• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वास कसलाई मात्रै गर्नु र बरै

  • वीरगंज संजाल
  • १४ माघ २०७७, बुधबार ०३:०३
  • ४३६१

    वीरगञ्ज ।माजिक जञ्जालमा परेर धेरैको जीवन बर्बाद भएको छ । अपवाद स्वरुप केही आवाद पनि भएका छन् । यस्तै जञ्जालमा परी आफ्नै गुरुबाट बर्बादीको मुखमा पुगेर उम्किएकी एक शिष्य हुँ । समाजकै प्रतिष्ठित व्यक्तिबाट भोगेको दुव्र्यवहारका कहानी लेख्दै छु ताकि मझैं अरू चेलीको अस्मिता नलुटियोस् ती पातकीबाट ।

    प्रमिला शर्मा (नाम परिर्वतन) । पेशाले गृहिणी । यस्ता नरपशुबाट मजस्ता युवतीले आफ्नो अस्मिता नगुमाउन् भन्ने उद्देश्यले लेख्दै छु, मैले भोगेको सत्य घटना । स्कुले शिक्षा बानेश्वरमा अवस्थित रत्नराज्यबाट । हिसाबमा केही कमजोर थिएँ । भाइले बानेश्वरमा रहेको अमर आदर्शमा अध्ययन गरेको । त्यो बेलाको चर्चित स्कुल अहिले कोल्याप्स भयो । सोही स्कुलमा अध्यापन गराउँथे अहिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको आशीर्वाद पाएर सरकारी निकायको हाकिम बनेका साउद थरी ती व्यक्ति । माइती बानेश्वरनजिकै, उनी एउटा कोठा लिएर बस्थे । गणित विषयमा कमजोर र उनी सोही विषयको शिक्षक भएकै कारण ट्युसन पढ्न थालँे । एक महिना, दुई महिना मात्र होइन आठ कक्षादेखि आइए दोस्रो वर्ष पार गर्दासम्म उनीसँगै म्याथको ट्युसन पढेँ ।

    गुरु र शिष्यको प्रगाढ सम्बन्ध थियो हामीबीच । त्यो समयसम्म उनको चरित्र एकदमै स्पटिकजस्तै थियो सफा । समयक्रमसँगै म कता हुत्तिएँ । छोरीको जात विवाह गरी पराइ घर सम्हाल्नुपर्ने । पराइलाई आफ्नो ठानी जानुपर्ने । लमजुङ घर भएका एक व्यवसायीसँग विवाह बन्धनमा बाँधिएँ । त्यसको केही वर्षपछि छोरी जन्मिन् । उनकै स्याहार, सुसारमा जिन्दगी गुज्रन थाल्यो । श्रीमान् अस्पताल सञ्चालक । पार्टनरहरूसँगको लफडामा परेर अस्पताल बन्द भयो । प्लाई उद्योगतिर युटर्न हुनुभयो । हामी आमाछोरी काठमाडौंमा घरमा बस्दै आएका छौं ।

    यही बीच नेपालमा पनि कोरोना संक्रमण शुरु भयो । धेरै चिनजानका साथी कोरोना संक्रमित भए । कुराकानीकै सिलसिलामा एक जना साथीले हामीलाई स्कुलदेखि कलेजसम्म पढाउनुभएको सर पनि कोरोना संक्रमित हुनुभएको खबर सुनाए । यो गत असारको कुरा । आफ्नो गुरुलाई कोरोना संक्रमण भएको खबरले मनमा चिसो पस्यो । सामाजिक सञ्जालको जमानामा फेसबुकबाट उहाँलाई (सर्च गरें) खोजेँ । लामो मिहिनेतपछाडि भेट्टाएँ ।

    नामजस्तै उज्यालो, त्यसमा पनि चिटिक्क परेको पोक्चे गोलो अनुहार, सानैदेखि गाउँको हावापानीले सजाएको झन् हट्टाकट्टा सर साँच्चै भन्नुपर्दा कुनै पनि नेपाली फिल्मको हिरोभन्दा हुनुहुन्नथ्यो । बिहान कलेज, दिउँसो स्कुल अनि साँझमा ट्युसन । यति धेरै व्यस्त मान्छे मैले कहिले काठमाडौंमा देखेको थिइनँ । उहाँसँग नदेखेको÷नभेटेको पनि दुई दशकभन्दा बढी समय व्यतित भइसकेको थियो । एउटा इमान्दार, संघर्षशील र असल मान्छे ठानेरै मैले सामाजिक सञ्जालमा खोज्दै थिएँ । रिक्वेस्ट पठाएको केही घण्टापछाडि उहाँले मित्रता स्विकार्नुभयो । कुराकानीका क्रममा परिचय आदान–प्रदान गर्दै नम्बर साटासाट ग¥र्यौं । नम्बर हात पर्नेबित्तिकै फोन गरेँ । कोरोना संक्रमित भएकाले आफूलाई चिन्तित बनाएको सुनाएँ । उहाँले अहिले नेगेटिभ भइसकेको जवाफ दिनुभयो । मन धेरै हल्का भयो । गुरुलाई अभिभावकजस्तो ठानेर दुई÷चार पटक आफैंले फोन गरँे । यो पछाडि मैले फोन डायल गरिनँ । कल रिसिभ मात्र गरँे । त्यसपछिको फोन उतैबाट आउँथ्यो ।

    यो क्रम महिनौं चल्यो । भेटघाटका लागि उहाँले नै बोलाउनुभयो । उहाँको कार्यालय । कोरोना कहर सकिएर भर्खरै सरकारी कार्यालय खुलेको समय थियो । सोध्दै खोज्दै उहाँको कार्यकक्षमा पुगँे । श्रद्धा, आदरपूर्वक नमस्कार टक्र्याएँ । व्यस्तता उस्तै । कफी खाएर केही दिनपछि फेरि भेट्ने वाचा गरी छुट्टिएँ ।

    त्यसपछि तीन÷चार पटक फोनमा कुराकानी भयो । उनैले बोलाए धुम्बाराहीमा । गुरुले बोलाएपछि म नजाने कारण थिएन । फुरंग हुँदै समयमै पुगेँ । शनिबारको दिन । दिउँसो ३ बजे हामी त्यहीँ भेटियौं । मैले चिसो खाने इच्छा जाहेर गरेँ । तर, गुरुले मान्नु भएन । ६ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको छु । उहाँलाई मैले यो कुरा यस अगाडिको भेटमा भनिसकेको थिएँ । गुरुले भन्नुभयो, डिप्रेसन ठीक हुने दबाई खुवाउँछु । ड्रिंक्स अर्डर गर्नुभयो ।

    जीवनभर आदर र श्रद्धापूर्वक हेरेको पात्र । इन्कार गरेँ पिउन । हकार्नुभयो । दुई÷तीन पेग कति खाएँ थाहा छैन । उहाँले पनि पिउनुभयो । यही नजिकै घर हो भाउजूलाई पनि भेटौंला भन्दै घर जाऊँ भने । त्यतिबेलासम्म मैले उनलाई आदर्श गुरुकै रूपमा हेरिरहेको थिएँ । त्यहाँबाट दुई मिनेटजति पार गरेपछाडि उनले भनेको घर आयो । त्यहाँ कोही थिएनन् । भित्रपट्टिको कोठामा सोफामा गएर बसेँ । सर केही क्षण पछाडि आए र कोठाभित्र छिर्न नपाई भित्रबाट चुकुल लगाउन थाले । सरको नियतमाथि अब बल्ल शंका लाग्यो । आफ्नो लुगा खोलेर मेरो संवेदनशील अंगमा हात अगाडि बढाउन थालेपछि इमोसनमा नआउने कुरै भएन । मैले उनलाई पटक पटक भनेको पनि थिएँ, ‘सर, मैले तपाईंलाई यो रूपमा कहिल्यै हेरेको छैन, विद्यार्थी भनेको छोरीबराबर हो ।’ नहेरे के भयो त भन्दै उनले मेरो कपडा खोल्न थाले ।

    म त्यहाँ गुरुप्रतिको अगाध श्रद्धा र चोखो मन बोकेर गएको थिएँ । तर, उनको त्यो हिंस्रक र जंगली व्यवहार सहन सकिनँ । गालामा झापड लगाएँ, हातमा टोकिदिएँ । उनी रन्थनिँदै थिए । आधा होस, आधा बेहोसमा म त्यहाँबाट भागेँ ।

    त्यहाँबाट मुख्य सडकमा निस्किएँ । ट्याक्सी खोजेँ तत्काल ट्याक्सी भेटिनँ । पछाडि उनी आइरहेको देखेँ । म त्यहाँबाट सार्वजनिक गाडी चढेर घरतर्फ हिँडे । अर्धबेहोस अवस्थामा घर पुगेँ । सुनेको थिएँ यस्तो अवस्थामा कागती पानी पियो भने ह्याङबाट मुक्त भइन्छ । घर गएर प्रशस्त कागती पानी पिएँ । त्यसै त मानसिक रोगी, यो घटनापछाडि बाटोमा जो पुरुष देख्यो उही बलात्कारीजस्तो लाग्थ्यो । आफ्नै श्रीमान्लाई समेत यो घटनाबारे भन्न सकिनँ । भोलिपल्ट आत्तिँदै सुनाएँ । यो मानसिक यातनाबाट मलाई बाहिर आउन झण्डै हप्ता दिन लाग्यो । त्यसदिनदेखि गुरुप्रतिको मेरो असीम आदर, श्रद्धा सत्कार चकनाचुर भएको छ । मेरो नमस्कार तिरस्कारमा बदलिएको छ । उनले मजस्तै कतिलाई यसैगरी शक्ति र सत्ताको आडमा जबर्जस्ती गरे वा प्रयास गरे होलान् ? आखिर ठूलो ओहदा र पदमा बस्दैमा कोही सभ्य र सुसंस्कृत मान्छे नहुँदो रहेछ । एउटा सरकारी निकायको प्रमुखजस्तो व्यक्तिबाट यस्तो खालको घृणित कुकृत्य होला भन्ने सपनामा पनि चिताएको थिइनँ । जबसम्म मान्छेभित्रको पशुत्व प्रवृत्ति मर्दैन । तबसम्म ऊ मान्छे कहलिँदैन । आफ्नै छोरी उमेरको र आफैंले पढाएको विद्यार्थीलाई समेत यौनदुव्र्यवहार गर्ने व्यक्तिबाट राज्यले कस्तो प्रतिफल पाउला ? – पर्मिला शर्मा (नाम परिवर्तन)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑