसको कुनै संकेत र प्रभाव देखिँदैन ।

    भारतीय रेल विभागका ठेकेदार कर्मचारीहरुले दिनहुँजसो रेलको हेरचाह गरिरहेका हुन्छन् । ठेकेदार कम्पनीका कर्मचारी प्रणव कुमारका अनुसार रेल सञ्चालनपूर्व भारतले ती रेललाई नेपाल सरकारसमक्ष हस्तान्तरण गर्नुपर्ने हुन्छ । नेपाललाई रेल हस्तान्तरण नगरुन्जेलसम्म आफूहरुले रेखदेख गरिरहनुपर्ने उनको भनाइ छ ।नेपाल सरकारले कहिले रेल सञ्चालन गर्छ भन्नेबारे आफूहरुलाई कुनैै जानकारी नभएको उनले बताए । उनले भने, ‘हामीले सुरुदेखि रेलको सम्पूर्ण जिम्मेवारी लिएर बसेका छौँ, नेपाल सरकारलाई भारत सरकारले रेल हस्तान्तरण गरेपछि हाम्रो दायित्व पूरा हुनेछ ।’

    नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित इनर्वाको चौरमा रहेको रेल्वे स्टेशनमा महिनौँदेखि पहेँलो त्रिपालले छोपेर राखिएको रेल हेर्न यदाकदा नेपाल रेल विभागका कर्मचारीहरु पुग्ने गरेको बताइन्छ । ‘नेपाल रेलवेका कर्मचारीहरु कहिलेकाहीँ आउनुहुन्छ, एकछिन बसेर फर्कनुहुन्छ,’ रेल नजिकै रहेका भारतीय ठेकेदारका एक कर्मचारीले भने ।

    यसअघि नेपाल रेलवे कम्पनीले माघ मसान्तसम्ममा रेल सेवा सञ्चालनमा ल्याउने जनाएको थियो । तर लामो समय बितिसक्दा समेत न त कर्मचारी भर्ना गरिएको छ, न नियमावली नै ल्याउन सकेको छ ।रेल चलाउनका लागि पूर्वाधार, ट्रेन सेट, कर्मचारी, स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर र कानुन समेतको आवश्यक हुने जानकारहरु बताउँछन् । तर रेल र स्टेशनबाहेक केही नभएकाले रेल सञ्चालनमा समस्या भएको हो ।

    भारतको सहयोगमा जयनगर–जनकपुर–कुर्था (करिब ३५ किमी) रेलमार्गको पूर्वाधार तयार छ । ब्रोडगेज रेल्वे ट्रयाक गत वर्ष नै तयार पारेर विभिन्न पटक परीक्षणको कामसमेत भइसकेको छ । गत साउन महिनामा आएको बाढीले क्षति पुगेका केही स्थानमा समेत मर्मतसम्भारको काम सम्पन्न भइसकेको छ ।नेपालले जनकपुर–जयनगरका लागि दुई रेल सेट सहित खरिद गर्न भारतको कोंकर्ण रेल्वे कर्पोरेसनलाई करिब १ अर्ब रूपैयाँ खर्चेको छ । नेपालको माग अनुसार कर्पोरेसनले करिब १० महिना पहिले नै रेल सेट तयार पारिदिएको हो ।

    इनर्वामा थन्क्याइएका दुवै रेल बुझ्नका लागि भारतीय पक्षले निरन्तर दबाब दिँदै आए पनि आवश्यक तयारीको अभावमा नेपालले ती रेल बुझ्न ढिलाइ गर्दै आएको स्रोत बताउँछ ।टिकट, जनशक्ति व्यवस्थापन, समय तालिका आदिका लागि रेल चलाउन चाहिने स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर पनि नेपालको अनुरोधमा भारतीय रेल्वेले तयार पारिदिएको भारतीय पक्षका एक कर्मचारीले जानकारी दिए ।सुरुमा अस्थायी नियुक्ति गरी कर्मचारी व्यवस्था गरेर रेल चलाउने कम्पनीको योजना थियो । सोही अनुसार नेपाल रेल्वे विभागले आफु अनुकुल विज्ञापनसमेत निकालेको थियो ।

    विज्ञापनअनुसार करिब ३५ हजारले आवेदन दिएका थिए तर, सरकारी कम्पनीमा अस्थायी नियुक्तिबाट भर्ना गर्दा पछि व्यवस्थापनमा समस्या उत्पन्न हुने भएपछि सो भर्ना प्रक्रिया नै अन्योलमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑