आज:
  • होमपेज / Breaking News

    जब निर्जिव लाशहरु कला बन्दछन

  • वीरगंज संजाल
  • १८ माघ २०७७, आईतवार १२:१५
  • ३११३

    बिरगंज ।मृत्यु दु: खद कुरा हो र मान्छे मरेपछी मरेको शरीरलाई धार्मीक र सांस्कृतीक रुपमा अन्येष्टीगर्ने चलन मानव सभ्यतासँगै रहिआएको छ । मान्छे मरेको भनेपछी हामीलाई भित्रैबाट चिसो पसेको अनुभव हुने र नराम्रो साथै डर पनि लाग्ने गर्दछ । रातीको समयमा अझै बढी डर लाग्ने र मसानघाट र आर्यघाट लगायत लाशहरुसँग हामीलाई धेरै डर लाग्छ, हैन त ?

    दु :ख र डर लाग्नु एकदमै स्वभाविक हो, मृत्यु पक्कै एउटा वियोग हो तर आज हामी लाइभमाण्डु एउटा अचम्मका डाक्टर अझ भनौँ कलाकर्मी, मुर्तिकार र शिल्पकार अनि उनको मानव लाशले भरिएको संग्राहलयकाबारेमा कुरागर्न जाँदैछौ, आउनुहोस एकछिन यो रोचक प्रसङ्गबारे जानकारी लिउँ ।

    अब एकजना यस्तो डाक्टर र उनको लण्डनमा रहेको विश्वप्रसिद्ध वडिवर्ल्डस म्यूजियमबारे चर्चा गर्न जाँदैछौ जहा मानव लाशले बनेका मुर्तिहरु विभिन्न अवस्थितीमा राखिएको छ । यस अघि मानव सभ्यतामा मानव शरीरको मृत्युपर्यन्त कला र मुर्तिका बिषयमा कहिलेपनि सोच र विचार आएको पाइदैन जून कुरा प्रथमपल्ट डाक्टर गुन्थर भोन हेगेन्सले गरेर देखाइदिए । सन १९४५ मा पोल्यान्डमा जन्मिएका उनी अहिले ७१ वर्षका भए । हरेक अस्पतालको लाशराख्ने गृह अर्थात मर्चरी सामान्य मान्छेहरुकालागी जान निषेध गरिएको क्षेत्रमध्य पर्दछ तर डाक्टर हेगेन्सले यिनै लाशहरुलाई प्रदर्शनीमा राखेर एउटा नयाँ काम थालनी गरेका छन जून कार्य धेरै विवादमा पनि परेको र परिरहेको हुन्छ । धेरैले उनिलाई डाक्टर डेथ भनेर गिज्याउने पनि गर्दछन ।

    तर जे होस आज उनको यो कलाले मान्छेहरुले लाशलाई हेर्ने तरिकामा परिवर्तन ल्याइदिएको छ, विभिन्न जनावरहरुको मृत शरीरलाई पनि यसै प्रक्रियाद्वारा उनले संग्रह गरेर प्रदर्शनीमा राखेका छन्, संसारभरि उनका ९ वटा संग्राहलयहरु छन र ४ करोडभन्दा बढी मान्छेहरुले उनको यो कलालाई ध्यानदिएर हेरिसकेका छन् । बेलायतको चर्चित पत्रिका इन्डिपेन्सकी संवाददाता संवाददाता जेरेमी लावरेन्सका अनुसार यो कलाले डाक्टर हेगिन्सलाई एकदमै सफल र धनी बनायो । तथापि करिव वर्षदिन अगाडी उनि डाक्टर हेगिन्सलाई भेट्न जाँदा डाक्टर एकदमै सरल, सामान्य जीवनशैली ब्यतित गरिरहेका र कपडाहरु पनि एकदमै सामान्य र सस्तो मूल्यको लगाएका र आफ्नो कारसम्म नभएको भनि उल्लेख गरेकी छिन ।

    अहिले यी डाक्टर जर्मन र पोल्यान्डको सिमानाको गुविन भन्ने ठाँउमा बसोवास गर्दछन र त्यही संसारको सबैभन्दा ठूलो एनाटोमी संग्राहलय खोल्ने तैयारीमा धेरै लगानी गरिसकेका छन् । ७१ वर्षको उमेरमा यिनलाई पार्किन्सन रोग लागेको छ र थोरै मष्तिष्क प्रत्यारोपण पनि गरिएका इनि आफ्नो टोपी खोलेर अपरेशनगर्दाको तालुको घाउ देखाउएर पत्रकारसँग कुरा गरेका थिए ।

    बेलाबेला मर्मत संभार र सरसफाई गरिएमा यी लाशका कलाहरु १००० वर्षसम्म टिक्ने उनको दाबी छ । एउटा लाशलाई ७० हजार देखि १ लाख पाउण्डसम्म खर्च लाग्ने र एकवर्ष दिन राख्ने उनी बताउछन् । आजभोली धेरै लाशहरुलाई प्लास्टीनेसन गर्न धेरै खर्चलाग्ने भएकाले केही मेडिकल कलेजहरुलाई पनि अध्ययन प्रयोजनकालागी लाशहरु पठाउने गरेकाछन् । यसरी पठाँउदा एउटा मान्छेको टाउको या फोक्सोजस्तो अङ्गहरुबाट ५००० यूरोदेखि ७००० यूरोसम्म लिंदैआएका छन् ।

    ल्याइएको लाशलाई आवश्यक्ताअनुसार टुक्राउने र तैयार गरिने काम चाँही तल्लो तलामा गरिन्छ र त्यहाँ आधिकारीक कर्मचारीबाहेकका अन्यलाई प्रवेश निषेध भएको उनी बताउछन् ।

    संवाददाता जेरेमी लावरेन्सका अनुसार उनी त्यहाँ पुगेर परबाट हेर्दा कर्मचारीहरु कुनै कपडालाई सिँगार्ने कार्यजस्तो लाशहरुमा विभिन्न आभुषण अनि सितारा जोडिरहेका थिए रे । अहिलेसम्म १५००० जिवित मान्छेहरुले आफ्नो मृत्युपर्यन्त शरीर प्लास्टीनेशनमा दान गर्न करार गरिसकेका छन् ।
    यसरी उनको सग्राँहलयमा राखिएका र आउने लाशहरु सम्पूर्णरुपमा मृतकको इच्छा अनुसार ल्याइने गरिन्छ र त्यो लाशलाई उनले प्लास्टीनेशन नामक रसायनिक प्रक्रिया गर्दछन ।

    यत्तिका धेरै धन के तपाई आफ्नो सन्तानलाई छाडेर जानुहुन्छ भन्ने प्रश्नमा हेगेन्सले आफूले छोराछोरीहरुलाई उचित शिक्षा दिएको तर सम्पतीभने संसारमै सबैभन्दा ठूलो एनाटोमी अध्ययन केन्द्र स्थापित गर्न खर्च गर्ने र यस्ले गर्दा मानव जीवन, विकास र अन्य रिसर्चमा धेरै मद्दत गर्ने जानकारी दिए ।

    बेलाबखत उनको यो अध्ययन केन्द्रले मृत्युपर्यन्त शरीर दानगर्न चाहने मानवहरुकालागी आवेदन खोलिरहन्छ, आश्चर्यजनकरुपमा संसारभरिका धेरै मान्छेहरुले बडो उत्साहका साथमा आवेदन दिन्छन, चाहिएकोभन्दा सयौँ गुणा बढी आवेदन आउनेगर्दछ ।

    युरोप जाने मौका परेमा यो अद्भूत संग्राहलयको भ्रमण अवश्य गर्नुहोला, जीवन र मृत्यु शाश्वत सत्य हो र मृत्यु पर्यन्तको कलाले संसारलाई मृत्यु अनि कलाको एउटा विछट्ट उदाहारण प्रस्तुत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑