वीरगन्ज । युवाहरुको सक्रियतामा आज ८० जना विपन्नलाई कम्बल वितरण गरिएको छ। वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ बेलवा र लक्ष्मीपुर टोलका ८० जना विपन्नहरुलाई १/१ थानको दरले कम्बल वितरण गरिएको छ।
युवाहरुको व्यक्तिगत सहयोग र प्रयासमा कम्बल वितरण गरिएको युवा समाजसेवी अजय चौरसियाले बताउनु भयो।सामाजिक अभियन्ता प्रकाश थारुको विशेष पहलमा लक्ष्मीपुरको एक सामुदायिक विधालय र बेलवा टोलको विपन्न वस्तीमा अनौपचारिक कार्यक्रम आयोजना गरेर कम्बल वितरण गरिएको उहाँले बताउनु भयो।
”एक हप्तादेखि बढेको चिसोसंगै उक्त टोलका वासिन्दाहरुको सास्ती पनि बढेको खबर पाउनासाथ कम्बल बाड्ने निर्णय गरेको” चौरसियाले बताउनु भयो। साथि-भाईको आर्थिक सहयोगले कम्बल वितरण गरिएको उहाँले थप्नु भयो।आवस्यकता अनुसार उपयुक्त समयमा नै कम्बल वितरण गरिनुलाई सामाजिक अभियन्ता प्रकाश थारुले ‘जाडोको औषधि’ को संज्ञा दिनु भएको छ। आफ्नो सामाजिक संजाल फेसबुकमा कम्बल वितरणको तस्विर पोस्ट्याउदै जाडोको औषधि भनेर संज्ञा दिनुभएको छ।
कम्बल वितरण कार्यक्रममा अभियन्ता प्रकाश थारु,युवाहरु जया साह, राहुल कुर्मी ,शिक्षिका अनुराधा चौरसिया लगायतकाको सहयोग र सहभागिता रहेको चौरसियाले जानकारी दिनुभयो।