• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी सवारीमा तत्काल इम्बोस्ड नम्बरप्लेट जोड्न निर्देशन

  • वीरगंज संजाल
  • १५ माघ २०७७, बिहीबार ०७:२८
  • ३९९७

    काठमाडौं- गृह मन्त्रालयले सरकारी नम्बर प्लेट भएका सवारी साधनहरूमा ‘हाई सेक्यूरिटी इम्बोस्ड भेइकल नम्बर प्लेट’ अविलम्ब जडान गर्न निर्देशन दिएको छ ।गृह प्रशासन अन्तर्गत विभिन्न निकायले प्रयोग गर्ने सेतो (सरकारी) नम्बर प्लेटको सवारीमा रातो (निजी प्लेट) राखी दुरुपयोग हुन सक्ने भन्दै इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्न मन्त्रालयले पत्राचार नै गरेको छ ।

    गृह मन्त्रालय आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

    गृह प्रवक्ता चक्रबहादुर बुढाले कोभिड–१९ तथा अन्य कारणले प्रभावित इम्बोस्ड नम्बर प्लेट जडान कार्य यही फागुन मसान्तसम्म अनिवार्य रुपमा लागू गरिसक्न पत्रचार गरिएको बताउनुभयो ।

    इम्बोस्ड नम्बर प्लेट सवारी साधनको सुरक्षा तथा प्रयोगका लागि प्रभावकारी मानिएको छ ।

    यसअघि इम्बोस्ड नम्बर नेपाली अंकमा लेख्न अदालतमा परेको रिटमा अंग्रेजी अक्षरलाई सदर गरिदिएपछि मन्त्रालयले अनिवार्य गरेको हो ।

    विभिन्न विभागको नाममा रहेका सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट राख्न पुनः ताकेता गरिएको समारोह व्यवस्थापन शाखा अधिकृत रामचन्द्र आलेले स्पष्ट पार्नुभयो ।

    गृह मन्त्रालयले निर्णय गरिएका वाहेक अन्य सरकारी सवारी साधनहरूमा आफूखुशी रातो (निजी) नम्बर प्लेट नराख्न कडा निर्देशन दिएको छ ।

    ब्यक्तिगत प्रयोजनका लागि सरकारी नम्बर प्लेट हटाई निजी नम्बर प्लेट राखी सवारी साधन प्रयोग गर्ने समस्या छ ।

    सरकारी गाडीमा इम्बोस्ड प्लेट नम्बर जडान गरेसँगै सरकारी सवारी साधन दुरुपयोग गर्ने समस्या पूर्णरुपमा हट्ने विश्वास गरिएको छ ।

    इम्बोस्ड नम्वर प्लेट जडानसँगै निजी तथा सरकारी सवारी साधनहरू हराउने र चोरी हुने समस्या हट्ने दावी गरिएको छ ।

    त्यस्तैं, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि सरकारी नम्बर प्लेटका सवारी साधनहरूबाट इम्बोस्ड नम्बर प्लेट जडान कार्य शुरु गरिएको जनाएको छ ।

    मन्त्रालय अन्तरगत यातायात व्यवस्था शाखाका सिनियर डिभिजनल इन्जिनियर्स (सिडिई) शंकरसिंह धामीले सबै निकायलाई परिपत्र गरिएको जानकारी दिनुभयो ।

    के हो इम्बोस्ड नम्बर प्लेट ?
    नेपालको राष्ट्रिय झण्डा र सरकारको होलो ग्रामसँगै प्रदेश र सवारी दर्ता नम्वर उल्लेख गरिएको ईम्बोष्ट नम्बर प्लेट अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उच्च सुरक्षा विशेषता भएको नम्वर प्लेट हो ।इम्बोस्ड नम्बर प्लेट छपाई अप्रेसन प्रमुख अरुण हमालका अनुसार, यो मेसिन रिडेवल हुन्छ ।

    कुनै पनि सवारी साधनका बारेमा विस्तृत जान्नका लागि इम्बोष्ट नम्वर प्लेट वा ‘आरएफआईडी’ ( इन्जिन नम्बर, च्यासिस नम्वर, सवारी धनी र सवारी साधनको वास्तविक नम्बर ) सुरक्षा उपकरण ‘ह्याण्डिल डिभाइस’ र मोबाइल चिप्सबाट सजिलैसँग परीक्षण गर्न सकिन्छ ।

    यसरी, सुरक्षा उपकरणबाट सवारी साधनको विस्तृत विवरण सजिलैसँग छुट्याउन सकिन्छ ।

    उहाँका अनुसार, इम्बोस्ड नम्बर प्लेट सवारी साधन हराउने वा चोरी हुनबाट जोगाउने महत्वपूर्ण हतियार पनि हो ।

    इम्बोस्ड नम्वर प्रयोगसँगै सवारी चोरी घट्छ
    काठमाडौँ उपत्यकाबाट वार्षिक रुपमा करीव दुईहजार सवारी साधन हराउने वा चोरी हुने गरेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, हराएका तथा चोरी भएका मध्ये पाँच प्रतिशतमात्र फेला पर्ने गर्छन् ।

    प्रहरीले फेला पारेका सवारी साधनहरू पनि वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा भेटिन्छन् ।

    तर, इम्बोस्ड नम्बर प्लेट जडानपछि वास्तविक नम्बर प्लेट परिवर्तन गर्न नसक्ने भएकाले सवारी चोरी र हराउने समस्या हट्ने दावी हमालको छ

    अब नम्वर प्लेट छाप्नका लागि सरकारको स्वीकृत अनिवार्य गरिएको छ ।

    त्यसमाथि मेसिनबाट छापिने भएकाले आफुखुशी नम्बर प्लेट टाँसेर चोरीका तथा हराएका सवारी चलाउन सकिदैन ।

    नम्बर प्लेटमाथि शंका लागेमा ट्राफिक प्रहरीले सजिकै परिक्षण गर्न सक्ने व्यवस्था मिलाईको छ ।

    त्यस्तैं, हस्तलिखित नम्बर प्लेट परिवर्तन गरी सरकारी सवारी साधन दुरुपयोग पनि नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

    सवारी साधन चोरी हुनबाट जोगाउन इम्बोस्ड नम्बर प्लेट प्रभावकारी भएको दावी यातायात व्यवस्था विभागले गरेको गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑