• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    म्यानमारमा ‘सैन्य कू’, एक वर्षका लागि संकटकाल घोषणा, आङ सान सूकीसहितका नेता गिरफ्तार

  • वीरगंज संजाल
  • १९ माघ २०७७, सोमबार ०९:५०
  • ३९५३

    एजेन्सी । म्यानमारमा सेनाले नेतृ आङ सान सूकीलाई पक्राउ गरिएको छ ।सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ ।म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो । शासन हातमा लिएको सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो ।

    गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । बिहानै स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको जनाएको हो ।
    गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जितेको थियो भने सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो । आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि धाँधली भएको बताउँदै आएको सेनाले अन्ततः सत्रा नै कब्जा गरेको हो ।

    यसअघि म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो ।गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेसँगै सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।निर्वाचित सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबार बोलाइएकै बेला सूकीलाई पक्राउ गरिएको हो ।सन् २०११ सम्म सक्रिय सैनिक शासन रहेको म्यानमारमा पछि सूकीले आंशिक प्रजातन्त्र स्वीकार्दै निर्वाचनमा भाग लिनुभएको थियो । नेतृ सूकीलाई सेनाले वर्षौसम्म नजरबन्दमा राखेकामा विश्वभरबाट उहाँको संघर्षको पक्षमा आवाज उठेको थियो ।

    तर आफ्नो पार्टी सत्तामा आएछि सैन्य नेतृत्वसँग मिलेर रोहिन्ग्या मुस्लिमहरुमाथि ज्यादती मच्चाएको भन्दै सूकीको विश्वभरबाट आलोचना भएको थियो ।सूकी पक्राउसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । अरु प्रजातन्त्रवादी नेतालाई पक्राउ गर्नुका साथै राजधानीसहितका मुख्य शहरमा सैनिक तैनाथी बढाइएको छ ।

    सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट, अरु नेता, विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि पक्राउ गरिएको छ ।नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सूकीको पार्टी एनएलडीले ८३ प्रतिशत सिट जितेको थियो । सन् २०११ मा नागरिक प्रशासन लागू भएको भनिए पछिको यो दोस्रो चुनावलाई सुकीको परीक्षणका रुपमा पनि हेरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑