वीरगंज | वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरूको नाफामा सुधार आएको देखिएको छ । गत असार र असोजको तुलनामा वाणिज्य बैंकहरूले चालू आर्थिक बर्षको पुस मसान्तसम्मा सुधार गरेका हुन् ।
कोरोना महामारीका कारण व्यवसाय गर्न नसक्दा र बैंकमा तरलता थुप्रिएको कारण बैंकको खुद नाफा रकम घटेको बैंकहरूले बताउदै आएका थिए ।
यद्यपि पछिल्लो समयमा भने आर्थिक क्रियाकलाप बृद्धि भएको कारण बैंकहरूको कर्जा प्रवाहमा बृद्धि, ब्याज र कर्जा असुली र अन्य नाफामा समेत सुधार आएकोले बैंकको नाफामा सुधार आएको देखिन्छ ।
समीक्षा अवधिमा २७ ओटै बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म बैंकहरूको औसत नाफामा करिब साढे ३ प्रतिशत कमि आएको देखिन्छ । यस अवधिमा बैंकहरू कुल ३१ अर्ब ७ करोड ३१ लाख खुद नाफा कमाएका हुन् ।
जुन गत आवको सोही अवधिको भन्दा १ अर्ब १३ करोड ८४ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंकहरूको नाफा ६ प्रतिशतले बढेको थियो । सो अवधिमा २७ ओटा वाणिज्य बैंकहरूले ३२ अर्ब २१ करोड १५ लाख नाफा कमाएका थिए ।
बैंकहरूको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने बैंकको सूचिमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ भने सिभिल बैंकको नाफा सबैभन्दा कम रहेको छ ।
ग्लोबल आइएमईले समीक्षा अवधिमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने २ अर्ब ६ करोड रुपैयाँ नाफासहित एनआईसी एसिया दोस्रो र २ अर्ब १ करोड खुद नाफा कमाएको नबिल बैंक तेस्रो स्थानमा रहेको छ ।
कम नाफा कमाउने सिभिल बैंकको खुद नाफा रकम भने दोस्रो त्रैमाससम्म २० करोड २८ लाखमा सीमित भएको छ । गत आथिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ बैंकको नाफा घटेको छ भने १० ओटाको बढेको छ ।
कुन बैंकको सूचक कस्तो छ ? हेर्नुस् विस्तृतमा
कुमारी बैंक
कुमारी बैंक लिमिटेडको चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १ अर्बभन्दा बढी नाफा कमाएको छ ।
बैंकले गत आर्थिक बर्षको पुस मसान्तसम्म ८० करोड ३० लाख खुद नाफा कमाएको थियो बैंकले चालू आ.व.को सोही अवधिमा १ अर्ब ६१ करोड ६५ लाख ५८ हजार रुपैंयाँ बराबरको नाफा कमाएको छ । गत वर्षको तुलना ५१.५० प्रतिशत बढी हो ।
यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ७५ लाख ५५ हजार रुपैयाँ रहेको छ भने चुक्ता पूँजी रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
यस बर्ष बैंकले १०.८५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार पुर्याएको छ भने जगेडा कोष रकम समेत २२ प्रतिशतले बढेको छ ।
चालू आ.व.को पुस मसान्तसम्म बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड २८ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।
गत वर्ष १ अर्ब १३ करोड ४० लाख ८२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कुमारी बैंकले यस वर्ष १ अर्ब ७४ करोड ५ लाख २३ हजार रुपैयाँ नाफा गरेको छ ।
समीक्षा अवधिसम्म बैंकले २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८२ करोड २९ लाख ४२ हजार रुपैयाँमा मात्र सीमित थियो । गत बर्षको तुलनामा यस बर्ष खुद ब्याज आम्दानी ३७.०१ प्रतिशतले बढेको हो ।
त्यस्तै बैंकको प्रतिशेयर गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ रुपैयाँ ८३ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ। चालू आ.व.को पुस मसान्तसम्ममा बैंकले १ खर्ब २२ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने यस अवधिमा बैंकले गत बर्षको तुलनामा ४ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।
गत बर्ष १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार कर्जा प्रवाह गरेको बैंकले यस वर्ष भने १ खर्ब १४ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।
बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष ११.५२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष १४.९१ प्रतिशत पुगेको आज सोमबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.१९ गुणा रहेको छ
मेगा बैंक
मेगा बैंकको खुद नाफा रकम पुस मसान्तसम्म बैंकको ३७.२८ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष यस अवधिसम्म बैंकले ९५ करोड २ लाख ४ हजार रुपैयाँ नाफा गरेकोमा यस बर्ष समिक्षा अवधिसम्म १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा गरेको हो ।
बैंकले पुस मसान्तसम्म १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड ९७ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
बैंकको चुक्तापूँजी १४ अर्ब ६६ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ०.७१ प्रतिशतले बढेर २ अर्ब ९४ करोड ७२ लाख २६ हजार कायम भएको छ ।
बैंकको वितरणयोग्य नाफा ६८ करोड १३ लाख २० हजार रुपैयाँ रहेको छ । बैंकले यस अवधिमा १ खर्ब २८ अर्ब ६२ करोड निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १५.८० गुणा रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
काठमाडौँ नेपाल सरकारको अधिकांश स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले पुस मसान्तसम्म १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गरेको छ ।
गत आ.व.को सोहि अवधिमा २ अर्ब २१ करोड नाफा कमाएको थियो । यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रहेको छ ।
समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल सञ्चालन आम्दानी ४ अर्ब ६५ करोड तथा खुद सञ्चालन आम्दानी ४ अर्ब ५० करोड, शेयरधनी कोषमा २५ अर्ब ४७ करोड कायम गरेको छ भने ७४ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ ।
२०७७ पौष मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ ।
पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी ३८.८४ रुपैयाँ रहेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १६.४४ प्रतिशतले घटेको छ ।
यस अवधिमा बैंकले १ अर्ब ३२ करोड १६ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ यो नाफा गत वर्षको यसै अवधिसम्म १ अर्ब ५८ करोड १७ लाख २७ हजार रुपैयाँ थियो ।
बैंकको वितरण योग्य नाफा भने ८० करोड ९५ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब १३ करोड ९९ लाख ३८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस बर्ष १ अर्ब ८९ करोड ४७ लाख ५१ हजार मात्र यो नाफा गरेको छ । बैंकको सञ्चालन नाफा गत बर्षको तुलनामा ११.४५ प्रतिशतले घटेको हो ।
यस बर्षको चालू आ.व.को दोस्रो त्रैमासमा चुक्तापूँजी ९.५६ प्रतिशतले बढेको छ । बैंकको चुक्तापूँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ९८ करोड १३ लाख ६६ हजार कायम भएको छ ।
यो रकम गत वर्षभन्दा १०.९५ प्रतिशत कम हो । बैंकले यस आर्थिक बर्षको पुस मसान्तसम्म १ खर्ब ३२ अर्ब ४८ करोड ५१ लाख ४५ हजार कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले १ खर्ब ४४ अर्ब १९ करोड ५३ लाख ११ हजार निक्षेप संकलन गरेको छ । यो रकम गत बर्षको तुलनामा ०।३९ प्रतिशत बढी हो भने ८.७३ प्रतिशत बढीकर्जा प्रवाह गरेको छ ।
बैंकको दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २१.०९ र प्रतिशेयर नेटवर्थ २१८.८८ रुपैयाँ रहेको छ ।
नबिल बैंक
चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा नबिल बैंकको लिमिटेडको खुद नाफा रकम १.२६ प्रतिशतले घटेको छ । गत बर्षको यस अवधिमा २ अर्ब ४ करोड १८ लाख रुपैया बराबरको खुद नाफा कमाएको बैंकले यस बर्ष पुसमसान्तसम्म २ अर्ब १ करोड ६० लाख रुपैंया बराबरको खुद नाफा कमाएको हो ।
हाल बैंकको वितरण योग्य नाफा १ अर्ब ८४ करोड रुपैंया बराबर रहेको छ । बैंकको खुद ब्याज आम्दानी चालु आवको पुस मसान्त सम्म ३ अर्ब १२ करोड २६ लाख रुपैंया बराबर रहेको छ । गत अ.व.को सोही अवधीसम्म बैंकको खुद आम्दानी ३ अर्ब ४५ करोड १६ लाख रुपैंया बराबर रहेको थियो ।
बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी पनि ४५.१६ रुपैयाँ रहेको छ । यो आम्दानी गत आर्थिक बर्षको सोही अवधिमा ४०.७१ रुपैयाँ रहेको थियो ।
गत आ.व.को दोस्रो त्रैमाससम्म १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको बैंकले यस बर्ष भने २ खर्ब रुपैयाँ बराबर निक्षेप सङ्कलन गरेको छ ।
त्यस्तै, गत बर्षको यस अवधिमा १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले यस बर्ष भने १ खर्ब ७० अर्ब रुपैयाँ बराबर कर्जा लगानी गरेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा ०.७५ प्रतिशत खराब कर्जा रहेको नविल बैंकले चालू आर्थिक बर्षमा खराब कर्जा ०.६० प्रतिशतमा झारेको छ ।
नेपाल बैंक
नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड ४ लाख खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा यो नाफा ०.१५ प्रतिशतले बढी हो । गत वर्ष बैंकले १ अर्ब ३५ करोड २३ लाख खुद नाफा गरेको थियो ।
यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ६७ करोड ८२ लाख ५ हजार रहेका छ । गत वर्ष १ अर्ब ७३ करोड ४६ लाख सञ्चालन मुनाफा गरेको बैंकले यस वर्ष २ अर्ब ४ करोड ६२ लाख सञ्चालन मुनाफा गरेको छ । यो रकम गत वर्षभन्दा करीब १८ प्रतिशत बढी हो ।
यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको बैंकको चुक्तापूँजी बोनसपश्चात १२ अर्ब ६३ करोड ६७ लाख पुर्याएको बैंकको जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रहेको छ ।
यो रकम गत बर्षको सोही अवधिको तुलनामा साढे १२ प्रतिशत बढी हो । निक्षेप संकलन गत वर्षभन्दा ५.२७ प्रतिशत बढी १ खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख भएको छ । बैंकले १ खर्ब १६ अर्ब ६१ करोड ६ लाख कर्जा प्रवाह गरेको छ ।
गत वर्ष २ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २.८८ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ३१.३७ र प्रतिशेयर नेटवर्थ २५३.१८ रहेको छ ।
ग्लोबल आइएमई बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
यो रकम गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३७.३२ प्रतिशत बढी भएको हो । यो अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ४३ करोड २० लाख रहेको छ । सञ्चालन नाफा गत वर्षभन्दा ३६.६६ प्रतिशत बढेको छ ।
गत वर्ष २ अर्ब ३६ करोड ९० लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ अर्ब २३ करोड ७६ लाख यो नाफा गरेको हो । १४ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि भई २१ अर्ब ६३ करोड २५ लाख पुगेको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा करीब ६ प्रतिशत कम भएको छ ।
गत वर्ष ८ अर्ब १७ करोड ९५ लाख रहेको जगेडा कोष रकम यस वर्ष ७ अर्ब ७० करोड ८ लाखमा सीमित भएको छ । निक्षेप सङ्कलन गत वर्षभन्दा १०.४१ प्रतिशत बढी २ खर्ब ३४ अर्ब ४१ करोड २३ लाख गरेको बैंकले गत वर्षभन्दा ७ प्रतिशत बढी २ खर्ब ३ अर्ब ७८ करोड ९७ लाख कर्जा प्रवाह गरेको छ ।
गत वर्ष १.२० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर १.७२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २१ दशमलव ४० र प्रतिशेयर नेटवर्थ १४२.६३ रहेको छ ।
एनआइसी एशिया बैंक
एन आई सी एशिया बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा वार्षिक प्रति शेयर आम्दानी ३५.७३ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २.२ प्रतिशत मुनाफा वृद्धि गरेको छ ।
बैंकले पुस मसान्तसम्म २ अर्ब ६ करोड खुद मुनाफा आर्जन गरेको हो । बैंकको स्व–पुँजीमा प्रतिफल २२.६६ प्रतिशत रहेको छ ।
बैंकको यस दोस्रो त्रैमाससम्ममा कर्जातर्फ ५९.३१ अर्बले वृद्धि भई कुल कर्जा रकम ३३.०८ अर्ब पुगेको छ । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ६७.३० अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप सङ्कलन २७६.२० अर्ब पुर्याउन बैंक सफल भएको छ ।
यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस दोस्रो त्रैमाससम्ममा ०.४३ प्रतिशतमा झार्न बैंक सफल भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४.७७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकको पुस मसान्तसम्मको वितरणयोग्य मुनाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको छ । रेगुलेटरी रिजर्भमा ५० करोड ८८ लाख ६५ हजार र डिवेन्चर रिडेम्सन रिजर्भमा २५ करोड ३५ लाख ७१ हजार रुपैयाँ रहेका छ ।
पुस मसान्तसम्ममा बैंकले २ अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड ३३ लाख ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ९८ करोड ७५ लाख ८ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब २३ करोड ३८ लाख रहेको थियो । कुल सञ्चालन आम्दानीमध्ये बैंकले ३६ करोड ७६ लाख सम्भावित कर्जा नोक्सानबापतको लागि प्रावधान गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले ५५ करोड ९० लाख प्रावधान गरेको थियो ।
बैंकले पुस मसान्तसम्ममा २ अर्ब ३३ करोड १३ लाख १० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्दा ६७ करोड ९९ लाख कर तिरेको छ । यस अवधिमा बैंकले ६ करोड ४७ लाख २६ हजार गैरसञ्चालन आम्दानी गरेको छ ।
पुस मसान्तमा बैंकले १ खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख ६३ हजार निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा बैंकले १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब ८ करोड २० लाख ९९ हजार कर्जा लगानी गरेको छ ।
पुस मसान्तको चुक्तापुँजी १४ अर्ब २४ करोड ८९ लाख रहेको बैंकको जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख र सेयरधनी सञ्चित कोष (रिटेन अर्निङ)मा ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०७.३९ रुपैयाँ रहेको छ ।
माछापुच्छ्रे बैंक
चालू आवको दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकले ८० करोड २७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ प्रतिशतले कमि आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा ८२ करोड १८ लाख नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा ४५ करोड २२ लाख रुपैयाँ र चुक्तापूँजी ९ अर्ब ५ करोड ३० लाख रहेको छ । जगेडा कोष २ अर्ब ४६ करोड २१ लख रहेको उक्त बैंकको रिटेन्ड अर्निङमा ५५ करोड ३८ लाख ३७ हजार र शेयर प्रिमियममा ३ करोड ८ लाख रहेको छ ।
पुस मसान्तमा कम्पनीको प्रतिशेयर आम्दानी १७ दशमलव ७३, मूल्य आम्दानी अनुपात १६ .०१, तरलता अनुपात २३.८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३३.७ रहेको छ ।
सेन्चुरी कमर्सियल बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सेन्चुरी कमर्सियल बैंकको खुद नाफा २८.२४५ ले घटेर ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।
गत बर्षको यस बैंकले ६५ करोड २ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २०.१२५ ले घटेको छ । बैंकले १ अर्ब २२ करोड ३ लाख ब्याज आम्दानी गरेको हो ।
त्यस्तै, सञ्चालन नाफा ३०.३३५ ले घटेर ६३ करोड ४४ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी ५.१२ रुपैयाँले घटेर १०.३३ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११८.८७ रुपैयाँ छ ।
सनराइज बैंक
सनराइज बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा ९४ करोड ९४ लाख कमाएको छ ।
यो रकम गत वर्ष बैंकको सोही तुलनामा ०.५३ प्रतिशत बढी हो । गत वर्ष बैंकले ९४ करोड ४३ लाख खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा २१ करोड ३३ लाख र सञ्चालन मुनाफा १ अर्ब ३५ करोड ६३ लाख रहेको छ ।
बैंकको सञ्चालन मुनाफा यस बर्ष ०. ८३ प्रतिशतको हो । गत बर्ष बैंकले १ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । चुक्तापूँजी ९ अर्ब ४८ करोड ७९ लाख रहेका बैंकको जगेडा कोष रकम गत वर्षभन्दा ६ प्रतिशत बढेर १४ अर्ब २० करोड ९ लाख ३६ हजार कायम भएको छ ।
पुस मसान्तसम्म बैंकको ९२ अर्ब ४० करोड ७५ लाख निक्षेप संकलन भएको देखिएको छ । यो गत बर्षको यस अवधिको तुलनामा २.४२ प्रतिशत बढी हो । त्यस्तै, बैंकले गत बर्षको तुलनामा १ प्रतिशत बढी अर्थात ८६ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्ष १.६९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष घटेर १.०६ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २०.०१ र प्रतिशेयर नेटवर्थ १४९.६७ रहेको छ ।
एनएमबी बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एनएमबि बैंकले बैंकले यस बर्ष १ अर्ब ६१ करोड ३९ लाख खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड २७ लाख नाफा कमाएकोमा यस बर्ष ४७.६९ प्रतिशत बढी नापा कमाएको हो । वितरणयोग्य नाफा १ अर्ब ५० करोड ९६ लाख रहेको बैंकको सञ्चालन नाफा करिब ४६ प्रतिशत बढी भएको छ ।
गत वर्ष १ अर्ब ५७ करोड ५२ लाख सञ्चालन नाफा गरेको बैंकले यस बर्ष २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ नाफा गरेको हो ।
चुक्तापूँजी १४ अर्ब ४४ करोड ७७ लाख रहेको बैंकको जगेडा कोष रकम भने गत वर्षभन्दा ०. ३५ प्रतिशत घटेर ५ अर्ब १० करोड ९२ लाख कायम भएको छ ।
बैंकले गत वर्षभन्दा ८ प्रतिशत बढी अर्थात १ खर्ब ४२ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३७ अर्ब २९ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले गत बर्षको तुलनामा यस बर्षको दोस्रो त्रैमासमा १.१९ प्रतिशत बढी कर्जा लगानी गरेको हो । गत वर्ष १.९६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २.३८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २२.५० रुपैयाँ रहेको छ ।
हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ६२.५० प्रतिशतले घटेको छ । चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले ६५ करोड ३२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७४ करोड खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब ५७ करोड खुद ब्याज आम्दानी गरेको बैंकको सो रकम यस बर्षको सोही अवधिमा भने १ अर्ब ७५ करोड मात्रै रहेको छ ।
बैंकको अन्य सञ्चालन आम्दानी पनि करिब ७ लाख घटेको छ । हाल बैंकको चुक्तापूँजी १० अर्ब ६८ करोड रहेको छ ।
प्रभु बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंकको वितरणयोग्य नाफा ९९ करोड ९८ लाख रहेको छ । बैंकले १ अर्ब ५१ करोड ८६ लाख खुद नाफा गरेको छ ।
यो रकम गत वर्षभन्दा कम्पनीले ४० प्रतिशत बढी हो । बैंकले गत बर्ष यस १ अर्ब ८ करोड ५७ लाख ७४ हजार खुद नाफा गरेको थियो । गत वर्ष दोस्रो त्रैमासमा १ अर्ब ५० करोड ४२ लाख सञ्चालन नाफा गरेको बैंकले यस वर्ष २ अर्ब १४ करोड ६९ लाख नाफा गरेको छ ।
चुक्तापूँजी ११ अर्ब ३४ करोड ७० लाख रहेको बैंकको जगेडा कोष रकम साढे ८ प्रतिशतले बढेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रहेको छ । बैंकले गत वर्षभन्दा २६ प्रतिशत बढी १ अर्ब ६२ अर्ब २ करोड ४८ लाख २८ हजार निक्षेप संकलन गरेको छ भने १.२७ प्रतिशत बढी अर्थात १ खर्ब २६ करोड ५ करोड ७४ लाख कर्जा लगानी गरेको छ ।
गत वर्ष ३. १२ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा अनुपात रहेकोमा यस बर्ष २.०६ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी २६.७७ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४७.२९ रहेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा ९६ करोड १९ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यो रकम गत बर्षको तुलनामा ३६ प्रतिशतले कमि हो । बैंकले गत बर्ष १ अर्ब ५० करोड ९८ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३४ प्रतिशत र सञ्चालन नाफा ३६ प्रतिशतले घटेको छ । चुक्तापूँजी ८ अर्ब ९३ करोड ३७ लाख रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ८६ करोड ३३ लाख र शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ६७ करोड ५६ लाख रहेको छ । समीक्षा अवधिमा बैंकको तरलता अनुपात ४४.२४ प्रतिशत र प्रतिशेयर नेटवर्थ २१८.९३ रहेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमाससम्मा खुद नाफा रकम ३९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ८१ करोड ३३ लाख २९ हजार नाफा कमाएको हो । यो नाफा गत आवको सोही अवधिमा १ अर्ब ३० करोड ७ लाख थियो ।
चुक्तापूँजी १६ अर्ब ८ करोड ३० लाख रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ७६ लाख र रिटेन्ड अर्निङमा १ अर्ब ३७ करोड ८२ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब २६ करोड ४२ लाख रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२.५५, मूल्य आम्दानी अनुपात १२.६०, तरलता अनुपात २३. ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३९.३३ रुपैयाँ रहेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत वर्षको यस अवधिसम्मको तुलनामा बैंकले साढे १६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत बर्ष यस अवधिमा बैंकले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो
। त्यस्तै, गत वर्ष १ अर्ब १२ करोड ६२ लाख ९४ हजार सञ्चालन मुनाफा गरेको बैंकले यस वर्ष १ अर्ब ३३ करोड ९० लाख ५२ हजार रुपैयाँ मुनाफा गरेको छ । यो मुनाफा गत बर्षको तुलनामा करिब १९ प्रतिशतले बढी हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८ प्रतिशतले घटेको छ । यस बर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब २४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको हो ।
चुक्तापूँजी ८ अर्ब ४९ करोड ५८ लाख रहेको बैंकको जगेडा कोष रकम १९ प्रतिशतले बढेर मा ४ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्ग ३०.१६ प्रतिशतले बढेर १ अर्ब ९ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकले ७० अर्ब ८ करोड ९७ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो गत बर्षको सोही अवधिको तुलनामा साढे ५ प्रतिशत बढी हो । यस बर्ष बैंकले कर्जा प्रवाह समेत ३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ६० अर्ब ९२ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।
वितरणयोग्य नाफा ४६ करोड ७ लाख रहेको बैंकको निष्क्रिय कर्जाको अनुपात भने बढेको छ । गत आ.व. मा १.९२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस बर्ष बढेर २.३७ प्रतिशत पुगेको हो ।
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २२.१६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५.५० रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंक इनटरनेशनल
सिटिजन्स बैंक लिमिटेडले पुस मसान्तसम्ममा ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आ.व.को यसै अवधिको तुलनामा २७.२६ प्रतिशत बढी हो ।
बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आ.व.को पुस मसान्तसम्म १ अर्ब ४३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा १ अर्ब ६१ करोड रूपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढी हो ।
बैंकको सञ्चालन नाफा बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्व ४३ करोड रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप बढेर १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि बढेर ८७ अर्व ८७ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको पुस मसान्तसम्ममा ०.९९ प्रतिशत रहेको खराब कर्जा अनुपात यस वर्षको पुस मसान्तसम्ममा बढेर २.४२ प्रतिशतमा पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४३.९५ रुपैयाँ रहेको छ ।
सिभिल बैंक
सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ३५.८४५ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
बैंकको पुस मसान्तसम्म ७६ अर्ब ८४ करोड छ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ८३ करोड १४ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५७ अर्ब ५१ करोड २४ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २० करोड ४२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
चुक्तापुँजी ८ अर्ब ३३ लाख रहेको बैंकको बितरणयोग्य नाफा भने यस अवधिमा नौ करोड ६४ लाख ३५ हजार रुपैयाँ रहेको छ । बैंकले खराब कर्जा भने २.६९५ बाट घटाएर १.७०५ मा झारेको छ । सिभिलको प्रतिसेयर आम्दानी २.८३ रुपैयाँले घटेर ५.९ मा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२९.८३ रहेको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले चालू आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ७० करोड ८५ लाख खुद नाफा गरेको छ । गत बर्ष सोही अवधिमा ८८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा रकम यस अवधिमा भने १७ करोड ५३ लाख रुपैयाँले घटेको हो ।
बैंकले यस अवधिमा ९३ अर्ब ३५ करोड २८ लाख ८९ हजार ७०५ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार ६७६ रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकले गत वर्षको पुस मसान्तसम्म ७५ अर्ब ८८ करोड १६ लाख रुपैयाँ बर्जा प्रवाह गरेकोमा यस बर्षको सोही अवधिमा भने ८५ अर्ब ३२ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
वितरणयोग्य नाफा ३८ करोड ६२ लाख रहेको बैंकको चुक्तापुँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार ४२९ रुपैयाँ छ ।
बैंकको रिजर्भमा ४ अर्ब ८८ करोड २० लाख ५२ हजार ६९६ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १.५४ प्रतिशत रहेको थियो । बैंकको अर्निङ प्रतिसेयर १४.६७ प्रतिशत छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले चालू आ.व.को पुस मसान्तसम्म ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा चालू आवको सोही अवधिमा भने १० प्रतिशतले घटेको छ ।
नाफासँगै कम्पनीको वितरणयोग्य नाफा १३ करोड ६९ लाख ३७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत र सञ्चालन नाफा ९ प्रतिशतले घटेको छ । पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी आम्दानी १८.८२ रुपैयाँ रहेको छ । गत आवको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २१.०३ रुपैयाँ रहेकोमा चालू आवमा भने घटेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १८७.२० रुपैयाँ रहेको छ ।
सानिमा बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा बैंकले १ अर्ब ६ करोड २७ लाख खुद नाफा गरेको छ । यो रकम गत आ.व.को सोही तुलनामा भने ७.३८ प्रतिशत कम हो । गत बर्ष बैंकले १ अर्ब १४ करोड ७४ लाख खुद नाफा गरेको थियो ।
गत वर्ष १ अर्ब ६२ करोड ३७ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ५० करोड ५६ लाख मात्र यो नाफा गरेको हो ।
सञ्चालन नाफा पनि गत वर्षभन्दा ७.२८ प्रतिशत कम भएको छ । वितरणयोग्य नाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको बैंकको चुक्तापूँजी १० प्रतिशत बृद्धि भएको छ ।
चुक्तापूँजी ९ अर्ब ६८ करोड १५ लाख रहेको बैंकको जगेडा कोष रकम गत वर्षभन्दा करिब ६ प्रतिशत बढेर १३ अर्ब ५८ करोड १० लाख ४९ हजार कायम भएको छ ।
बैंकले १ खर्ब १० अर्ब २४ करोड १४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यो रकम गत आ.व.को सोही तुलनामा गत वर्षभन्दा करीब ३ प्रतिशत बढी हो । त्यस्तै, बैंकले १ अर्ब १ अर्ब ६४ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो रकम पनि गत आ.व.को सोही अवधिको तुलनामा १.११ प्रतिशत बढी हो ।
बैंकको निष्क्रय कर्जा बढेको छ । गत बर्षको पुस मसान्तसम्मा ०.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्षको समीक्षा अवधिमा ०.५८ प्रतिशत पुगको हो । बैंकको प्रतिशेयर आम्दानी २२.०२ र प्रतिशेयर नेटवर्थ १४०.२८ रहेको छ ।
स्टान्डर्ड चार्टड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पुस मसान्तसम्म ७२ करोड ७६ लाख नाफा कमाएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा ४०.६९ प्रतिशतले कम हो । बैंकले गत वर्ष १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष १ अर्ब ७६ करोड ३ लाख सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ४ करोड ४० लाख ६५ हजार मात्रै सो नाफा गरेको छ ।
वितरण योग्य नाफा भने रू। ६१ करोड ६४ लाख रहेको बैंकको चुक्तापूँजी ८ अर्ब ५७ करोड २२ लाख रहेको छ । बैंकको जगेडा कोष रकम ५ अर्ब ७७ करोड ६७ लाख रहेको छ । जुन गत वर्षभन्दा ३.६५ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा बैंकले गत आर्थिक बर्षको समिक्षा अवधिको तुलनामा १२ प्रतिशत बढी ८३ अर्ब ५० करोड ८५ लाख २९ हजार निक्षेप संकलन गरेको छ भने १ प्रतिशत बढी आर्थत ५३ अर्ब १२ करोड ४८ लाख ९४ हजार ऋण प्रवाह गरेको छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात गत आ.व.को समीक्षाअवधिमा ०.१७ प्रतिशत रहेकोमा चालू आ.व.को समीक्षा अवधिमा भने १.५४ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १६.९८ र प्रतिशेयर नेटवर्थ १८२.४७ रुपैयाँ रहेको छ ।
लक्ष्मी बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लक्ष्मी बैंकले ८० करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आ.व.को सोही अवधिको तुलनामा यो रकम १०.६२ प्रतिशतले कम हो । गत आर्थिक बर्षको समीक्षा अवधिमा बैंकले ९० करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकको सञ्चालन नाफा १२.३४ प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब २९ करोड ४१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष१ अर्ब १३ करोड ४ लाख रुपैयाँ मात्रै यो नाफा गरेको हो ।
चुक्तापूँजी १० अर्ब ६९ करोड ५६ लाख रहेको बैंकको जगेडा कोष रकम भने यस वर्ष गत वर्षभन्दा ३० प्रतिशतले बढेको छ ।
बैंकको जगेडा कोष रकम ३ अर्ब ७१ करोड २२ लाख कायम रहेको छ । बैंकले १ खर्ब ४ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ९२ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत वर्षभन्दा ६ प्रतिशत बढी निक्षेप सङ्कलन र १.० ४ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो ।
बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्ष ०.८८ प्रतिशत रहेकोमा यस वर्ष घटेर ०.७६ प्रतिशतमा झरेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी १५.०९ र प्रतिशेयर नेटवर्थ १४३.८३ रुपैयाँ रहेको छ ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंक लिमिटेडको पुस मसान्तसम्म खुद नाफा ४८.५५ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १ अर्ब ७८ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको उक्त बैंकको नाफा चालू आर्थिक बर्षको सोही अवधिमा भने ५१ करोड ४८ लाख रुपैयाँमा सीमित भएको हो ।
बैंकको मूख्य आम्दानीको स्रोत ब्याज र अन्य आम्दानीमा कमि आएको कारण बैंकको नाफा खुम्चिएको हो । बैंकको चुक्तापुँजी हाल ८ अर्ब ९५ करोढ २६ लाख छ भने रिजर्भमा ४ अर्ब ८३ करोड रुपैयाँ छ ।
गत वर्षको समीक्षा अवधिमा बैंकले १ खर्ब १० अर्ब ४४ करोड ५८ लाख ७२ हजार निक्षेप सङ्कलन गरेकोमा चालु आवको सोही अवधिमा बैंकले १ खर्ब ३ अर्ब २४ करोड ६५ लाख निक्षेप सङ्कलन गरेको छ ।
त्यस्तै, बैंकले ८८ अर्ब ५२ करोड ५० लाख मात्रै कर्जा प्रवाह गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ८९ अर्ब ६१ करोड ५४ लाख कर्जा प्रवाह गरेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी २३.६९ बाट घटेर रु ११.५० रहेको छ भने नेटवर्थ रु १७१.६७ रहेको छ ।
एनसिसि बैंक
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)ले चालू आवको दोस्रो त्रैमासमा ६१ करोड ४० लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १८ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले ७५ करोड ६३ लाख नाफा कमाएको थियो ।
चुक्तापूँजी ९ अर्ब ३५ करोड ३९ लाख रहेको कम्पनीले जगेडा कोषमा ३ अर्ब ६ करोड ९ लाख र रिटेन्ड अर्निङमा १ अर्ब ४६ करोड ४८ लाख रहेको छ ।
समीक्षा अवधिसम्म बैंकले ९७ अर्ब ९५ करोड ६९ लाख निक्षेप संकलन गरेको छ भने ७७ अर्ब ४९ करोड ४७ लाख कर्जा लगानी गरेको हो ।
वितरणयोग्य नाफा ४१ करोड ६६ लाख रहेको बैंकको गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १६.१७ रहेकोमा चालू आवको सोही अवधिमा घटेर १३.१३ मा सीमित भएको छ । बैंकको तरलता अनुपात ३१.९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४८.३८ रुपैयाँ रहेको छ ।