• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संसद् विघटनविरुद्ध जसपाले गर्‍यो तेश्रो चरणको आन्दोलन घोषणा

  • वीरगंज संजाल
  • १८ माघ २०७७, आईतवार ०३:०२
  • २८०५

    बिरगंज । संसद् विघटनविरुद्ध आन्दोलनमा उत्रेको जनता समाजवादी पार्टीले अन्ततः तेश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । यसअघि तेश्रो चरणको आन्दोलनको घोषणा सर्वोच्चको फैसला पछि गर्ने कि फैसला अघि नै गर्ने भन्नेमा जसपाका शिर्ष नेताहरु विभाजित थिए । एक थरी नेताहरु सर्वोच्चको फैसला पर्खेर आन्दोलन घोषणा गर्नुपर्ने पक्षमा थिए भने केही नेताहरुले अहिले नै तेश्रो चरणको आन्दोलन घोषणा गर्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव फैसला अघि नै तेश्रो चरणको आन्दोलन गर्नुपर्ने अडानमा थिए । फैसला अघि तेश्रो चरणको आन्दोलनलाई सशक्त बनाएमा संसद पुनर्स्थापनाको पक्षमा जनदबाब सिर्जना हुने उनको भनाइ थियो ।

    शुक्रबार जनकपुर जानुअघि जसपाका ५ जना शिर्ष नेताहरु डा बाबुराम भट्टराइ, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो एक ठाउँमा बसेर तेश्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेका थिए । पार्टीका नेता शरतसिंह भण्डारीका अनुसार तेश्रो चरणको आन्दोलनको कार्यक्रममा माघ २३ गते जिल्ला, माघ २५ गते प्रदेश तथा निर्वाचन क्षेत्र, माघ २७ गते पालिका तथा माघ २९ गते वडा तहमा संसद् विघटनविरुद्ध जसपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन तथा विरोध सभा गर्ने भएका छन् । माघ २३, माघ २५, माघ २७ र २९मा जसपाले पार्टी समायोजनको कार्यक्रम पनि राखेको छ ।

    जस अनुसार माघ २३ गते जिल्ला, माघ २५मा प्रदेश तथा निर्वाचन क्षेत्र, माघ २७ गते पालिका तथा माघ २९ गते वडा तहमा तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीवीच समायोजन घोषणा गर्ने कार्यक्रम पार्टीका नेताहरले तय गरेका छन्। समायोजन पछि संयुक्त रुपमा विरोध प्रदर्शन तथा विरोध सभाको कार्यक्रम तय गरिएको छ । सम्बन्धित समितिको आयोजनमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको पार्टीका नेताहरूले जनाएका छन्।

    संसद् विघटनको विरुद्धमा जसपाले यसअघि दुइ चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । पहिलो चरणको आन्दोलन पुस ८ गते देखि पुस १४गतेसम्म गरेको थियो भने दोश्रो चरणको आन्दोलन पुस १७ देखि माघ ७गतेसम्म गरिएको थियो । पहिलो र दोश्रो चरणको आन्दोलनको क्रममा जसपाका नेताहरुले काठमाडौं लगायत देशभर विरोध प्रदर्शन तथा विरोध सभा गरेका थिए । पहिलो र दोश्रो चरणको आन्दोलनलाई जसपाका नेता राजकिशोर यादव र उनी पक्षधर नेता तथा कार्यकर्ताहरुले बहिस्कार गरेका थिए । मर्यादाक्रम नमिलेको भन्दै राजकिशोर अहिले सार्वजनि कार्यक्रममा जान छाडेका छ्रन् । अहिले उनले पार्टीका असन्तुष्ट पक्षहरुसँग छलफल अघि बढाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑