वीरगञ्ज । आफ्नै छोरीमाथि शारिरिस शोषण गर्दै बलात्कार गर्ने एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयले बिहिबार एउटा सूचना जारी गर्दै आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गर्न बुवालाई पक्राउ गरिएको जानकारी गराएको छ ।
पक्राउ परेका धनुषाको कमला नगरपालिका वडा नम्बर ५ का स्थायी बास्दिना हुन् । उनले काठमाडौँमा आफ्नै छोरीलाई गर्दै बलात्कार गरेका थिए । प्रहरीले उनलाई जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरेको छ ।
उनले गत माघ १३ गते आफ्नै छोरीलाई काठमाडौंमा बलात्कार गरेको बालिकाकी आमाले महानगरीय महानगरीय प्रहरी वृत्त महाबौद्धमा उजुरी दिएकी थिइन् ।
वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको धनुषा प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।