वीरगञ्ज । नेपालमा शाही कू भएकाे आज १५ वर्ष पूरा भएकाेे छ । २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले तत्कालिन शाही नेपाली सेनाकाे आडमा देशकाे शासनसत्ता हातमा लिएका थिए ।
राजनीतिक दललाई प्रतिबन्ध गर्दै त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेपछी नेपालमा लाेकतन्त्र पुनर्स्थापनाकाे लागि आन्दाेलन चर्किएकाे थियाे । साेही आन्दाेलनकाे विकसित रुपले नेपालमा लाेकतन्त्रमात्र पुनर्स्थापना गरेन नेपालकाे राजनीतिक परिवर्तन हालकाे अवस्थामापनि पुर्यायाे । नेपालमा संघीय लाेकतान्त्रिक गणतान्त्रिक नेपालकाे खाकापनि काेर्याे ।
साेही आन्दाेलनले दुई सय ४० वर्षकाे राजतन्त्रकाे अन्त्य गर्याे । नेपाली जनताले जननिर्वाचित प्रतिनिधिबाट लेखिएकाे संविधान पाए । यद्यपी यी परिवर्तन संस्थागत हुन नसक्दाभने नेपाली जनतामा नैराश्ता छाएकाे छ ।